• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

इण्डोप्यासिफिक रणनीति र एमसीसी


  •   मङ्गलबार, पुष २९, २०७६ मा प्रकाशित
  • मोहनविक्रम सिंह

    Advertisement

    एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) इण्डोप्यासिफिक रणनीति (आईपीएस)को अङ्ग भएको कुरा स्वयं अमेरिकाले नै स्वीकार गरिसकेको छ । त्यस सन्दर्भमा काठमाडौँस्थित अमेरिकी राजनीतिक दुतावास र अमेरिकी असिस्टेन्ट सेक्रेटरी मिसेस एलाइस वेलका वक्तव्यहरू उल्लेखनीय छन् । त्यसरी कुरा आधिकारिक रूपमा नै प्रष्ट भइसकेपछि पनि नेपाल सरकारले त्यो आईपीएस रणनीतिको अङ्ग होइन भनेर प्रमाणित गर्ने जुन प्रयत्न गरिराखेको छ, त्यो हास्यास्पद छ र निराधार छ । त्यसप्रकारको व्याख्याका आधारमा सरकारले एमसीसीलाई संसदद्वारा पारित गराउने जुन प्रयत्न गर्दै छ, त्यसले, नेपाललाई स्पष्ट रूपले नै अमेरिकी साम्राज्यवादको क्याम्पमा लैजाने छ र नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीति समाप्त हुनेछ ।

    आईपीएस रणनीति वास्तवमा नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेशनको एउटा नयाँ रूप हो । पहिले अमेरिकाले सोभियत सङ्घलाई घेर्नको लागि त्यो सैनिक सङ्गठन बनाएको थियो । अहिले अमेरिकाले चीनलाई घेर्नको लागि आईपीएस रणनीति बनाएको छ । अमेरिका र चीन दुवै साम्राज्यवादी देश हुन् र अहिले अन्तर्राष्ट्रिय स्तरमा नै उनीहरूका बीचमा प्रतिस्पर्धा चलिरहेको छ । सामान्य रूपले हेर्दा त्यो प्रतिस्पर्धा आर्थिक रूपमा चलिरहेको जस्तो देखिन्छ । तर, त्यसका साथै त्यो प्रतिस्पर्धा राजनीतिक र सैनिक रूपमा पनि चलिरहेको छ । त्यो प्रतिस्पर्धा हुने बेला राजनीतिक वा सैनिक रूपमा विस्फोट भयो भने पनि त्यो आश्चर्यको कुरा हुने छैन । बताइरहनुपर्ने आवश्यकता छैन कि आजको युगमा कुनै दुईवटा देशका बीचमा चल्ने युद्धको असर खाली युद्ध र ती देशहरूमा मात्र होइन, त्यो असर विश्वव्यापी रूपमा पर्दछ । त्यसकारण संसारको कुनै पनि भागमा चल्ने युद्ध विश्व शान्तिका विरुद्ध हुने कुरा स्पष्ट छ ।

    चीन र अमेरिका बीचको प्रतिस्पर्धाले कुन रूपमा विकास गर्छ ? त्यो सामान्यतः ती दुई राष्ट्रहरू बीचको चासोको विषय हुन सक्दछ । तर, त्यो उद्देश्य पूरा गर्नको लागि अमेरिकाले आईपीएस क्षेत्रका सबै देशहरूलाई आफ्नो राजनीतिक प्रभावअन्तर्गत ल्याउने वा चीनको घेराबन्दीका विरुद्ध उनीहरूलाई उपयोग गर्ने प्रयत्न गरिरहेको छ । आईपीएस रणनीतिको मुख्य उद्देश्य पनि त्यही हो । त्यही क्रममा त्यसले नेपालमा एमसीसीलाई अगाडि बढाएको छ । सामान्य रूपले हेर्दा त्यो एउटा विकास कार्यक्रम मात्र हो । अहिले सरकारले पनि त्यसलाई समर्थन गर्न खोज्ने बेलामा त्यही कुरामा जोड दिइरहेको छ । तर त्यसको वास्तविक उद्देश्य आईपीएस रणनीतिको सेवा गर्ने नै हो । त्यसको अर्थ दुईवटा हुन्छन् : प्रथम, चीनका विरुद्धको घेराबन्दीमा यो क्षेत्रका सबै देशहरूलाई उपयोग गर्नु । द्वितीय, त्यो उद्देश्य पूर्तिका सिलसिलामा यो क्षेत्रका सबै देशहरूलाई आफ्नो क्याम्पमा सामेल गराउनु । त्यसरी एमसीसीको उद्देश्य पनि अमेरिकी साम्राज्यवादको सेवा गर्नु नै हो । त्यससित जोडिएको विकास कार्यक्रम उपरी, वाह्य र गौण मात्र हो ।

    अमेरिका र चीन दुवै साम्राज्यवादी देश हुन् । तर त्यसको अर्थ ती दुवै देशलाई समान कक्षमा राखेर विरोध गर्नु सही हुन्छ भन्ने होइन । इतिहासका बेग्लाबेग्लै कालखण्डमा संसारका बेग्लाबेग्लै भागमा बेग्लाबेग्लै देशहरूको विशेष प्रकारको भू–राजनीतिक स्थितिमा बेग्लाबेग्लै साम्राज्यवादी देशहरूसितको अन्तर्विरोधहरू कम वा वेशी मात्रामा देखापर्ने गर्दछन् । त्यही कुरा अमेरिकी र चिनियाँ साम्राज्यवादी देशहरूबारे पनि लागू हुन्छ । अमेरिका आजको संसारको सबैभन्दा शक्तिशाली तथा सम्पूर्ण मानवजातिको नै एक नम्बरको दुश्मन हो । खास गरेर अहिले ट्रम्पको नेतृत्वमा त्यो अरू खतरनाक रूपमा देखापरेको छ । तर त्यही कुरा चीनको सन्दर्भमा लागू हुँदैन । त्यस अर्थमा हामीले जति जोड अमेरिकी साम्राज्यवादको विरुद्धको सङ्घर्षमा दिन्छौँ, त्यही प्रकारको जोड चीनको विरुद्ध दिनुपर्ने स्थिति उत्पन्न भएको छैन । त्यस अर्थमा अमेरिकी साम्राज्यवादको तुलनामा चिनियाँ साम्राज्यवादसितको सङ्घर्षको पक्ष कम हुन जान्छ । त्यसलाई अर्को कोणबाट पनि हेर्नुपर्ने आवश्यकता छ । अब भारत पहिले जस्तो खाली विस्तारवादी देश मात्र रहेको छैन र त्यो साम्राज्यवादी देश बनिसकेको छ । तर नेपालप्रति भारतले जति धेरै हस्तक्षेप र अतिक्रमण वा नाकाबन्दी समेत गर्दै आएको छ, नेपालको भूराजनीतिक स्थितिमाथि विचार गर्दा भारतीय साम्राज्यवादको तुलनामा चिनियाँ साम्राज्यवादसितको हाम्रो अन्तर्विरोध धेरै नै कम हुन जान्छ ।

    त्यति मात्र होइन, भारतीय साम्राज्यवादको बढ्दो हस्तक्षेप वा अतिक्रमणको सन्दर्भमा वा गतकालमा नेपालका विरुद्ध त्यसले बारम्बार लगाउने गरेको नाकाबन्दीको सन्दर्भमा चीनसितको मैत्री–सम्बन्धले नेपालका लागि सकारात्मक महत्व राख्दछ । त्यसैले गतकालमा नेपालमा चीनसित जेजति पनि मैत्री सन्धिहरू भएका छन्, जसमध्ये राजा महेन्द्रले कोदारी र पूर्वपश्चिम राजमार्ग समेतको निर्माणको लागि चीनसित गरेको सन्धि पनि आउँछ,लाई पनि सकारात्मक रूपमा लिने गरेको छ । त्यसको पूर्ण अर्थ यो हुन जान्छ कि अमेरिका र भारत दुवै साम्राज्यवादी देशहरूको तुलनामा चीनसितको हाम्रो देशको अन्तर्विरोध गौण पक्ष बन्न जान्छ । अर्को शब्दमा, अमेरिकी र भारतीय साम्राज्यवादका विरुद्ध सङ्घर्षको पक्षमा हामीले बढी जोड दिनुपर्ने आवश्यकता छ भने चीनसित मैत्री सम्बन्धको विस्तारमा बढी जोड दिनुपर्ने आवश्यकता छ । यसरी विचार गर्दा नेपाल सरकारले चीनसित सडक, यातायात समेतको विस्तारको लागि जुन पहल गरिरहेको छ, त्यसलाई हामीले सकारात्मक रूपमा लिन्छौँ ।

    माथि जे भनियो, त्यसको अर्थ चीनसित हाम्रो कुनै पनि अन्तर्विरोध छैन भन्ने होइन । लिपुलेकसम्बन्धी चीन र भारतका बीचमा भएको सन्धिको उदाहरण हाम्रा अगाडि छ । त्यहाँ ती दुवै देशहरूले नेपालको सार्वभौमिकताको हनन गरेर सन्धि गरेका छन् । त्यही प्रकारले आउने दिनमा चीनले अरू विभिन्न प्रकारले हस्तक्षेप गर्ने सम्भावनालाई पनि पूरै अस्वीकार गर्न सकिन्न । जब त्यसप्रकारको कुनै स्थिति उत्पन्न हुन्छ, हामीले दृढतापूर्वक त्यसको विरोध गर्नुपर्नेछ र गर्नुपर्दछ । तर, भारतले सात दशकदेखि सिलसिलेवार रूपमा नेपालमाथि जसरी हस्तक्षेप वा अतिक्रमण गर्ने तथा नाकाबन्दी लगाउने काम गर्दै आएको छ, त्यसको चीनसित तुलना हुन सक्दैन । त्यसैले समग्र रूपमा चीनसित मैत्री सम्बन्धले नै बढी महत्व राख्दछ भन्ने कुरामा हामीले बारम्बार जोड दिंदै आएका छौँ ।

    यस्तो देखिन्छ कि सरकारले एमसीसीलाई समर्थन गर्ने कार्यलाई अत्यन्त हल्का, अपरिपक्व र अदूरदर्शीतापूर्ण रूपमा लिएको छ । सर्वप्रथम त त्यसले यो कुरामा ध्यान दिएको पाइन्न कि त्यसको परिणामस्वरूप, अर्थात् एमसीसीलाई समर्थन गर्नुको परिणामस्वरूप नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीति समाप्त हुनेछ । त्यो अवस्थामा नेपाल, जस्तो किमाथि पनि भनियो, नेपाल अमेरिकी साम्राज्यवादको क्याम्पमा मिल्न जानेछ, त्यसको परिणामस्वरूप चीनसितको नेपालको मैत्री सम्बन्धमा नकारात्मक वा प्रतिकूल असर पर्नेछ । विश्वका अन्य देशहरूका आँखाका अगाडि पनि नेपाल अमेरिकाको पिछलग्गू देशको रूपमा देखापर्नेछ ।

    मसीसीको साम्राज्यवादी र सैनिक स्वरूप बाहेक त्यसलाई जुन रूपमा अगाडि ल्याइएको छ । त्यसको कार्यान्वयनको सन्दर्भमा जुन शर्तहरू समावेश गरिएको छ, ती पनि असमान र गम्भीर प्रकारले आपत्तिजनक छन् । उदाहरणका लागि त्यसमा यो बताइएको छ कि त्यो सन्धिका धारणाहरूसित मेल नखाने नेपालका सबै कानुनहरू निष्क्रिय हुनेछन् । त्यसै गरेर त्यसको अडिटिङको अधिकार पनि अमेरिकालाई मात्र हुने बताइएको छ । त्यसप्रकारका शर्तहरू नेपालको सार्वभौमिकताका विरुद्ध भएको कुरा प्रष्ट छ ।

    एमसीसी आईपीएस रणनीतिको अङ्ग होइन भनेर प्रमाणित गर्नको लागि सरकारले जुन तर्कको सबैभन्दा बढी सहायता दिएको छ, त्यो यो हो : नेपाल र अमेरिकाको बीचमा एमसीसीसम्बन्धी सम्झौताको हस्ताक्षर सेप्टेम्बर, २०१७ मा भएको थियो भने आईपीएस रणनीति नोभेम्बर, २०१७ मा अस्तित्वमा आएको थियो । त्यसको आधारमा सरकारले, एमसीसी आईपीएसको रणनीतिको अङ्ग नभएको कुरा प्रमाणित गर्नेछ, त्यसलाई संसदद्वारा पारित गराउन जोड दिइरहेको छ । तर, नेपाल र अमेरिकाका बीचमा एमसीसीबारे हस्ताक्षर गर्दा आईपीएस रणनीति अस्तित्वमा नआइसकेको भनिए पनि त्यो कारणले एमसीसी इण्डोप्यासिफिसक रणनीतिको अङ्ग नभएको प्रमाणित हुँदैन । त्यसलाई (एमसीसीलाई) आईपीएसको रणनीतिक अङ्ग बनाउने वा नबनाउने ? अघिपछि कहिले बनाउने ? त्यो निर्णय गर्ने काम अमेरिकाको हो । स्वयं अमेरिकाले आधिकारिक रूपमा नै (एमसीसीलाई) आईपीएस रणनीतिको अङ्ग बताइसकेपछि त्यसलाई अस्वीकार गर्ने नेपाल सरकारको प्रयत्नले उनीहरूले जसरी पनि त्यसलाई पारित गराउन गरेको प्रयत्नलाई नै बताउँछ । सरकारले जुन प्रकारको प्रयत्न गरिरहेको छ वा जुन तर्कको सहायता लिएर त्यसलाई पारित गराउने प्रयत्न गरिरहेको छ, त्यो वास्तवमा सरकारले अमेरिकापरस्त चरित्रमाथि पर्दा हाल्ने प्रयत्न हो । अर्को शब्दमा त्यो नेपाली जनतासितको धोका पनि हो ।

    अमेरिकी राजदुतावासले एमसीसी आईपीएस रणनीतिको नै अङ्ग भएको कुरा बताउनको लागि जुन समय छानेको छ, त्यो पनि कम महत्वपूर्ण छैन । नेकपाको नेतृत्व पंक्तिमा एमसीसी आईपीएसबारे चर्को बहस भइरहेको थियो । उनीहरूले एमसीसी आईपीएस रणनीतिक अङ्ग हो वा होइन ? त्यो बुझेपछि नै त्यसबारे अन्तिम निर्णय गर्ने समझदारी गरेका थिए । त्यही बेला नै अमेरिकी दुतावासले त्यो आईपीएस रणनीतिको अङ्ग भएको कुरा बाहिर ल्यायो । यो वास्तवमा नेकपालाई अमेरिकाले दिएको एउटा झापड नै थियो । त्यसले नेकपालाई यो चुनौती दिएको थियो : त्यो अमेरिकाको आईपीएस रणनीतिको अङ्ग भए पनि नेपाल वा नेपालको संसदले त्यसलाई स्वीकार गर्नुपर्दछ । सायद उनीहरू (अमेरिका) यो कुरामा पूरा विस्वस्त थिए कि त्यो कुरा प्रष्ट भइसकेपछि पनि नेकपाले त्यसलाई स्वीकार नै गर्नेछ । तर, सही कुरा यो हुन्थ्यो कि अमेरिकाले त्यो कुरा स्पष्ट गरिसकेपछि, एमसीसी आईपीएस रणनीतिको नै अङ्ग हो भन्ने कुरा स्पष्ट गरिसकेपछि, नेकपा वा त्यसको सरकारले त्यसलाई दृढतापूर्वक अस्वीकार गर्नुपर्दथ्यो । तर, उनीहरूले त्यसो गर्ने नैतिक आँट गर्न सकेनन् । त्यो उनीहरूको गम्भीर प्रकारको राजनीतिक गल्ती हो ।

    त्यसले उनीहरूलाई कहाँ पुर्‍याउने छ ? आउने दिनहरूले त्यो कुरा स्पष्ट गर्दै जानेछन् । सायद उनीहरूले यो सोचेर एमसीसीलाई समर्थन गर्ने नीति अपनाउँदै छन् कि अमेरिकाले अगाडि सारेको त्यो प्रस्तावलाई स्वीकार नगर्ने हो भने उनीहरूको सरकारको अस्तित्वलाई नै खतरा पैदा हुनेछ । तर जस्तै कि उनीहरूले अमेरिकी साम्राज्यवादको अगाडि आत्मसमर्पणको नीति अपनाउँदै गइरहेकका छन्, त्यसले पनि उनीहरूलाई लामो समयसम्म बचाइराख्ने छैन । कुनै पनि साम्राज्यवादी देशको अगाडि आत्मसमर्पण गरेर होइन, देश, जनता वा राष्ट्रियताका पक्षमा दृढतापूर्वक उभिएर नै कसैले आफ्नो रक्षा गर्न सक्दछ र गर्नु पनि पर्दछ । आज उनीहरूले त्यो कुरा नबुझे सायद इतिहासले त्यो कुराको उनीहरूलाई शिक्षा दिनेछ ।
    मितिः २०७६ पुष २४ गते (अन्नपुर्ण)

    मङ्गलबार, पुष २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.