• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

शिक्षण पेशा र सर्वहारा विश्व दृष्टिकोणको सम्बन्ध


  •   शुक्रबार, पुष २५, २०७६ मा प्रकाशित
  • दुर्गा खरेल

    Advertisement

    शिक्षण मर्यादित पेशा हो । शिक्षक भावी पुस्ताको अगुवा हो । तर वर्तमान राज्यसत्ता र वर्तमान व्यवस्थाले शिक्षकलाई भ्रष्ट र गैरजिम्मेवार बनाएको छ । वर्तमान व्यवस्था व्यक्तिगत सम्पत्तिका मालिकवर्गलाई योग्यताको आधारमा नभई सम्पत्ति व्यक्तिगत स्वामित्वमा धेरै भएको आधारमा सम्मान दिने व्यवस्था हो । व्यक्तिलाई काम र योग्यताको आधारभन्दा व्यक्तिगत सम्पत्तिको आधारमा मूल्याङ्कनको मापदण्ड निश्चित गरिएको हुन्छ । त्यसैले शिक्षक मर्यादित हुन उसले धेरै व्यक्तिगत सम्पत्ति जम्मा गर्न बढी शोषणको तरिका अपनाएको हुनुपर्छ । जतिसुकै उच्च योग्यताका साथ धेरै काम गरे पनि उसले शोषण धेरै गरेन भने ऊ सम्मानित हुन सक्दैन । अधिकांश शिक्षक सम्मानित छैनन् । जिम्मेवारीपूर्वक काम गर्न सक्दैनन् ।

    समाजमा सम्मानभन्दा अपहेलनामा धेरै शिक्षक परेका छन् । उनीहरूले भ्रष्ट बन्ने बाटो पक्रेका छन् । त्यसैले समाज उन्नतितिर भन्दा अधोगतितिर गइरहेको छ । जबसम्म शिक्षण पेशा योग्य व्यक्तिले रोज्ने पेशामा पर्दैन अथवा शिक्षक आदर्श व्यक्ति बन्दैन, समाजको गति गलत बाटोतिर जान्छ । भावी पुस्ता पथभ्रष्ट हुन्छ र देशमा उन्नति र प्रगति हुन सक्दैन, जति हुनुपर्ने थियो ।

    कुनै पनि काम एउटा व्यक्तिको योगदानबाट पूरा हुन सक्दैन । धेरैजना मात्र होइन, हजारौँ व्यक्तिको मिहिनेत र परिश्रमबाट मात्र पूरा भएको हुन्छ । वस्तुलाई यो अवस्थासम्म ल्याउन हजारौँजना व्यक्ति आवश्यक पर्ने तर व्यक्तिबाट स्वामित्वको व्यवस्थानुसार एउटा व्यक्तिले आफ्नो नाममा दर्ता गराएर मेरो हो भन्दै आफ्नो व्यक्तिगत इच्छानुसार वितरण गर्ने व्यवस्था सही छैन । यो व्यवस्थाको खराबी त्यसैमा छ । त्यसैले प्रत्येक व्यक्ति व्यक्तिगत रूपमा होइन, सामूहिक अनुशासनको मातहतमा रहनुपर्छ । व्यक्तिगत स्वामित्वमा सामूहिक प्रयत्नबाट तयार भएका वस्तु रहनुहुन्न । व्यक्ति समूहको अनुशासन मातहतमा रहनुपर्छ । उत्पादनका साधन व्यक्तिको नाममा दर्ता गरिनुहुन्न ।

    शोषण श्रम किन्ने–बेच्नेमा र सामान किन्ने–बेच्ने प्रक्रियाबाट सुरु हुन्छ । श्रम बेच्नेले बाध्य भई सस्तोमा बेच्नुपर्ने हुन्छ । श्रम किन्नेले सस्तोमा श्रम किनेर उसको श्रमबाट उत्पादन भएको सामान महङ्गोमा बेचेर व्यक्तिगत स्वामित्वमा उत्पादनका साधन थप्दै जान्छ । त्यसैले गर्दा श्रम एउटाले गर्नुपर्ने र त्यसबाट प्राप्त हुने सुविधा अर्कोले उपभोग गर्ने खराब चलन चल्छ । श्रम गर्नेले सुविधा उपभोग गर्न पाउने अधिकार सुरक्षित गर्ने व्यवस्था व्यक्तिगत स्वामित्वमा उत्पादनका साधन नभएको हुनुपर्छ । श्रम बेच्नेबाहेक सुविधा लिन अर्को विकल्प नभएका व्यक्तिले शासन गर्न पाउनुपर्छ र तिनीहरूले सबैलाई व्यक्तिगत मालिकको सट्टा सामूहिक मालिक हुने व्यवस्था बलियो बनाउनुपर्छ ।

    जबसम्म समाज व्यवस्थालाई र व्यक्तिगत स्वामित्वलाई हेर्ने दृष्टिकोणमा व्यक्ति सर्वहाराकरण हुन्न, तबसम्म भौतिक रूपमा सर्वहारा भए पनि उसले अनुशासन र सङ्गठनको महत्व थाहा पाउन सक्दैन । विश्व दृष्टिकोणबाट सर्वहारा भएपछि उसले आफूलाई भौतिक रूपमा सर्वहारा बनाउने उद्देश्यसहित काम र उसको अन्य गतिविधि अगाडि बढाउँछ । विश्व दृष्टिकोणमा सर्वहारा भए पनि व्यक्तिगत सम्पत्ति बढाउने काममा भन्दा सामूहिक सम्पत्तिको सुरक्षा गर्ने र जोगाउने, थप्ने उद्देश्यसहित काम गर्छ । त्यसो गर्दा व्यक्तिगत सम्पत्ति बाधक नभई उसको उद्देश्य साकार बनाउन सहयोगी बन्दछ । उसले पहिले श्रमलाई महत्व दिन सुरु गर्छ । त्यसो गर्दा श्रम गर्नेसँग एकता गर्न र उनीहरूलाई सम्मान गर्न लाग्छ ।

    श्रम गर्नेलाई सम्मान गर्ने सिलसिलामा श्रम गरेर मासिक धेरै लाख धन आर्जन गर्नेको श्रम पनि सम्मानित हुन्छ । त्यसैले सामूहिक अनुशासनको आवश्यकताको महत्व बुझाएर उत्पादनका केन्द्रलाई सामूहिक अनुशासनको दायराभित्र पार्ने र व्यक्तिको महत्व र योगदानलाई सामूहिक महत्व र योगदानको मातहतमा राख्ने प्रयत्न अगाडि बढ्छ । व्यक्तिगत आवश्यकता पूर्ति गर्ने कामलाई सामूहिक व्यक्तिको महत्वपूर्ण योगदानको कदर र सम्मान गर्ने काम पनि सुरु हुन्छ । व्यक्तिले समाजको हितमा योगदान पु-याउनुपर्ने दृष्टिकोणले समाजको हित विपरीत हुने काम गर्न छाड्छ । त्यसपछि शिक्षकको महत्व बढी हुने कुरामा र शिक्षण पेशा जागिरका लागि मात्र नभई समाजको र भावी पुस्ताको हितका लागि हुनुपर्ने र निर्माण गर्ने उद्देश्य साकार पार्नेतिर आफ्नो ध्यान केन्द्रित हुन्छ ।

    शिक्षक समाजको नेता बन्न सुरु हुन्छ । नेता बन्ने भनेको गफ गर्न र ठुला ठुला भाषण र आश्वासन बाँड्न होइन, समस्या सभाधानमा आफ्नो बढी योगदान पु¥याउनमा समय खर्च गर्न लाग्छ । नेतृत्व गर्ने भनेको समस्याको नेतृत्व गर्ने हो । एकातिर, अनावश्यक भोगविलास र अर्कातिर, आधारभूत आवश्यकता पूरा हुन नसकेको अवस्था छ । त्यसैले आफ्नो योगदान, अभाव र गरिबी तथा उच्च र अनावश्यक फजुल खर्च कम गराउनेबिच सन्तुलन कायम गराउने हो । त्यसो भनेको वर्गीय चिन्तन, वर्गीय अनुशासन र वर्गसङ्घर्षलाई तेज बनाउने नै हो । त्यसैले उच्चवर्गीय परिवारमा जन्मेर हुर्केका धेरै व्यक्ति सर्वहारा विश्व दृष्टिकोणको विकास गरी सर्वहाराकरण भएका धेरै उदाहरण छन् ।

    शिक्षक भनेको औपचारिक शिक्षा दिने व्यक्ति मात्र होइन, किसान, मजदुर र बौद्धिक व्यवसायी सबैलाई सचेत, सङ्गठित र अनुशासित व्यक्ति हो । जुन व्यक्ति आफै सचेत, सङ्गठित र अनुशासित छैन, त्यसले अरूलाई शिक्षित पार्न सक्दैन । त्यसैले शिक्षक स्वयम् आफ्नो वर्ग दृष्टिकोणसहित सचेत, अनुशासित र सङ्गठित हुन जरुरी छ । वर्गसचेत र वर्ग अनुशासनसहित सङ्गठित व्यक्ति मात्र शिक्षकको भूमिकामा सफल हुन्छ । अनुशासनको पाठ सिकाउन अनुशासित व्यक्तिले मात्र सफलता प्राप्त गर्न सक्छ ।

    साधारणतया जनताको स्वभाव प्रतिक्रियावादी हुन्छ । उनीहरू मिठा आश्वासन, आफ्नो मुक्ति र अन्याय, अत्याचार समाप्त पार्ने सवालमा सत्तापक्षप्रति विश्वास गर्छन् । उनीहरूले धेरैपटक धोका पाएका हुन्छन् तर पनि सङ्गठन र अनुशासनको महत्व बुझेका हुन्छन् । वर्तमान शोषणमा आधारित सम्पन्न वर्गीय राज्यसत्ताका विरुद्ध अनुशासित र सङ्गठित भई जनताको पहुँच भएको जनवादी राज्यसत्ता स्थापना गर्न सकिन्छ भन्नेमा विश्वास गर्न सक्दैनन् । त्यसैले राजनीति र सङ्गठन गर्नेभन्दा व्यक्तिगत पेशा–व्यवसायमा लागेर नै आफ्नो समृद्धि प्राप्त हुने र मुक्ति हुन सकिने विश्वाससाथ काम गर्छन् । यही कमजोरी थाहा भएर सत्तामा रहेका शोषकवर्गले सामूहिक धनसम्पत्तिलाई आफ्नो कब्जामा पार्ने र व्यक्तिगत सम्पन्नताको वर्गीय स्वार्थ पूरा गर्ने र सफलता प्राप्त गर्ने गरेका हुन्छन् ।

    सत्तासिन वर्गले जनताको मिहिनेत–पसिनाबाट जम्मा भएको सरकारी ढुकुटीलाई उपयोग गरेर आफूले व्यक्तिगत सम्पत्ति थप्ने, उच्च भोगविलासको जीवन बिताउने र आफ्ना नातागोता र आसेपासेमा सामूहिक सम्पत्ति बाँडेर आफै ठुलो मान्छे भएको नाटक गरिरहेका हुन्छन् । यही कुरा र राज्यसत्ताको वास्तविकता जनतालाई बुझाएर सचेत र सङ्गठित बनाउनमा शिक्षकको महत्वपूर्ण भूमिका हुन्छ र त्यो भूमिका पूरा गर्न योग्य व्यक्ति शिक्षक बन्नुपर्छ । शिक्षक भएर आफू पनि यही व्यवस्थाको शिकार हुने र भावी पुस्तालाई समेत अराजक बनाउनेतर्फ लाग्ने हो भने भावी पुस्ताले उनीहरूलाई धिक्कार्ने छ ।

    व्यक्तिगत समृद्धि र सामाजिक समृद्धि परस्पर विरोधी पक्ष हुन् । सामूहिक समृद्धिका लागि व्यक्ति समूहको मातहतमा रहनुपर्छ अथवा समूहले निश्चित गरेको अनुशासन पालना गर्ने, आफूले इच्छानुसारको योग्यता विकास गर्ने र योग्यतानुसार काम गरेर कामअनुसारको दाम लिएर आफ्ना आवश्यकता पूरा गर्ने गर्नुपर्छ । काम गरेपछि कामअनुसारको दाम लिने र मान्छेले मान्छेलाई शोषण गर्न नाफा लिन कसैले पनि नपाउने माक्र्सवादी मान्यता हो ।

    मानव समाज सबैभन्दा विकसित समाज हो । त्यसैले मानवले संयुक्त प्रयास गरेर प्रकृति विरुद्ध सङ्घर्ष गर्ने र मानव समृद्धिलाई अगाडि बढाउने उद्देश्यसहित काम गर्ने गर्नुपर्छ । मानव एक्लैले कुनै पनि काम पूरा गर्न नसक्ने, त्यसका लागि सामूहिक श्रम आवश्यक पर्ने हुनाले व्यक्ति समूहको मातहमा रहनुपर्छ । तर वर्तमान समाज धनसम्पत्ति व्यक्तिगत बनाउने व्यवस्थाअन्तर्गत व्यक्तिले व्यक्तिलाई र अझै वर्गलाई शोषण गरेर व्यक्तिगत समृद्धिको शोषणयुक्त काम गरिरहेका छन्, समाजलाई वर्गीय रूपमा विभाजन गरिरहेका छन् र सानो सङ्ख्याका मान्छेले ठुलो सङ्ख्याका मान्छेबिच शोषण र बाध्यताको नियम बनाएर शोषण गरिरहेका छन् । यस्तो अवस्थामा शिक्षक पेशेवर व्यवसायीको सट्टा नेता बन्नुपर्छ । समस्याको समाधानमा वर्गीय रूपमा उच्च भूमिका निर्वाह गर्नुपर्छ, तब मात्रै शिक्षक उच्च र सम्मानित व्यक्ति बन्न सक्ने छ ।

    विश्व दृष्टिकोण बनिबनाउ एउटै बन्ने र रहने गर्दैन, अवस्थानुसार परिवर्तन हुने गर्दछ । हामीले मनोविज्ञानसम्बन्धी तथ्य पनि जान्न जरुरी छ । केटाकेटीहरू विपरीत लिङ्गका मानव हुन् । यिनीहरू सानो छँदा प्रतिष्पर्धा गर्छन् । एउटा पक्षले अर्को पक्ष विरुद्ध आफूलाई विजयी बनाउने प्रयत्न गर्छन् । तर जब केटी १२ वर्ष र केटा १४ वर्ष पुग्छन्, उनीहरूको यौनाङ्गमा हुने परिवर्तनसँगै मनोविज्ञान पनि परिवर्तन भई एकपक्षले कसरी अर्को पक्षसँग संयुक्त रूपमा काम गर्ने र एकले अर्कोलाई कसरी सहयोग पु-याउने भन्ने अवस्थामा पुग्छन् । त्यस्तै किसिमले जब वास्तवमा श्रम गरेर आवश्यकता पूरा गर्नुपर्ने अवस्थामा व्यक्ति प्रवेश गर्छ, उसको सामूहिक श्रम गर्ने र सामूहिक समृद्धि प्राप्त गर्ने अवस्थामा पनि जान्छ । पुँजी सामूहिक समृद्धि प्राप्त गर्ने अवस्थामा पनि जान्छ । पुँजी सामूहिक वस्तु भएको हुनाले एक्लैले आर्जन गर्ने चिज होइन । फेरि पुँजीकै कारणले व्यक्तिगत समृद्धि भएको अभिनय गर्नुपर्ने चिज पनि होइन । त्यसैले सामूहिक अनुशासन पालन गर्नुपर्छ । विश्व दृष्टिकोणमा परिवर्तन भएपछि व्यवहार पनि क्रमशः त्यतैतिर अगाडि बढ्ने गर्छ ।

    गरिब व्यक्ति गरिब भएकै कारणले सामूहिक भावना हुन्छ भन्ने होइन । गरिब व्यक्तिमा व्यक्तिवादी भावना बढी हुन सक्छ । धनी व्यक्तिमा पनि सामूहिक भावना हुन सक्छ । त्यसैले उसको दृष्टिकोणमा धनसम्पत्ति मुख्य हो अथवा यो सामूहिक उत्पादन हो भन्ने कुन पक्ष प्रबल छ ? त्यसैको आधारमा उसका गतिविधि अगाडि बढ्छन् । शिक्षक अगुवा व्यक्ति हुन अत्यावश्यक छ । उसले सामूहिकताको पाठ सिकाउनुपर्दा आफै व्यक्तिवादी दृष्टिकोणको उपभोक्ता भएर हुन्न । ऊ आफै सामूहिक अनुशासन पालना गर्ने व्यक्ति बन्नैपर्छ । त्यसो भयो भने मात्रै वर्तमान समाजको नेता र भविष्यमा हुने समाजवादी समाजको नागरिक बन्न र त्यस्तो बन्नमा उसको महत्वपूर्ण भूमिका हुन सक्छ ।

    दशहजार वर्षअघिदेखि विकास हुँदै अगाडि बढेको व्यक्तिवादी समाजमा सर्वहाराकरण हुने कुरा सजिलो छैन । वर्तमान समाजमा व्यक्तिगत सम्पत्ति नभएमा शिक्षा, स्वास्थ्य र व्यक्तिगत आवश्यकताका अन्य वस्तु उपभोग गर्नमा सोझै प्रतिकूल प्रभाव पर्छ । शिक्षा र स्वास्थ्यकै कारण छिटोभन्दा छिटो सामाजिक जिम्मेवारीका कुरा बुझ्न र व्यवस्थाकै बारेमा जानकारी पाउनसमेत मुस्किल पर्ने हुनाले सम्पत्तिको व्यवस्था, दुरूपयोग र अनुत्पादक बनाउनु राम्रो पक्ष होइन ।

    तर पनि सर्वहारा विश्व दृष्टिकोणले सम्पत्तिलाई दोषी देख्दैन । दोष व्यवस्थामा छ; शोषणमा छ र व्यक्तिगत उपभोगको दृष्टिकोणमा छ । त्यसैले सर्वहारा दृष्टिकोणको विकास भएमा सम्पत्तिले अवरोध खडा गर्दैन । त्यसले सामूहिक उपभोगमा सहयोग पु-याउँछ । त्यसैले सकेसम्म सबैमा र शिक्षकमा अनिवार्य रूपमा सर्वहारा विश्व दृष्टिकोणको विकास हुन जरुरी छ ।

    शुक्रबार, पुष २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.