• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

पार्टी काममा नेता तथा कार्यकर्ताको भूमिका


  •   मङ्गलबार, पुष २२, २०७६ मा प्रकाशित
  • रामप्रकाश पुरी

    Advertisement

    १. पार्टी सदस्य र पार्टीका काम
    कम्युनिस्ट पार्टीको सदस्य सजिलै हुन सकिंदैन । कम्युनिस्ट पार्टीको सदस्य हुनुभन्दा पहिले पनि जनसंघर्षका बिभिन्न मोर्चामा केही योगदान गर्नुपर्ने नियमलाई समेत अगाडि सारिएकोले कम्युनिस्ट पार्टीको सदस्य हुँदा वखतमा व्यक्ति परिपक्व भइसकेको हुन्छ । ऊ आफ्नो वर्गीय धरातलमा बुझ्न सक्ने र सामाजिक रूपमा कायम भएका वर्गलाई पनि चिन्न सक्ने अवस्थामा आइसकेको हुन्छ । उसले कसका विरूद्धमा सङ्घर्ष गर्नुपर्छ भन्ने करालाई समेत ध्यानमा राखेर आफ्नो साङ्गठनिक कार्यलाई अगाडि बढाउन थालिसकेको हुन्छ । पार्टीमा आवद्ध हुनुभन्दा पहिले नै उसले पार्टी कामका बारेमा पनि केही न केही जानकारी लिइसकेको हुन्छ । पार्टीका निर्णयको कार्यान्वयन गर्नुपर्ने जिम्मेवारीबारे पनि उसलाई अवगत भइसकेको हुन्छ । पार्टी अनुशासन र आचरणलाई परिपालना गर्ने कुरालाई पनि उसले ग्रहण गरिसकेको हुन्छ । तर यी क्रियाकलाप पूर्ण कम्युनिस्टका लागि अपर्याप्त छन् । उसले अरू सैद्धान्तिक, राजनीतिक, साङ्गठनिक क्रियाकलाप एवम् जीवनशैलीलाई उच्च बनाउनका साथै त्याग र बलिदानको भावनाबाट व्यक्त हुन सक्ने व्यक्तित्वको समेत आर्जन गर्दै जानुपर्दछ । उसले यी कुरालाई कम्युनिस्ट जीवनका आदर्शका रूपमा नै परिभाषित गर्न सक्नुपर्दछ । अनि ऊ पूर्ण कम्युनिस्ट बन्दै जान्छ । तर पूर्ण कम्युनिस्ट नभएपनि कम्युनिस्ट पार्टीको सदस्य हुन सकिन्छ र पार्टीले केही निश्चित आचारण निर्धारण गरेर आफ्ना सदस्य निर्माण गर्दछ र उनीहरूको संख्या बढाउँछ । तिनै सदस्यलाई पार्टी कार्यकर्ता र नेताको रूपमा विकास गरेर पार्टी कामलाई अगाडि बढाउँछ । पार्टी कामलाई कम्युनिस्ट पार्टीका सदस्यहरूले मात्र सम्पन्न गर्न सक्दछन् भने त्यसलाई अन्य सहयोगी पक्षले सहयोगात्मक भूमिका खेलेर समृद्ध बनाउने काम गर्दछन् ।

    पार्टीका बिभिन्न काम हुन्छन् । साना ठूला भनिएपनि सबै कामहरू महत्वपूर्ण हुन्छन् । सबै सदस्यले आफ्नो क्षमता अनुसार पार्टीमा काम गर्नुपर्छ । त्यो क्षमतालाई पार्टी सदस्यले आफै दर्शाएर पार्टीको कामलाई अगाडि बढाउनुपर्छ । त्यसैका आधारमा सङ्घर्षका मोर्चाहरूलाई व्यवस्थापन गर्ने र बिभिन्न सदस्यलाई त्यसको जिम्मा दिने काम पार्टीले गर्दछ । पार्टी सदस्य भएमा मात्र पार्टीका काम अगाडि आउँछन् । ती कामलाई निदान गरेर पार्टी सदस्यले आफ्नो कामलाई अगाडि बढाउनुपर्दछ । काममा पार्टी सदस्यले निसङ्कोच र उत्साहपूर्ण ढंगले भाग लिनुपर्दछ ।

    २. पार्टी निर्णयको महत्व र प्रभाव
    कम्युनिस्ट पार्टीले आफ्नो उद्देश्यको कुरा मात्र गरेर हुँदैन, उद्देश्य पूरा गर्ने सन्दर्भमा गरिने काम कस्ता प्रकारका छन् ? तिनीहरूको परिणाम के-कस्तो आउने हो ? भन्ने सन्दर्भलाई समेत गम्भीरतापूर्वक विश्लेषण गर्नुपर्दछ । त्यस्ता काम तात्कालिन कार्यनीतिक क्षेत्रभित्र रहेका हुन्छन् । त्यसैले कार्यनीतिक प्रश्नमा कम्युनिस्ट पार्टी सही र वस्तुपरक हुनुपर्दछ । किनभने तात्कालीन कार्यनीतिको सम्बन्ध तात्कालिक राजनीतिक परिस्थितिका साथै अन्य वस्तुगत परिस्थितिसँग सम्बन्धित हुन्छ । तिनीहरूको व्याख्या र विश्लेषण सही भएको खण्डमा पार्टीका काम सही रूपले सम्पन्न हुन सक्दछन् । अन्यथा आफ्नै कार्यनीतिबाट पार्टीको कार्यशैली भद्दा बन्दै जान्छ र त्यसले कम्युनिस्ट उद्देश्य पूरा गर्ने हैसियत राख्न सक्दैन । निर्णयको कति धेरै महत्व हुन्छ र तिनीहरूको देशको राजनीति र सामाजिक जीवनमा कति धेरै प्रभाव पर्दछ भन्ने कुरा स्पष्ट छ । कम्युनिस्ट पार्टीले हचुवा तरिकाले निर्णय गर्न सक्दैन र त्यस्ता हचुवा निर्णय गर्न र गराउनका लागि पार्टी सदस्यले पनि कुनै दवाव दिनु हुँदैन । त्यसका लागि पार्टी सदस्यले आफ्नो सैद्धान्तिक तथा वैचारिक स्तरलाई उठाउँदै लैजानुपर्दछ । निर्णय गर्नका लागि अध्ययनको ठूलो स्तर उठ्नुपर्छ भन्ने त होइन, तर तात्कालीन परिस्थितिको ठोस व्याख्या र विश्लेषण गर्ने हैसियत भने निर्माण गर्नैपर्दछ । निर्णयकर्ता पार्टी भएपनि पार्टी सदस्यको क्षमताको स्तर निर्णयमा अभिव्यक्ति भएको हुन्छ, त्यसैले पार्टीको निर्णय हो भनेर कुनै पार्टी सदस्य पन्छिएर ओभानो हुन सक्दैन । उसले जस—अपजस दुबै आत्मसात् गरेर पार्टी निर्णयमा आफ्नो रूचि देखाउनै पर्दछ र त्यसलाई कार्यान्वयन गर्नका लागि प्रयास गर्नुपर्दछ ।

    जनसंघर्षका मोर्चाहरू वैधानिक आन्दोलन र सङ्घर्षलाई अगाडि बढाउने पार्टीका एकप्रकारका स्थायी संयन्त्र हुन् । ती संयन्त्रमा पार्टी निर्णय ठीक ढंगले प्रेषित हुन सकेन भने गडबडी पैदा हुन्छ । आन्दोलन र सङ्घर्ष अगाडि बढ्न सक्दैनन् । पार्टीका काम पनि हुन सक्दैनन् । संयन्त्र निष्कृय र निकम्मा हुन पुग्दछन् । यस्तो पनि हुन सक्दछ ः गलत निर्णय भएका कारण सक्रिय संयन्त्रमा भड्काव आउँदछ र तिनीहरूले विनाश र अवनतिको बाटो समात्न थाल्दछन् । यस सम्बन्धी कैयौँ उदाहरण हेर्न सकिन्छ, जस्तो कि गलत निर्णय भएका कारण माओवादी आन्दोलनले अन्ततः विनाशको बाटो पक्रियो र जनतामा सशस्त्र सङ्घर्ष सम्बन्धीको धारणामा नै नकारात्मकता पैदा भयो । यसले वास्तविक क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई कति धेरै पर धकेलेको छ, त्यो कुरा सजिलै बुझ्न सकिन्छ । माओवादी सङ्गठनका संयन्त्र नै लथालिङ्ग हुन पुगेको र एक समयमा मौलाएको भएपनि तुरून्तै बिभिन्न वहानामा पार्टी नै बिभाजित हुन पुग्नुको पछाडि सो पार्टीको पूर्व निर्णय र नीतिको ठूलो भूमिका छ । पार्टीमा विभाजन आउनु वा लथालिङ्ग हुनाको लागि पार्टीको गलत निर्णय नै हो भन्ने कुरा त होइन, तर माओवादी आन्दोलन जुन विषयलाई अगाडि बढाउने भनेर शुरू भएको थियो, त्यो विषय आज उनीहरूका लागि अर्कै कुरा भएको छ वा त्यसका विरूद्धमा उनीहरू स्वयम् अगाडि आएका छन्, यस्ता कुरा गलत निर्णयका कारणले अगाडि आउने गर्दछन् ।

    यहाँ सबै प्रकारका सङ्गठनको कुरा गरिएको हैन । बिभिन्न सङ्गठनका बिभिन्न वर्गीय र राजनीतिक स्वार्थ हुने भएकोले त्यस अनुसार नै उनीहरूको निर्णय र पैरवी हुने गर्दछन् । यहाँ क्रान्ति र सामाजिक परिवर्तनको लागि प्रतिवद्ध कम्युनिस्ट पार्टीको लागि नै यो छलफल गरिँदै छ । क्रान्ति, आन्दोलन र सामाजिक परिवर्तनका विषयलाई आफ्नो कार्यक्षेत्र बनाउने राजनीतिक सङ्गठनको रूपमा कम्युनिस्ट पार्टी नै हुने भएकोले त्यसले गर्ने निर्णयको महत्व हुन्छ । राजनीतिक निर्णय सही भए भने मात्र बिभिन्न चुनौतिका वावजूद पनि पार्टीको भूमिका अहम् हुन सक्दछ । यस विषयसम्बन्धी पनि हामीसित धेरै उदाहरण छन् । जस्तो कि विगत कैयौँ वर्षदेखि नेकपा (मसाल)को राजनीतिक तथा भौतिक अस्तित्व समाप्त पार्नका लागि पार्टीका दुश्मनहरू बिभिन्न ढङ्गले अगाडि आए । ती सबैलाई पार्टीले परास्त गरिदिएको छ । आगामी दिनमा पनि बिभिन्न ढङ्गले ती तत्व अगाडि आउने छन् । उनीहरूलाई पनि परास्त गरेर पार्टीले आफ्नो गन्तव्यलाई पछ्याउनु पर्नेछ । यो कसरी सम्भव भइरहेको छ भने, पार्टीले राजनीतिक तथा साङ्गठनिक निर्णय गर्दा जहिले पनि ठोस स्थितिको ठोस विश्लेषणको आधारमा गर्ने गरेको छ । त्यसैले दुश्मनले जतिसुकै आक्रमण गरेपनि ने.क.पा.(मसाल)को अस्तित्वलाई समाप्त पार्न सकेनन् तर उनीहरू आफै समाप्त भएर गए ।
    पार्टीका निर्णय सही भए आन्दोलन वा क्रान्तिका मोर्चाहरूबाट जनतामा राम्रो र सकारात्मक सन्देश जान्छ । आन्दोलन र क्रान्तिको औचित्यलाई जनसमुदायले अनुमोदन गर्दै लैजान्छ । यसको अर्थ हो क्रान्तिमा जनता स्वयम्को भूमिका बढेर जानु । तर निर्णय सही भएनन् भने पनि सन्देश त जान्छ, तर त्यो नकारात्मक हुन्छ । यसरी पार्टी निर्णयको जनसङ्घर्ष र क्रान्तिको मोर्चामा क्रान्ति, पार्टी, देश र जनताको भविष्यलाई सम्बोधन गर्ने क्षमताहरू अन्तर्निहित भएका हुन्छन् र तिनीहरूको धेरै महत्व हुन्छ भन्ने कुरा पनि स्पष्ट छ ।

    ३. पार्टी काममा नेता तथा कार्यकर्ताको भूमिका
    जनसङ्घर्षका मोर्चामा पार्टी कार्य सम्पन्न गर्ने काम पार्टीका नेता तथा कार्यकर्ताले गर्दछन् । जनसङ्घर्षका काम प्रभावकारी हुने नहुने भन्ने विषयमा पार्टीका नेता तथा कार्यकर्ताको कार्यक्षमतामा भर पर्दछ । नीति र निर्णय सही भएर मात्र हुँदैन, तिनको कार्यान्वयनमा नेता तथा कार्यकर्ताले देखाउने सक्रियता र कार्यकुशलताले नै जनसङ्घर्षका कार्य प्रभावकारी बनाउन सक्दछन् । पार्टीका काम प्रभावकारी हुनुको अर्थ जनसङ्घर्षका मोर्चाहरू बलियो हुनु हो । आ-आफ्नो मोर्चामा खटिएका नेता तथा कार्यकर्ताले निर्माण गरेको सङ्गठन, योजना र परिचालनको समायोजन हुन सकेमा मात्र जनसङ्घर्षका मोर्चाहरूले प्रभावकारी परिणाम दिन सक्दछन् ।

    जनसङ्घर्षका मोर्चामा पार्टी नेता र कार्यकर्तालाई बिभिन्न प्रकारकोे जिम्मा दिइएको हुन्छ । कम्युनिस्ट पार्टीका सदस्यहरू सङ्गठन निर्माण, बिभिन्न वर्गीय सङ्गठनको निर्माण गर्न र तिनका माध्ययमबाट कम्युनिस्ट पार्टीका उद्देश्यलाई अगाडि बढाउन, प्रशिक्षणमा भाग लिन वा प्रशिक्षण दिन, भाषण प्रदान गर्न, बिभिन्न प्रकाशन प्रकाशित गर्न र तिनको विक्री वितरण गर्न, पर्चा, ब्रोसर, पम्पलेट आदि जनताको बीचमा लैजान वा सार्वजनिक स्थलमा जनचेतनाका लागि तिनीहरूलाई प्रदर्शन गर्न, बिभिन्न सैद्धान्तिक छलफल र वहस गर्न, सङ्गठनको आर्थिक पक्षप्रति सम्वेदनशील हुन, प्रचार-प्रसारका कार्य गर्न तथा पार्टीका अन्य बिभिन्न काम गर्नका लागि करिब करिब समान रूपले नै योग्य हुन्छन् । तैपनि कामकोे प्रभावकारिता र अपनत्वमा वृद्धि ल्याउनका लागि र सबै नेता तथा कार्यकर्ताका बिभिन्न प्रतिभालाई पार्टीमा सम्मिलन गरेर पार्टीको कार्यक्षमतालाई शक्तिशाली बनाइएको हुन्छ । त्यो एकप्रकारको शक्ति पनि हो । त्यही शक्तिलाई विभाजन गरेर बिभिन्न जनसङ्घर्षका मोर्चामा पार्टी कार्यका योजनाहरू पठाइन्छ । त्यसरी त्यहाँ बिभिन्न विधि, जस्तै कि आम भेला, कार्यकर्ता भेला, विस्तारित बैठक, प्रशिक्षण, बैठक आदि गरेर कामलाई ठोस रूपमा व्यक्त गरिन्छ । त्यसरी भएको निर्णयलाई कार्यान्वयन गर्नका लागि आफूलाई प्राप्त जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसात् गर्दै सबै नेता तथा कार्यकर्ताले पूरा गर्ने भूमिका निर्वाह गर्नुपर्दछ ।

    माथि उल्लेखित कार्यविभाजनको अर्थ नबुझेका वा सङ्गठनका विरूद्धमा लाग्ने कतिपय तत्वले पार्टी सदस्य र कार्यकर्ता बीच फलाना कामरेडले कहिल्यै पनि फलानो काम गर्दैन, अथवा जनताको बीचमा जाँदैन, सदरमुकाममा वा राजधानीमा मात्रै बस्दछ, यति पैँशा कमाएको छ, यति घडेरी जोडेको छ भन्ने जस्ता अफवाह फैलाउने काम गरेको पनि पाइन्छ । त्यस्तै कतिले चरित्रहत्या गरेर आफ्नो छुल्याह चरित्रको प्रदर्शन गरेको पाइन्छ । वास्तवमा त्यो सङ्गठनलाई ध्वस्त बनाउने, सङ््गठनको एकता र सक्रियतामा समस्या पैदा गराउने अपराधिक कार्य हो । कुनै कामरेड सक्रिय भएको छैन, तोकेका जिम्मेवारी पूरा गरेको छैन, निजी सम्पत्ति जोड्ने ध्याउन्नमा रहेको छ वा चारित्रिक रूपले कमजोर छ भने आम पार्टी–सदस्य, पार्टीका नेता र कार्यकर्तालाई उसको विषयमा छलफल र निर्णय गर्ने पूरा अधिकार हुन्छ । तर त्यसको विधिलाई पार्टीले सुनिश्चित गरेको कुरालाई कहिल्यै पनि बिर्सनु हुँदैन । निर्धारित विधि अनुसार नै काम सम्पन्न गर्नुपर्दछ । त्यसरी विधिपूर्वक सम्पन्न गरिएका छलफल र निर्णयले सम्बन्धित व्यक्तिलाई सुधारका लागि प्रशस्त अवसर दिनाको साथै पार्टीबाट बाहिरिए पनि उसको मानवअधिकारको सम्मान गर्दछन् । उसको व्यक्तिगत जीवनलाई सामूहिक उद्देश्यमा रहेको पार्टीले कहिल्यै पनि क्षति गर्दैन । मात्र यति हो कि ऊ पार्टीमा बस्न अयोग्य भए पार्टीबाट निष्काशित हुन्छ । भ्रम फैलाउने र चरित्रहत्या गर्ने काम पार्टीभित्र गुटवन्दीमा सामेल भएका वा दुश्मनका एजेण्ट र पार्टीभित्र घुसपैठ भएका तत्वले गर्ने भएकोले पार्टी र पार्टीका बिभिन्न जनसङ्घर्षका मोर्चामा पार्टी सदस्यले के भइरहेको छ भन्ने कुरालाई सचेततापूर्वक हेर्नुपर्दछ ।

    पार्टीका कार्यमा नेता तथा कार्यकर्ताको सामूहिक निर्णयको कार्यन्वयनको लागि व्यक्तिगत उत्तरदायित्व खोजिन्छ । सामूहिक नेतृत्व भनेको निर्णय प्रक्रियामा जानु र त्यसलाई एउटा कुनै विधिबाट(सर्वस्वीकृति वा बहुमत) ठोस गरेर कार्यन्वयनमा लैजानु हो । व्यक्तिगत उत्तरदायित्व भनेको तोकिएको कामका लागि सम्बन्धित कामरेडको जवाफदेहिता हो । सबै कुरा जानेको भएपनि, सक्रियता र इमान्दारितामा कुनै शङ्का नभएपनि तोकिएको कामको लागि बाहेक अरू कामको लागि जवाफदेहिता लिनु हुँदैन र त्यसमा हात पनि हाल्नु हुँदैन । किनभने त्यो निर्णय नभएको कुरा हो । यस सम्बन्धमा एउटा लोककथाबाट शिक्षा लिनु राम्रै हुन्छ ।

    त्यो लोककथा यस्तो छ ः एकादेशमा एउटा कुकुर र गधा पाल्ने मानिस थियो । उसले ती कुकुर र गधालाई अघाउन्जेल खाना दिंदैन्थ्यो । त्यसैले कुकुर र गधाले मोर्चा निर्माण गरेर सङ्घर्षको तय गरे । उनीहरूको निर्णय अनुसार भुक्ने प्रतिभा भएको कुकुरले अबदेखि नभुक्ने, भारी बोक्ने प्रतिभा भएको गधाले भारी नबोकिदिने भन्ने सहमति भयो । त्यस अनुसार उनीहरू आ-आफ्नो स्थानतिर गएर बसे । राति उक्त घरमा चोर आयो । कुकुरले उक्त चोरलाई देख्यो, तर सङ्घर्षको निर्णय र सहमतिलाई उसले दृढतापूर्वक कार्यान्वयन गर्नेतिर नै ध्यान दियो । त्यसैले चोर सामान भएको ठाउँतिर जाँदा पनि कुकुरले हेरिरह्यो मात्र, भुकेन । त्यो कुरा गधाले पनि देख्यो र बुझ्यो कि सामान चोरले लिंदै छ । अनि गधाले विचार गर्यो, चुत्थो मालिकले हामीलाई खाना नदिएको र हामीले मालिकका लागि काम नगर्ने भनी आन्दोलन गरेको भएपनि चोरले सामान लिंदा त नोक्सान हुन्छ । त्यसकारण मालिकलाई यसको जानकारी दिन आवश्यक छ । यस्तो सोचेर गधा बेसरी करायो । गधाको कर्कश स्वरले मीठो निद्रामा परेको मालिकको निद्रा विथोलियो र रिसले मुरमुरिंदै मुङ्ग्रोे हातमा लिएर गधाको छेउमा गयो र कहिल्यै नउठ्ने गरी गधाको ढाड भाँचिदियो । अनि अर्कोतिर साथीसित भएको सहमति पनि तोडेको कारणले विश्वास पनि सङ्कटमा पर्न गयो र चोरले सामान समेत लिएर गयो । कथा त यति नै हो तर यसको शिक्षा यस्तो हुन्छ ः कुकुरले भुकेको भए मालिक बिउँझन्थ्यो र र कुकुर किन भुकेको हो भनेर त्यसको कारण खोज्दथ्यो । किनभने भुकेर सन्देश दिने जिम्मा कुकुरको हो । गधाको होइन । त्यसैले कुकुर भुकेको भए सही सन्देश जान्थ्यो र मालिकले सोही अनुसार ग्रहण गरेर आफ्नो काम गर्दथ्यो र नोक्सान हुनबाट जोगिन्थ्यो । यसको अर्थ हो ः आफ्नो जिम्मेवारी र क्षेत्राधिकार भन्दा बाहिर गएर काम गर्नु हुँदैन । जसको जे जिम्मेवारी हो, त्यही अनुसार काम गर्नुपर्दछ । कम्युनिस्ट पार्टीका सदस्यले यो नीतिकथालाई राम्रोसित आत्मसात गर्ने हो भने अफवाह फैलाउन आएका तत्व मुर्झिएर नष्ट हुँदै जाने छन् भने जनसङ्घर्षका मोर्चाहरू सशक्त हुँदै जानेछन् ।

    नेता तथा कार्यकर्ताले पार्टीको प्रतिष्ठालाई रक्षा गर्नका लागि सम्पूर्ण रूपले आफूलाई तयार गर्नुपर्दछ । उनीहरूको भूमिका हुनुपर्छ कि गौरवपूर्ण इतिहासको रक्षा गर्नु, जल्दोबल्दो वर्तमान निर्माण गर्नु र आशा र विश्वासले भरिएको बाटोमा हिड्दै सुन्दर भविष्य सृजना गर्नु । यो सबै कार्य गरेर नै पार्टीको कामलाई अगाडि बढाउन सकिन्छ । यो भनेको जनसङ्घर्षमा राम्रोसित काम गरौँ र मोर्चालाई सुदृढ बनाऔँ भन्ने नै हो ।

    ४. जनसङ्घर्षका मोर्चाहरूमा पार्टी कामको महत्व
    सबै अवस्थामा पार्टीको कुनै न कुनै भूमिका रहेको हुन्छ । पार्टीले राजनीतिक उद्देश्यका साथ काम गर्ने भएकोले भूमिका निर्वाहका दृष्टिले समय र सन्दर्भ अनुसार फरक फरक भूमिका निर्वाह गर्दछ । ती फरक भूमिकामा रहेर पार्टीले काम गर्ने अवस्था मध्ये जनसङ्घर्षको मोर्चा एउटा हो । जनसङ्घर्षको काल भनेको पार्टीले सञ्चालन गर्ने वैधानिक सङ्घर्ष र बिभिन्न राजनीतिक गतिविधिको समयावधि हो । त्यो समयावधिमा पार्टीले कसरी काम गर्छ र जनसङ्घर्षको मोर्चालाई कसरी व्यवस्थित बनाउँछ भन्ने बारे जनसमुदायलाई स्पष्ट गरिरहनुपर्दछ ।
    सामान्य रूपले पार्टीका काम कुनै न कुनै प्रकारले सञ्चालन भइरहेका हुन्छन् । तर एउटा कम्युनिस्ट पार्टीका लागि त्यति कुरा मात्र काफी हुँदैन । सबै कामको स्तर उठाउनु, तिनीहरूलाई जनसमुदायको बीचमा स्थापित गर्नु, तिनीहरूको औचित्यलाई सिद्ध गर्नु र ती कार्यले पार्टीका दीर्घकालीन उद्देश्यलाई दिएको योगदानबारे पार्टी सदस्यहरू स्पष्ट हुने समेतको वातावरण पनि निर्माण गर्नुपर्दछ । जनसङ्घर्षका कार्यलाई कम आङ्कलन गरेर ती कार्यप्रति उपेक्षा वा उदासिनता राख्ने काम संस्थागत रूपमा त हुनुहुँदैन नै, त्यसका साथै व्यक्तिगत रूपमा समेत कुनै पनि पार्टी सदस्यमा त्यसप्रकारको प्रवृत्ति देखा पर्नु हुँदैन । पार्टीले कुन प्रकारको कार्यदिशालाई आत्मसात् गरेको छ र उक्त कार्यदिशालाई आत्मसात् गर्नुपर्ने अवस्थाबारे कुन प्रकारको व्याख्या र विश्लेषण गरेको छ ? त्यसलाई राम्ररी बुझेर जनसमुदायको बीचमा लैजानुका साथै जनसमुदायलाई स्पष्ट पार्नका लागि पार्टी सदस्य र समर्थकले विशेष ध्यान दिनुपर्दछ । पार्टीका कामप्रतिको रूचि र लगनशीलताले पार्टीको कार्यदिशाबारे ज्ञान हासिल गर्नका लागि महत्वपूर्ण योगदान दिन्छन् । त्यसैले पार्टी सदस्य र समर्थकका लागि यो पक्ष धेरै नै महत्वको हुन्छ । पार्टीको समृद्ध भविष्यको लागि पार्टी काममा सदस्यहरूको रूचि र लगनशीलताको मात्राले प्रभाव पार्दछ । पार्टी काममा पार्टी सदस्यहरूले जति बढी रूचि देखाउँछन्, त्यति बढी नै जनसङ्घर्षका मोर्चामा पार्टी शक्तिशाली बन्दै गइरहेको हुन्छ । जति कम पार्टी काम हुने गर्दछन्, त्यति नै बढी जनसङ्घर्षका मोर्चाहरू कमजोर बन्दै गइरहेका हुन्छन् । त्यसैले पार्टीका काम सङ्घर्षका मोर्चाका अभिन्न अङ्ग हुन् । पार्टीका काम नहुने जनसमुदायमा सङ्घर्षका मोर्चाहरूको त के कुरा, पार्टी सङ्गठनको अस्तित्वको समेत सङ्कट पैदा भएको हुन्छ । त्यसैले समर्थक जनसमुदायमा पार्टीका कामलाई पुर्याउनुको अर्थ पार्टी सदस्य जन्माउनु हो भने आम जनसमुदायमा पार्टीको कामलाई पुर्याउनुको अर्थ समर्थकको व्यापक आधार तयार पार्नु हो । यस हिसावले पार्टी काममा सङ्गठन निर्माणको महत्वपूर्ण मोर्चा पनि अन्तर्निहित हुन्छ भन्ने कुरा स्पष्ट हुन्छ ।

    ५. निष्कर्ष
    पार्टीको शक्ति पार्टी–सदस्यको कार्यक्षमताबाट व्यक्त हुन्छ । सदस्यहरू कार्यकर्ता र नेता भएर सङ्गठनलाई समृद्ध बनाउनका लागि सङ्घर्षरत हुन्छन् भने मात्र पार्टीको शक्ति निर्माण हुन सक्दछ । पार्टी–सदस्यको निर्माण गर्ने कार्यमा कम्युनिस्ट पार्टीले लेनिनवादी पद्धतिलाई नै आधार मान्ने गर्दछ । पार्टी–सदस्य नै कार्यकर्ता र नेता हुन् । उनीहरूले उद्देश्य प्राप्तिका लागि सङ्गठन बनाएर राजनीतिक, सामाजिक लगायतका भूमिका खेल्दछन् । उनीहरू शान्तिपूर्ण आन्दोलनका बिभिन्न जनसङ्घर्षका मोर्चादेखि सशस्त्र सङ्घर्षका अभियानलाई सफल पार्ने परिवर्तनकारी अभियन्ता हुन् । त्यसैले उनीहरूको विधान, सिद्धान्त, विचार र सङ्गठन एउटा व्यवस्थित पद्धतिमा निर्माण भएको हुन्छ । शत्रुले जतिसुकै प्रहार गरेपनि त्यसलाई तोडन् सक्दैन । यो शक्तिलाई पार्टी निर्णयले जिवन्त बनाउने गर्दछ । पार्टी निर्णय सर्वदा सही हुन आवश्यक छ । अर्थात, ठोस स्थितिको ठोस विश्लेषण र वस्तुपरक समझदारी कम्युनिस्ट पार्टीको परिपक्व व्यवहार र कार्यशैली हो । पार्टी निर्णयहरूको महत्व र प्रभाव निकै आयामिक हुन्छ । तिनीहरूको दीर्घकालिक महत्व हुन्छ । कुनै शक्ति कम्युनिस्ट पार्टी हो वा होइन भनेर त्यसले तत्काल गरेका निर्णयका आधारमा होइन, ती निर्णयका परिणामका आधारमा मात्र भन्न सकिन्छ । पार्टीका निर्णयलाई कार्यान्वयन गर्ने कार्य नै पार्टी काम हो । यो काममा कार्यकर्ता र नेताले आफूलाई पूर्ण रूपले समर्पण गर्नुपर्दछ । त्यसो भएमा मात्र पार्टी शक्तिशाली, निर्णायक र दूरदर्शी भएर जनसेवामा लाग्न सक्दछ र दुश्मनका विरूद्ध पनि जुध्न सक्दछ । त्यसरी पार्टी आफ्नो लक्ष्यमा पुग्न सक्दछ । यसतर्फ सबै पार्टी सदस्य, कार्यकर्ता, नेता, समर्थक जनसमुदाय समेतले आवश्यक ध्यान दिएर शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गर्नका लागि योगदान दिनुपर्दछ ।

    मङ्गलबार, पुष २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.