बेइजिङ । सन् २०१२ देखि २०२१ सम्म दक्षिण पश्चिम चीनको स्वशासित क्षेत्र तिब्बतको कुल गार्हस्थ्य उत्पादन (जी.डी.पी.) वार्षिक औसत ९.५ प्रतिशतले वृद्धि भएको छ । यो राष्ट्रिय औसतभन्दा २.९ प्रतिशत बढी हो ।
Advertisement
क्षेत्रीय विकास तथा सुधार आयोगले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा सन् २०२१ मा यस क्षेत्रको कुल गार्हस्थ उत्पादन २०० अर्ब युआन (करिब २८.१७ अर्ब अमेरिकी डलर) भन्दा बढी पुगेको छ ।
सन् २०२१ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (जी.डी.पी.) ५६ हजार ८०० युआन नाघेको छ । यससँगै एक दसकको औसत वार्षिक वृद्धि दर ७.६ प्रतिशतले वृद्धि गरेको छ । यो राष्ट्रिय औसतभन्दा १.५ प्रतिशत बढी हो ।
तिब्बतको औद्योगिक संरचनालाई निरन्तर अनुकूलन गरिएको आयोगका उपनिर्देशक तियान गुआङग्वाले बताउनुभयो । (रासस/सिन्ह्वा)