एडेन । सरकार समर्थक यमनी सेना र हुथी विद्रोहीबीच शुक्रबार बिहान दक्षिणी प्रान्त लाहजमा भएको झडपमा दुबै पक्षबाट दसको मृत्यु भएको एक सैनिक अधिकारीले बताएका छन् ।
Advertisement
हुथी विद्रोही समूहले लाहजमा सरकार समर्थक सेनाद्वारा नियन्त्रित क्षेत्रमा आक्रमण गर्न आफ्ना धेरै लडाकु पठाएका थिए । यस क्षेत्रमा धेरै घन्टासम्म झडप भएको स्थानीय सैन्य स्रोतले नाम नछाप्ने सर्तमा भनेका समाचारमा जनाइएको छ ।
सरकारी सेनाले छ जना हुथी आक्रमणकारीलाई मारेको र आफ्ना चार सैनिकलाई गुमाएका उनले थप जानकारी दिएका थिए ।
जमिनमा सैन्य प्रगति गर्न असफल भएपछि, हुथी अब विद्रोही–नियन्त्रित प्रान्त अलबायदा नजिकैको याफेया क्षेत्र वरपरका मुख्य साइटबाट पछि हट्न बाध्य भएका स्रोतले जानकारी दिएको छ । (रासस/सिन्हवा)