नाइजर । नाइजेरियाको उत्तरी राज्य कातिस्नामा आएको बाढीमा परेर कम्तीमा पनि २४ जनाको ज्यान गएको छ । साथै सो बाढीका कारण अरू कम्तीमा पनि १८ हजार जना विस्थापित भएका छन् ।
Advertisement
विस्थापितलाई विद्यालयलगायतका विभिन्न अस्थायी शिविरमा राखिएको यहाँको सरकारले जनाएको छ । यस वर्षको मनसुनी वर्षाका कारण उनीहरू विस्थापित भएका हुन् ।
नाइजेरियाको बिपत् व्यवस्थापन केन्द्रले शुक्रबार दिएको जानकारीअनुसार यहाँको उक्त राज्यका १६ हजार छ सय २५ ओटा घरमा सो बाढीले क्षति पु¥याएको थियो ।
यस वर्षको मनसुनी वर्षाका कारण यहाँका कम्तीमा पनि ३४ जिल्लामा क्षति पु¥याएको सो केन्द्रले जनाएको छ । अहिले पनि मनसुनी वर्षा जारी नै रहेकाले सतर्कता अपनाउन यहाँका बिपत् व्यवस्थापन अधिकारीहरूले सूचित गरेका छन् । (रासस/सिन्ह्वा)