‘आमा’
तिम्रो मन झन् दुख्ला, तिमी झन् रुन्छ्यौ होला !
तिमी कमजोर छ्यौ भनेर तिम्रो आँखा अगाडि कहिले रोइन
त्यसकारण
निर्दयी र कठोर छ यो छोरो (कान्छो)
भन्ने भान पनि भएको होला
तर,
तिम्रो र मेरो तुलना कुरा गर्ने हो भने
तिमी भन्दा पनि बढी रोएको छु,
तर तिम्रो मात्र कुरा गर्दा म भन्दा कैयौं गुणा बढी रोएकी छ्यौ
किनकि तिमी धेरैका लागि रुनु पर्थ्यो र रुन्थ्यौ
मलाई मात्र थाहा छ !
जब मलाई समस्या पर्छ अनि तिमीलाई नै भन्थे,
अरुको रिस पनि तिमीलाई नै पोख्थें
कहिँ कतै खुसी मिल्दा पनि तिम्लाइ नै पहिला सुनाउन चाहन्थे !
कहिलेकहीं सोच्थ्यौ होला यो फटाहा छ,
स्वार्थी छ भनेर
तर
मेरो नजिक र आफ्नो तिमी नै थियौ
र त भन्थें
तर तिमिले के बुझ्यौ खै थाहा भएन ?
परिस्थितिले गर्दा वा आफ्नै बुद्धि नपुगेर
आज भौतिक रूपमा टाढा भए
तर मन त्यही नै छ !
थाहा छैन भेट हुन्छ कि हुँदैन
तर आशा र विश्वास छ
भेट हुनेछ !
भेट हुँदा तिमी धेरै रुनेछौ
तर म रुनेछैन
किनकी तिमी झन् रुन्छ्यौ भन्ने मलाइ थाहा छ !
तिमी यो धर्तीमा हुँदासम्म
मलाई समस्या पर्दा
तिम्रो याद धेरै आउँछ,
तिमी नहुँदा झन बढी आउँदोरै’छ !
यो सब कुरा पढ्न पाए
वा कसैले सुनाइ दिए
तिमी भक्कानिदै रुन्छेउ
जसरी लेख्दै गर्दा म भक्कानिएको छु !
नसुनाइदिन अनुरोध छ,
किनकी
तिमि रोएको मलाई सैह्य छैन,
तिम्ले मलाई बोलाउने शब्द र कुरा सम्झिँदा
यो मस्तिष्क झननन झन्किन्छ
छाती थररर थर्किन्छ,
तर पनि
सम्हाल्नुको विकल्प छैन !
राज आचार्य (मसाल)