गिरीप्रसाद बुढा, जुम्ला ।
कर्णाली प्रदेश अन्तरगत जुम्लामा राष्ट्रिय जनमोर्चाको जिल्ला भेला सम्पन्न भएको छ । बिहीबार भएको भेलाले अग्निराज उपाध्यायको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति पुनर्गठन गरेको छ ।
समितिको उपाध्यक्षमा भिमबहादुर मइन, सचिव टंकप्रसाद पण्डित, सह सचिवमा लोक बहादुर कार्की र कोषाध्यक्षमा कन्यादेवी उपाध्याय चयन हुनुभएको छ । सदस्यहरूमा धन लक्ष्मी पण्डित, धनप्रसाद प्याकुरेल, भानु भक्त उपाध्याय, धिरेन्द्रराज गिरी र जानदेवी उपाध्याय रहनु भएको छ ।
राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिका सदस्य मिन बहादुर शाही तथा प्रदेश सल्लाहकार चन्द्रप्रकास प्याकुरेलको विशेष उपस्थितिमा जिल्ला भेला सम्पन्न भएको हो ।
भेलाले जुम्ला जिल्लामा पार्टी गतिविधिलाई तदारुकताका साथ अगाडि बढाउने, आगामी निर्वाचनलाई सक्रियाताका साथ उपयोग गर्ने लगाएतका निर्णयहरु गरेको छ ।