भरत जोन भण्डारी, दाङ ।
दाङको बङगलाचुलीमा विभिन्न पार्टी परित्याग गरी २१ जना राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । शुक्रबार एक कार्यक्रम गरी उनीहरुलाई राजमो जिल्ला अध्यक्ष गणेश आचार्य लगायत नेताहरुले स्वागत गर्नुभएको छ ।
बङलाचुली गाउँपालिका–४ तापामा भएको कार्यक्रममा नवप्रवेशीहरुले देश र जनताको पक्षमा काम गर्ने एक मात्रै पार्टी राजमो भएकोले प्रवेश गरेको बताए । नेपाली कांग्रेसमा लामो समय काम गरेका खडक पुनले अब अन्य पार्टीलाई विश्वास गर्न नसकिने भन्दै जनमोर्चाको झण्डामुनी गोलबद्ध हुन आह्वान गर्नुभयो ।
राजमो बङ्गलाचुली गाउँपालिका अध्यक्ष सुमन घर्तीको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा राजमो अध्यक्ष गणेश आचार्य, अखिल नेपाल युवक संघ घोराही उपमहानगर समितिका उपाध्यक्ष सञ्जय ओली तथा अखिल नेपाल युवक संघ बङगलाचुली वडा नं ३ समितिका अध्यक्ष केदार परियार लगायत सहभागी हुनुहुन्थ्यो । कार्यक्रम भरत जोन भण्डारीले सञ्चालन गर्नु भएको थियो।
कार्यक्रममा राजमो जिल्ला अध्यक्ष आचार्यले माओवादी, कांग्रेस र एमाले लगाएतका पार्टीहरु देशको हित बिपरित गएको र जनतालाई झुठा सपना देखाएर धोखा दिएको बताउँदै अबको भरोसा र विश्वास भनेकै राष्ट्रिय जनमोर्चा हो भन्नुभयो ।

पार्टी प्रवेश सँगै भएको भेलाले राजमो तापा टोल समिति गठन पनि गरिएको छ । समितिको अध्यक्षमा नुम बहादुर पुन, उपाध्यक्ष अनिता पाण्डे, सचिव चेतन घर्ती, सहसचिव दिल बहादुर पुन, कोषाध्यक्ष खिमली कसेरा रहनुभएको छ ।
१५ सदस्यीय समितिको सदस्यमा चेतन घर्ती, घन बहादुर पुन, खिम बहादुर घर्ती, शोभाराम पुन, बिष्णु बिक, कमला पान्डे, बिस्ना घर्ती, गिता घर्ती, हिमा घर्ती, ज्योती पुन, गिता आग्री, सुक्मता परियार, खडक पुन, पदम घर्ती, सुबास आग्री, खुना सुनार, भुपु स्युजाली लगाएत रहनुभएको छ ।