• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

चुनावी तालमेलप्रति प्युठानमा नेकपा कति इमान्दार ?


  •   बुधबार, मङि्सर ०४, २०७६ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र राजमोका अध्यक्ष चित्रबहादुर केसीबीच उपनिर्वाचनमा दुई दलबीच तालमेलको सहमति भएको थियो । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग समेत सल्लाह गरेर भएको मौखिक सहमति थियो– पहिलेको निर्वाचनमा जसले जितेको छ, उसलाई अर्को दलले सघाउने ।

    Advertisement

    उपनिर्वाचनमा तालमेल गर्ने नेकपा र राजमोबीच सहमति

    देशभर एक प्रतिनिधिसभा, तीन प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पद गरी ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । ति मध्ये बाग्लुङ २(ख) प्रदेशसभा र प्युठानको ऐरावती गाउँपालिका वडा नं २ मा राजमोलाई नेकपाले सघाउने र अन्य स्थानमा नेकपालाई राजमोले सघाउने सहमति थियो । त्यसै अनुसार ति दुई स्थानमा राजमोले उम्मेद्वारी दिएको छ भने बाँकी स्थानमा नेकपालाई सघाएको छ ।

    दाङमा नेकपाका ओलीलाई जिताउन राजमोको भेला

    तर, नेकपाका नेताहरुले राजमोलाई छोड्ने भनिएका स्थानमा पनि उम्मेद्वारी दर्ता गराए । पार्टी केन्द्रमा अध्यक्षस्तरमै भएको सहमति इमान्दारपूर्वक कार्यान्वयन गर्नु स्थानीय पार्टीको कर्तब्य हुन आउँछ । त्यसखालको इमान्दारिता प्युठानको सन्दर्भमा भने नेकपामा देखिएन । प्युठानको ऐरावती गाउँपालिका वडा नं २ मा राजमोका तर्फबाट उम्मेद्वारी दिएका भक्तबहादुर बिक विरुद्ध नेकपाका धिमेश घर्तीमगरले उम्मेद्वारी दर्ता गराए ।

    जबकी बाग्लुङमा पनि नेकपाका नेताले बागी उम्मेद्वारी दिएका थिए । कतिपय ब्यक्तिलाई उम्मेद्वार बन्ने आकांक्षा हुनु स्वभाविकै हो । तर, नेकपा बाग्लुङ जिल्ला कमिटिले यो मामिलामा इमान्दारिता देखाएको छ । स्वतन्त्र उम्मेद्वारी दिएका शेरमान घर्तीलाई पार्टीले उम्मेद्वारी फिर्ता लिन निर्देशन दियो । समय घर्किएर प्राविधिक रुपमा उम्मेद्वारी फिर्ता लिन नसकेपनि शेरमान घर्ती ‘गिलास’ चिन्हमा भोट माग्दै उम्मेद्वार खिमविक्रम शाहीका साथमा हुनुहुन्छ ।

    बाग्लुङमा नेकपाबाट बागी उम्मेदवार घर्तीले शाहीलाई नै सघाउने

    त्यहाँ पनि कतिपयले घर्तीले प्राविधिक कारणबस फिर्ता गर्न नसकेको चुनाव चिन्हको दुरुपयोग गर्न नखोजेका होइनन् । त्यसरी गठबन्धन विरुद्ध फिर्ता लिइसकेको चुनाव चिन्ह दुरुपयोग गर्न खोज्ने आफ्ना दुई नेतालाई नेकपा बाग्लुङले कडा कार्बाही गरेको छ । जिल्ला सदस्य तुल्सी अर्याललाई पार्टी सदस्यताबाट अनिश्चतकालिन निष्काशन गर्नुका साथै दधिराम अर्याललाई पार्टी सदस्यसमेत नरहने गरि नेकपाले निश्कासन गरेको छ ।

    वाम गठबन्धन विरुद्ध प्रचार गर्ने नेकपाका दुई नेता निश्कासित

    तर, प्युठानमा भने नेकपाले त्यसखाले इमान्दारिता, हिम्मत र साहस देखाएको छैन । बरु त्यहाँको पार्टीले बागीका पछाडी उभ्याएर नेकपालाई ‘निरिह’ बनाएको छ । नेकपा प्युठानका जिल्ला सदस्य एवं ऐरावती गाउँपालिकाका उपाध्यक्ष बुद्धबहादुर बस्नेत बागी उम्मेद्वारीका कारण पार्टी मौन बस्नुपरेको र पार्टीको भूमिका अन्यौलग्रस्त रहेको बताउनुहुन्छ ।

    बस्नेतका अनुसार नेकपा प्युठानमा अहिले संकटको वातावरण छ । स्थानीय नेता धिमेश घर्तीमगरले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएपछि उम्मेद्वार अगाडि पार्टी पछाडी बन्न पुगेको छ । तर, पार्टीलाई संकटमा लैजाने घर्तीविरुद्ध भने पार्टीले कारबाही गर्नसक्ने अवस्था छैन । किन त ? बस्नेत भननुहुन्छ, ‘उहाँ (घर्ती) नेकपाको वडा कमिटि अध्यक्ष हो । उहाँ विभिन्न संघ संस्थासँग जोडिनुभएको छ र जनाधार भएको नेता पनि हो ।’

    (उम्मेद्वार भक्तबहादुर बिक)

    नेकपा नेता बस्नेतको यस्तो हास्यास्पद तर्कले आफ्नै पार्टी अध्यक्षद्वयलाई गिज्याइरहेको छ । नेकपाका अध्यक्ष प्रचण्डले गत कात्तिक २१ गते पोखरा पुगेर भन्नुभएको थियो, ‘बागी उम्मेद्वार नेकपाको हो भने फिर्ता हुन्छ, अन्य भए सामना गर्छौं ।’ यद्यपी प्रचण्डको त्यो भनाई बाग्लुङमा उम्मेद्वारी दिने नेताहरुप्रति लक्षित थियो । तर, प्रचण्डले सहमति भएका स्थानमा नेकपाका कुनै कार्यकर्ताले स्वतन्त्र उम्मेद्वारी दिएको भए फिर्ता लिन कडा चेतावनी पनि दिनुभएको थियो ।

    बागी उम्मेदवारलाई तत्काल फिर्ता लिन प्रचण्डको चेतावनी

    अध्यक्ष प्रचण्डको चेतावनीका बाबजुृद नेकपा प्युठानले अप्रत्यक्ष रुपमा आफ्नो पार्टीका नेतालाई ऐरावती गाउँपालिका–२ मा स्वतन्त्र उम्मेद्वार उठाएको छ । नेकपाको यो गतिविधि आफ्नै पार्टीको घोषित नीति विरुद्ध मात्रै छैन, अध्यक्षद्वय केपाी ओली र प्रचण्डप्रति पनि अपमान गर्ने खालको छ ।

    यद्यपी प्राविधिक रुपमा उम्मेद्वारी फिर्ता लिने समय सकिए पनि बाग्लुङमा शेरमान घर्तीले खिमविक्रम शाहीलाई समर्थन गरेजस्तै बरौँलामा धिमेश घर्तीले भक्तबहादुर बिकलाई समर्थन गर्न सक्नुहुन्छ । यदी त्यसो नभए पार्टीले बागी उम्मेद्वारसहित उनलाई सघाउनेहरुलाई कारबाही गर्न सक्छ । तर, नेकपा प्युठानले अहिलेसम्म त्यस्तो गरेको छैन । बरु पार्टीलाई नै संकट पार्ने बागी उम्मेद्वारका पछि–पछि जिल्ला पार्टी हिँडेको छ । निर्वाचनको अन्तसम्म नेकपा प्युठानले आफूलाई कत्तिको सक्षम र इमान्दार देखाउँछ ? त्यो भने हेर्न बाँकी छ ।

    बुधबार, मङि्सर ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.