• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

उपनिर्वाचनमा तालमेल गर्ने नेकपा र राजमोबीच सहमति


  •   बुधबार, कार्तिक ०६, २०७६ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चा र नेकपाबीच उपनिर्वाचनमा प्रतिनिधसभा र प्रदेशसभामा तालमेल गरेर जाने सहमति भएको छ । बुधबार नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र राष्ष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीबीच भएको घेटभाटमा चुनावी तालमेल गर्ने सहमति भएको हो ।

    Advertisement

    भेटमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई तथा राजमोका महासचिव जनकराज शर्मा, सचिव हिमलाल पुरी र पूर्व सचिव कृष्ण अधिकारी सहभागी हुनुहुन्थ्यो ।

    भेटमा प्रधानमन्त्री ओलीले वामन्थी आन्दोलनलाई बलियो बनाउन वामदलहरुबीच सहकार्यको आवश्यकता औँल्याउनुभयो । नेकपाका अध्यक्षसमेत रहेका ओलीले विगतको निर्वाचनमा जुन दलले जहाँ जितेको थियो, उपनिर्वाचनमा पनि सो स्थानमा अर्को दलले सघाउने गरी तालमेल गर्नुपर्ने बताउनुभएको थियो ।

    भेटघाटमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले पनि वामपन्थी दलहरुबीचको सहकार्यमा जोड दिँदै देशमा पुनः प्रतिगामी शक्तिहरु सल्बलाउन थालेकोप्रति सचेत रहन आग्रह गर्नुभयो । अध्यक्ष केसीले प्रधानमन्त्री ओलीलाई आफ्नो दलले सरकारलाई दिएको समर्थन अहिले पनि कायम रहेको जानकारी दिँदै तर सरकारले कैयौँ आचरणमा सुधार गर्नुपर्ने सुझाव पनि दिनुभयो ।

    आगामी मंसिर १४ गते प्रतिनिधसभा अन्तर्गत कास्की क्षेत्र नं‍ २, प्रदेशसभा अन्तर्गत दाङ ३ (ख), भक्तपुर १ (ख) र बागलुङ २(ख) मा उपनिर्वाचन हुनेछ । ति क्षेत्रहरुमा कास्की २ बाट निर्वाचित नेकपाका सांसद तथा बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा १५ फागुनमा निधन भएको थियो । भने दाङ ३ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको कार दुर्घटनामा निधन भएपछि खाली भएको हो । भक्तपुर १ (ख) बाट निर्वाचित हरिशरण लामिछानेको उच्च रक्तचाप बढेपछि उपचारका क्रममा निधन भएको थियो । त्यस्तै, बाग्लुङ २ (ख) बाट गण्डकी प्रदेश सांसद टेकबहादुर घर्तीको जन्डिसका कारण निधन भएको थियो ।

    राजमोले मंगलबार मात्रै उपनिर्वाचनमा तालमेलबारे आफ्नो धारणा स्पष्ट पारेको थियो । राजमोले केन्द्र र प्रदेशमा वामपन्थी दलसँग मात्रै तालमेल गर्नेछ भने स्थानीय तहमा कांग्रेससँग पनि तालमेल गर्ने नीति खुला राखेको छ ।

    बुधबार, कार्तिक ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    मधेसमा विकृति बन्दै मृत्युभोज
    बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै
    गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते
    प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु
    इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • २.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ३.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ४.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ५.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ६.
      प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    • ७.
      इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    • ८.
      फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.