• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

पार्टी अनुशासन र न्यायका सर्वमान्य सिद्धान्त

"आठौं महाधिवेशनका निर्णयलाई कार्यान्वयनमा लैजानु प्रत्येक पार्टी सदस्यको मुख्य दायित्व "

  •   सोमबार, मङि्सर ०२, २०७६ मा प्रकाशित
  • लाल बहादुर जाग्री

    Advertisement

    अनुशासन विना व्यक्ति, परिवार, समाज, पार्टी, राज्य सञ्चालन हुन सक्दैनन् । अनुशासनका आ-आफ्ना मूल्य मान्यता र विधि विधान रहेका हुन्छन् । कम्युनिष्टहरुले लेनिनवादी संगठनात्मक अनुशासन प्रणालीका मान्यता (छलफलमा स्वतत्रता, काममा एकरुपता, व्यक्ति संगठनको मातहतमा, अल्पमत वहुमतको मातहतमा, तल्लो कमिटी माथिल्लो कमिटीको मातहतमा, सम्पुर्ण सदस्य केन्द्रीय समितिको मातहतमा, केन्द्रीय समिति महाधिवेशनको मातहतमा) लाई आत्मासात गर्दै आएका छन् ।

    अनुशासन भएन भने न त कुनै काम गर्न सकिन्छ वा न त प्रगति गर्न सक्छ । व्यक्ति, परिवार, समाज, पार्टी र राज्यले कुनै काम र प्रगति गर्नु छ भने अनुशासन अनिवार्य रुपमा पालना गर्नु पर्छ । गरेन भने स्वयम्ले नोक्सानी भोग्नुका साथै अरुलाई पनि नोक्सान पुर्याउँछ । व्यक्तिले मौसम (भौतिक अवस्था) अनुसार आहार विहार सरसफाइमा ध्यान दिएन व्यवस्थित र नियमित भएन भने उसलाई विभिन्र रोग लाग्ने वा रोगले ग्रसित हुन सक्छ । रोगले शरीरका कयौं सेल वा अङ्ग नष्ट गरी ज्यान पनि जान सक्छ ।

    पार्टी जीवनमा अनुशासनको पालना गरेनौं वा भएन भने त्यस पार्टी सदस्य, कमिटि वा सिङगो पार्टी जीवनमा गम्भीर असर पर्न सक्छ । पार्टीको काम अगाडि बढ्न सक्दैन । पार्टी जीवन प्रत्येक पार्टी सदस्यको जीवनसँग जोडिएको छ । यसले सिंगो पार्टी जीवनमा प्रभाव पार्छ । त्यसकारण सबै पार्टी सदस्य, कमिटीले अनुशासनको पालना गर्नु, गराउनु पर्ने हुन्छ ।

    तर अनुशासनलाई यात्रिक वा निरपेक्षरुपमा वुझ्नु हुँदैन । सापेक्षतामा वुझ्नु पर्ने हुन्छ । अनुशासनको पालना नगर्ने पार्टी वा कमिटीको स्तर, कारण, परिस्थति, परिणाम लगाएत अन्य कुरा हेनुपर्ने हुन्छ । जस्तो कि, तीन दिनको भोको व्यक्तिले वाच्नका लागी खाना चोरेर खानु र दिनको तीन पटक खाना नास्ता खाने व्यक्तिले खाना चोरेर खानुमा दुबैले चोरी गरे पनि चोरी गर्नुपर्ने अवस्था, स्थिति र कारण नितान्त भिन्न –भिन्न छ। यसमा दुबैलाई सजाय भए पनि सजायको मात्रात्मक फरक गरी सजाय हुनु नै न्यायसँगत मानिन्छ ।

    पार्टी भित्र विभित्र समाज, संस्कृति, संस्कारबाट हुर्किएर आएका पार्टी सदस्यहरु छन् । विविधतामा एकत्व नै पार्टी हो । जस्तै नेवारी संस्कारमा हुर्किएको पार्टी सदस्यले राँगाको मासु खानु, उनीहरुका लागी सहज स्वाभाविक होला तर सो कार्य डोटेली संस्कृतिमा हुकिएको पार्टी सदस्यका लागी असहज, अस्वाभिक कुरा हुन जान्छ । त्यस कारण अनुशासन पनि सापेक्षतामा हेर्नु नै सही माक्सवादी दृष्टिकोण मानिन्छ ।

    जिवन्त पार्टीभित्र विभित्र परिस्थिति र समयमा भिन्न-भित्र विषयमा मतभेद हुन्छन् । कयौं मतभेद काम गर्ने दौरानमा व्यवहारबाट स्पस्ट हुँदै जाँदा अन्त्य हुन्छन् । कयौं मतभेद थाती रहन सक्छन् भने नयाँ परिस्थितिमा नयाँ विषयमा अरु थप मतभेद सृजना हुन सक्छन् । जिवन्त पार्टीमा यो स्वभाविक प्रकृया भए पनि यसलाई अभिव्यक्त र सञ्चालन गर्ने कुरा पार्टीको विधि विधान भन्दा बाहिर जानु हुँदैन । विधि, प्रकृया भित्रै रहेर पार्टी सदस्य, कमिटिले आफ्ना मत राख्ने, लैजाने गर्नु पर्ने हुन्छ । विधिको जसले जहाँ जसरी उल्लंघन गरे पनि अनुशासनको विषय वन्नु पर्छ ।

    अहिले प्रत्येक पार्टी सदस्य, कमिटीको मुख्य दायित्व (कार्यभार) भनेको आठौं महाधिवेशनका निर्णयलाई आत्मासाथ गर्दै कार्यान्वयनमा लैजानु हो।

    पार्टीले विधानको उल्लंघन गर्ने पार्टी सदस्यलाई व्यक्तिगत रुपमा र कमिटीलाई सामुहिकरुपमा विधान, नियमावली अनुसार अनुशासनको कार्बाही गर्न सक्छ । पार्टी अनुशासन उल्लंघनको प्रकृति, परिस्थिति र पार्टी सदस्यको स्तर अनुसार सन्बन्धित कमिटीमा आलोचना गर्ने, सो प्रर्याप्त भएन भने त्यसको आलोचना तल सम्म पठाने, त्यस्तो नगर्न चेतावनि दिने, सो ले भएन भने तिमिले यस्तो कार्य गरेमा पार्टी यस्तो कार्वाही गर्छ भनि गम्भीर चेतावनी दिने, सो ले भएन भने जो जहाँ छ सो को नेतृत्व वा समितिबाट हटाउने, सो पनि प्रर्याप्त नभएमा पार्टी सदस्यबाट निलम्वित गर्ने, वा सो पनि भएन भने अन्तिम कार्बाही पार्टीबाट निस्काशन गर्ने । यी कार्बाही व्यक्तिको हकमा लागु हुन्छन् भने पार्टी कमिटीलाई आलोचना, चेतावनी, कुनै काम गर्न वा नगर्न निर्देशन दिने, समिति मातहतका सदस्यता जाँच वा नविकरण गर्ने वा समिति निलम्वित वा भंग गर्नेसम्मका अनुशासनका कार्बाही पार्टीले गर्न सक्छ।

    यी कार्बाही गर्दा न्यायका सर्वमान्य सिद्धान्तलाई अनिवार्यरुमा अवलम्वन गर्नु पर्ने हुन्छ ।

    न्यायका सर्वमान्य सिद्धान्त न्यायिक सभ्यताको इतिहासमा न्याय सम्पादन गर्दै जाँदा स्थापित भएका मुल्य–मान्यताहरु हुन् । आधुनिक मानव जातिको इतिहासमा न्यायसम्पादन गर्दा सवैले आत्मसाथ गर्दै आएका छन् । जसलाई न्यायका सर्वमान्य सिद्धान्त भनिन्छ ।

    क)आरोप प्रमाणित गर्ने दातित्व आरोप लगाउनेको हुन्छः  कसैले कुनैका विरुद्ध आरोप लगाएमा सो आरोपलाई मनोगतरुपमा नभइ तथ्यले शंका रहित तरिकाले पुस्टि गर्ने दायित्व आरोप लगाउनेको हुन्छ। सो पुस्टी भएन भने आरोपबाट सफाइ पाउँछ । कतिपय अवस्थामा आरोप स्वाकार गरे पनि स्वाकरोक्ति र तथ्यको मेल खानु पर्छ । नत्र स्विकारोक्ति पनी विश्वास योग्य हुँदैन ।

    ख) आरोप प्रमाणित नभएसम्म कसुरदार नमानिनेः सामान्यतया आरोप प्रमाणित नभए म्म कसैलाई पनि दोषि मानिँदैन । अनुसन्धानका दुई वटा अवधारण छन् । ‘पहिले थुन अनि सुन’ र ‘पहिले सुन अनि थुन’ । आरोपको गम्भिर्यताले तत्काल निलम्वित नगरेमा प्रमाण नष्ट गर्न सक्ने वा थप क्षति हुन सक्ने अवस्था भएमा तत्काल निलम्वित गरेर छानविन सुरु गर्नु पर्ने हुन्छ । त्यस्तो अवस्था नभएमा पहिले छानबिन गरी दोषि देखिएमा निलम्वित वा अन्य कारबाही हुन्छ ।

    ग) स्वच्छ सुनुवाइको पर्याप्त मौका दिनु पर्छः आरोपित व्यक्तिलाई के, कस्तो, कहिले, कस्ले आरोप लगाएको हो ? त्यससँग सम्वन्धित तथ्य (प्रमाण) सहित आरोपितलाई जानकारी दिइ जानकारी पाएको निस्सा राख्नु पर्छ । निजलाई आफ्ना कुरा लिखतरुपमा राख्न लगाइ सो कुरालाई समर्थन वा खण्डन गर्ने कुनै प्रमाण निजले दिएमा सो पनि वुझिलिनु पर्छ । सम्भव भएसम्म दुवै पक्ष (आरोपित र आरोप लगाउने) का बीच छलफल गराउन सकिन्छ । त्यस पछि मात्र निर्णयमा पुग्नु पर्छ ।

    घ) विधान वमोजिम वाहेक सजाय गर्न नहुनेः तत्काल मौजुदा विधानमा जे जस्तो व्यवस्था छ सो भन्दा वाहिर गएर वा सोमा नयाँ संशोधन गरेर पुरानो कुरामा कार्बाहि गर्न मिल्दैन । सोसँग वाझिने गरी कुनै नियम वा निर्देशिका वा निर्णय गर्न वा बनाउन मिल्ने छैन । गरे वनाएमा विधानसँग बाझिएको हदसम्म अमान्य हुने छ ।

    ङ) पुनरावेदन गर्न पाउने हकः कुनै तहको पार्टी कमिटीले गरेको निर्णय चित्त नवुझिएमा सो भन्दा उपल्लो तहको कमिटी वा निकायमा अनुशासनको कार्बाहीमा चित्त नवुझाउने व्यक्ति वा कमिटीले निश्चित समय भित्र पुनरावेदन गर्न सक्ने छ ।

    अनुशासनको सवैले पालना गरौ भरसक अनुशासनको कार्बाही अगाडि वढाउनु पर्ने अवस्था र स्थितिको सृजना नै नहुनु राम्रो कुरा हो यदि सो अवस्था आइहालेमा न्यायका सर्वमान्य सिद्धान्तलाई अनुसरण गरी कार्बाही गर्नु पर्ने हुन्छ ।

    पार्टी विधान र पार्टीले निश्चित गरेको विधि भित्र रही प्रत्येक सदस्य, कमिटीले आफ्नो मत राख्ने अधिकार सबैलाई छ । मत राखेका आधारमा कसैलाई पनि कार्बाही गर्न मिल्ने छैन भनि पार्टी विधानले प्रष्ट व्यवस्था गरको छ । यसको सबै पार्टी सदस्य, कमिटीले पालना गरौं र पार्टीलाई मिलिटेन्टरुपमा अगाडि बढाऔं ।

    (अधिवक्ता जाग्री राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य हुनुहुन्छ ।)

    सोमबार, मङि्सर ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.