तेहरान । इरानका नयाँ मन्त्रीको नामावली संसदबाट पारित भएको छ । राष्ट्रपतिले मन्त्री बनाउन चाहेकाको नामावली संसदमा पेस गरेर पारित गराउनुपर्ने व्यवस्थानुसार नामावली पेस गरिएको थियो ।
Advertisement
राष्ट्रपति इब्राहिम रायसीले पेस गरेको नामावलीअनुसार १८ जना मन्त्रीको नाम संसदबाट पारित भएको हो ।
उहाँले १९ जनाको नामावली पेस गरेकोमा १८ जनाको मात्रै पारित भएको र एक जनाको भने पारित नभएको संसद सचिवालयले जनाएको छ । शिक्षामन्त्रीका लागि प्रस्तावित एक व्यक्तिका लागि भने आवश्यकतानुसारको समर्थन नपुगेको जानकारी दिइएको छ ।
उहाँले संसदमा गत शनिबार नामावली पेस गर्नुभएकोमा सबैका बारेमा सांसदले छलफल गरेर मङ्गलबार विश्वासको मत दिएको जनाइएको छ । मन्त्रीका लागि अनुमोदन भएकाको नामावली राष्ट्रपति कार्यालयको आधिकारिक वेबसाइटमा राखिएको छ । (रासस/सिन्ह्वा)