• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

“सहिद भीमदत्त पन्तका नारा संस्थागत भएनन्”


  •   आइतबार, साउन १७, २०७८ मा प्रकाशित
  • अमरगढी । “कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो” क्रान्तिकारी किसान नेता सहिद भीमदत्त पन्तले भूमिअधिकारका पक्षमा दिएका नारा हालसम्म स्थापित हुन सकेका छैनन् ।

    Advertisement

    नेता भीमदत्तलाई धेरैले आदर्शका रूपमा मान्ने गरे पनि उहाँले अँगाल्नुभएको नीति व्यवहारमा उतार्न नसकिँदा जोताहा कृषक हालसम्म जग्गाका मालिक बन्न सकेका छैनन् ।

    भीमदत्त स्मृति प्रतिष्ठानले ६८औँ स्मृतिदिवसका अवसरमा भीमदत्तलाई सहिद घोषणा गरेर मात्र उहाँको सम्मान भएको मान्न नसकिने जनाउँदै प्रतिष्ठानका उपाध्यक्ष उमेश भट्टले भन्नुभयो– ‘जोताहा कृषक जग्गाको मालिक बनेमा मात्रै उहाँप्रतिको सच्चा श्रद्धाञ्जलि हुने छ ।’

    नेता भीमदत्तका बारे नेकपा (एमाले) का नेता पद्मराज जोशीले उहाँले अँगाल्नुभएको नीति कार्यान्वयन भएमा जातीय विभेदको अन्त्य हुनाका साथै भूमिको न्यायोचित वितरण भई भूमिसम्बन्धी समस्या हल हुने बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘नेता भीमदत्तले समतामूलक समाजको परिकल्पना र भूमिको न्यायोचित रूपमा वितरण हुनुपर्नेमा केन्द्रित रहेर आन्दोलनलाई उत्कर्षमा पु¥याउनुभएको थियो, तर राजनीतिक दलले उहाँले देखाएका सपना साकार गर्नका लागि तत्परता नदेखाउँदा त्यो कार्य पूरा हुन नसकेको हो ।’

    क्रान्तिकारी नेताको स्मृतिदिवसलाई हरेक वर्ष सङ्घसंस्थाले मनाउँदै आए पनि भीमदत्तलाई आदर्श मान्ने राजनीतिक दलले उहाँलाई सम्झनसमेत नसक्नु दुःखद भएको प्रतिष्ठानका महासचिव यज्ञराज जोशीले बताउनुभयो ।

    भूमि अधिकारका क्षेत्रमा काम गर्दै आइरहेका भूमि संस्था राष्ट्रिय मुक्त हलिया समाज महासङ्घका केन्द्रीय सदस्य इन्दिरा ताम्राकारले भीमदत्तले समाजमा बसोबास गर्ने सबै समान हुन भन्ने सन्देश दिएर गएको बताउनुभयो ।

    भमिदत्तको सम्मानमा २०५२ सालमा धनगढीदेखि डडेल्धुरासम्मको सडकखण्ड भीमदत्त राजमार्ग र २०६६ सालमा तत्कालीन डडेल्धुराको खलङ्गामा भीमदत्त बहुमुखी क्याम्पसको नामसमेत राखिएको छ । यस्तै उहाँकै नामबाट कञ्चनपुरको महेन्द्रनगरलाई जनान्दोलनपश्चात भीमदत्त नगरपालिका बनाइएको छ । यी नामकरणबाहेकका अन्य कार्य भने अगाडि बढ्न सकेका छैनन् ।

    केही वर्षयतादेखि प्रतिष्ठानले नियमित रूपमा यस्ता कार्यक्रम गर्दै आएको छ । प्रतिष्ठानले लामो समयदेखि सहिद भीमदत्तको स्मृतिदिवस मनाउँदै आएको भए पनि २०७२ फागुन १९ गते मात्रै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले औपचारिक रूपमा सहिद घोषणा गर्नुभएको थियो ।

    नेपाली किसान आन्दोलनका महान् सहिद भीमदत्त डडेल्धुराको अमरगढी नपा–२ कारीगाउँमा १९८३ मङ्सिर १० गते जन्मिनुभएको हो ।

    भारतको उत्तर प्रदेश सिङ्हाईबाट संस्कृत विषयमा हाइस्कुलसम्मको अध्ययन गर्नुभएका भीमदत्तलाई गीता र मार्कसवादको राम्रो ज्ञान थियो । यसले नै उहाँमा राजनीतिक स्वभाव बढाएको बताइन्छ । सामन्ती संस्कार विरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने व्यक्ति पनि भीमदत्त नै हुनुहुन्थ्यो ।

    “ठालु खान्ना आलु, गरिब खान्ना बास्मती” भन्ने नाराका साथ “तमसुक च्यात, भकारी फोर” अभियान चलाउनुभएका भीमदत्तको साउन १७ गते ६८औँ स्मृतिदिवस हो । भीमदत्त नेपालको किसान आन्दोलनको गाथामा समेटिएको एउटा महत्त्वपूर्ण विद्रोही मानिन्छन् ।

    – करन ताम्राकार (रासस)

    आइतबार, साउन १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.