मेघराज रिष्मेली/टोकियो ।।
विगत आठ बर्षदेखि जापान नागोयाको आइचिकेन खासुगाई सिटीमा बस्दै आएका बागलुङ ग्वालीचौरका कुक भिसामा कार्यरत मधु आचार्यको निधन भएको छ ।
Advertisement
३७ वर्षीय आचार्य श्रीमतीसहित जापान बस्दै आइरहेका आचार्य गत सोमबार राती आफ्नै कोठामा चुकुल लगाएकै अवस्थामा भेटिएको हुँदा आत्महत्या गरेको प्रहरीको आशङ्का रहेको छ ।
मृतक आचार्यकी पाँच वर्षीया एक छोरी नेपालमै छिन् । आचार्यको पार्थिव शरीर अहिले नागोया खासुगाइस्थित प्रहरी चौकीमा राखिएको छ ।

