• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

नेपाली चाडपर्व र हिन्दु धर्म


  •   बिहिबार, असोज ३०, २०७६ मा प्रकाशित
  • दुर्गानाथ खरेल

    Advertisement

    नेपालीले धेरै चाडपर्व मनाउने गर्दछन् । नेपालीलाई गरिब बनाउने र गरिबीमा बाँच्न बाध्य बनाउने कारणमध्ये एउटा चाडपर्व धेरै मनाउने चलन पनि हो । चाडपर्व मनाउन दिइने सरकारी छुट्टीसमेत नेपालमा धेरै छन् । सबै चाडपर्व कुनै न कुनै रूपमा धर्मसँग सम्बन्धित छन् । सबै धर्मले अर्को जुनीको कल्पना गर्ने र अर्को जुनीमा सुविधासहित जीवन बिताउन अहिलेको जीवनमा धार्मिक सीमाभित्र रहने गर्दछन् ।

    धार्मिक अनुशासनले सम्पन्न वर्गीय स्वार्थलाई बाधा पर्न दिन्न । आफूले अघिल्लो जुनीमा नराम्रो काम गरेको हुनाले अहिलेको जुनीमा दुःख झेल्नुपरेको हो । मैले गरेर केही हुन्न । सबै बन्दोबस्त मिलाउने वा जीवन सुखी–दुखी बनाउने सबै जिम्मा ईश्वरको हो । ईश्वर अलौकिक शक्ति हो । यो जहाँसुकै पुग्छ र सबै कामको निरीक्षण गर्दछ—यस्तो किसिमको उल्टो र काल्पनिक चिन्तनका कारण दुःख सहन सक्ने क्षमता बढाउने काम गर्दछ । आफूले अन्यायको विरोध र न्यायको समर्थन गर्नुको कुनै अर्थ र महत्व छैन भन्नु धार्मिक सोचाइ हो । यसले बन्दुक र गोलीले गर्न नसक्ने काम गर्दछ र गरिरहेको पनि छ ।

    आफ्नाअगाडि प्रत्यक्ष शोषण भइरहेको हुन्छ तर शोषित वर्गले आफूले भर्खरै गर्नुपर्ने र गर्न सक्ने काम नगरेर अर्को जुनी पर्खन्छ । त्यसो गर्दा शोषण गर्न सजिलो भएको छ । राज्यसत्ता शोषणैशोषणले चुर्लुम्मै डुबेको छ । राज्यसत्ताका सञ्चालक सम्पन्न वर्गका प्रतिनिधिका लागि सजिलो भएको छ । शासकका लागि सुपोले निफन्नुपर्ने काम हावा आफैले गरिदिएजस्तै सन्चो र सुविधा भइरहेको छ । जनावर, खोला, ढुङुगा, रुखबिरुवा, बालीनाली जेलाई पूजा गरे पनि त्यो मान्यता ईश्वरीय अलौकिक शक्तिसँग सम्बन्धित भएर गरिएको पूजाअर्चना हुन्छ । त्यसले गर्दा प्रत्यक्षलाई वास्ता नगर्ने र अप्रत्यक्ष, काल्पनिक र अलौकिक शक्तिको मातहतमा रहने कामलाई प्राथमिकता दिएको काम हुन्छ । त्यो कामले आफूमाथिको अन्याय सहने र सम्पन्नतालाई वैधानिकता दिन सहयोग पुग्छ ।

    धार्मिक परम्पराका रूपमा प्राचीन कालदेखि चाडपर्व मनाइँदै आएका छन् । हाम्रो सांस्कृतिक स्तर पिछडिएको हुनाले त्यसको असर विकास, निर्माण र उत्पादनमा वैज्ञानिक तरिका लागु गर्नुमा परेको छ । मान्छेले कसरी उत्पादन बढाउने भन्ने चिन्तन गर्नुको सट्टा हाम्रा पुर्खाले के के गरेका थिए भन्नेतिर फर्काउन सहयोग मिलेको छ । असङ्ख्य देवीदेवता र पूजापाठले भरिएका चाडपर्वका कारण शासकहरू पनि आफू र आफ्नो देशका जनता गरिबीको रेखामुनि छौँ भनेर भाग्ने, अनि भ्रष्टाचार गर्ने संस्कृतिका धनी छन् ।

    हिन्दु पुरानो धर्म हो । ऋषिमुनि र शासकको आदर्शवादी दर्शनलाई आधार बनाएर सामाजिक गतिविधि अगाडि बढाउने गरेको हाम्रो इतिहास हो । उन्नाइस दिनसम्म जनताले सडकमा आन्दोलन गरेर फ्याँकिएको हिन्दु राजा फेरि पुनर्बहाली हुनुपर्छ भन्ने जनमत पनि कमी छैन । त्यसो हुनाको कारण हिन्दु धर्म मान्ने जनमत बढी भएर नै हो । हिन्दु धर्मकै कारणले जनतालाई तल्लो जात र उपल्लो जातमा वर्गीकरण गरेर तल्लो जातले छोएको पानी र अन्य खाद्यवस्तु उपल्लो जातले खान नहुनेगरी धेरै पुस्तासम्म शासन चलेको थियो । त्यही कारणले दुई÷चार पुस्तापछिका हाम्रा सन्तान आपसमा कुरा गरेर अनौठो मान्दै हास्ने छन् भन्ने कुरा हामीले सजिलै अनुमान लगाउन सक्छौँ । उनीहरूले हाम्रा जिजुबराजुले त बरु बिरालोले छोएको खाना हुने रे ! कुकुर, माखा, साङ्लाले छोएको खाना नहुने रे ! यस्तो कलङ्क हामीमाथि लाग्ने पक्कापक्की हुँदाहुँदै पनि अझै धर्म मान्नु हाम्रो पुस्ताकै नालायकीपन हो ।

    हिन्दु धर्मका देवता शिवजीले मान्छे जन्माउनलाई कुनै ईश्वरको आवश्यकता पर्दैन, मान्छे जन्माउने त लिङ्ग र योगीको घर्षणले हो भन्ने गर्दथे । कालान्तरमा हिन्दु धर्मावलम्बीहरूले आफ्नो लोग्नेको लिङ्ग र श्रीमतीको योनी सफा, स्वस्थ राख्नुको सट्टा उनै देवता शिवको लिङ्ग र उनकी श्रीमती पार्वतीको योनीलाई पूजा गर्न ध्यान दिएका कारणबाट पनि थाहा हुन्छ कि हामी नेपाली कति पिछडिएको संस्कृतिमा अल्झिएका छौँ ? हाम्रो समाजमा यस्ता धेरै पिछडिएको संस्कृतिले हाम्रो विकास निर्माण र उन्नति, प्रगतिमा बाधा पु-याइरहेका छन् । यी र यस्ता पिछडिएका संस्कृतिबाट मुक्त नभएसम्म यिनीहरूले हाम्रो विकासमा बाधा पु-याइरहने छन् ।

    हामीहरूमा चाडपर्व मनाउने क्रममा लुतो फाल्ने तरिका, हरेलो गर्ने तरिका, नागपूजा, कुकुर, गाई आदि जन्तुजनावरलाई पूजा गरेर मात्रै हाम्रा समस्या समाधान हुन सक्दैनन् । वैज्ञानिक तथ्यका आधारमा पशुपालन, रोगव्याधीको उपचार र बालीविरुवाको संरक्षण गर्न छिटो सिक्ने र व्यवहारमा लागु गर्नपट्टि ध्यान नदिने हो भने हामी गरिबीलाई परास्त गर्न सक्ने छैनौँ । राज्यसत्तामा आमूल परिवर्तन गरेर सर्वसाधारण जनताको पहुँच पुग्ने बनाउने र धर्ममा आधारित चाडपर्व मनाएर समय बिना उपलब्धि खर्च गर्ने होइन, दुवै काम हाम्रो विकास र उन्नतिका लागि गर्नैपर्ने काम हुन् । यी काम पूरा नगरेसम्म हाम्रो विकास र उन्नति, प्रगतिले गति लिन सक्ने छैन र हाम्रा पिछडिएको अवस्था कायमै रहने छ ।

    हिन्दु धर्मले अलौकिक शक्तिलाई मान्दछ र पदार्थलाई भन्दा चेतनालाई प्रमुख मान्दछ । यसको प्रत्यक्ष असर हाम्रो ज्ञान र ज्ञान प्राप्त गर्ने तरिकामा पर्दछ । चेतनालाई प्रथम मानेर पदार्थलाई त्यसको मातहतमा राख्नेबित्तिकै ज्ञानको पुष्टि गर्ने ठाउँ रहन्न । हाम्रो ज्ञान सही छ अथवा गलत छ ? आफैले जाँचेर पुष्टि गर्न अति आवश्यक हुन्छ तर अलौकिक शक्तिको प्रधानता र चेतनालाई मुख्य बनाउनाले ज्ञान सही र गलत भएको पुष्टि गर्ने ठाउँ रहन्न । आफैले नजाँचिकन, पुष्टि नगरिकन मान्नुपर्ने हुनाले विकास रोकिन्छ । त्यसलाई सुल्टो पार्न प्रकृतिलाई प्रथम र चेतनालाई द्वितीय मानेर अध्ययन–अनुसन्धानद्वारा प्रमाणित गर्ने बाटो खुला बनाउनुपर्दछ ।

    त्यो काममा अवरोध खडा गर्ने हिन्दु धर्म हो । यो धर्मले सम्पन्न वर्गलाई शासन गर्न सजिलो पार्नेमात्र होइन, देशको उन्नति, प्रगतिमा समेत अवरोध खडा गर्दछ । त्यसकारण धर्मको विश्वास समाप्त पारेर श्रम र श्रमजीवी वर्ग तथा सर्वसाधारण जनताको समस्या समाधानमा योगदान थप्ने काम गर्नुपर्छ । जनताको आन्दोलनको बलमा देश धर्म निरपेक्ष बनाइएको भए पनि शासक वर्ग धर्मका अनुयायी छन् ।

    त्यस्तो हुन नदिन जनता सचेत हुन जरुरी छ । एउटा धर्ममा आशक्त व्यक्ति राज्यसत्तामा बहाल रहँदा अरू धर्मालम्बीलाई पाखा लगाएजस्तो हुनु स्वाभाविक हो । शासकले राज्यशक्तिको दुरूपयोग गरेर धर्म मान्न पाउनुहुन्न । सर्वसाधारण जनताले आफ्नो आस्था र विश्वासको आधारमा आफ्नो व्यक्तिगत धन खर्च गरेर धर्म मान्ने तर शासकले जनताको सम्पत्ति खर्च गरेर आफ्नो व्यक्तिगत आस्था बढाउने—यो सरासर गलत हो । धर्म नमान्दाबित्तिकै मुक्त भइने भने होइन । मुक्तिका लागि श्रमजीवी वर्गको प्रतिनिधि संस्था कम्युनिस्ट पार्टी खोज्ने, वर्गीय अनुशासनसहित सङ्गठित भएर आफूले आफैजस्ता हजारौँहजार श्रमजीवी वर्गको मुक्तिका लागि आफ्नो योगदान थप्ने काम गर्नुपर्छ ।

    बिना उद्देश्य स्वतःस्र्फूत रूपमा काम गर्दा शोषक–शासकवर्गलाई सजिलो हुने र उनीहरुको सत्ता सञ्चालनमा सहयोग पुग्ने भएकाले आफू सचेत, सङ्गठित र अनुशासित हुनु आवश्यक हुन्छ । मानव समाज प्रकृतिको सबैभन्दा उच्च तहको समाज हो । हाम्रो अघिल्लो वा पछिल्लो जुनी हुन्न । जन्मेपछि जीवन सुरु हुन्छ र मरेपछि समाप्त हुन्छ । त्यसकारण आफ्नो जीवनलाई उपलब्धिमूलक बनाउन निश्चित उद्देश्यसहित काममा खट्नुपर्छ । नजानेको काम सिक्नुपर्छ र जानेको काम व्यवहारमा प्रयोग गर्नुपर्छ ।

    समय परिवर्तनशील छ । कुनै पनि समयमा समाजमा धर्मले सकारात्मक प्रभाव पारेको र समाजलाई अनुशासित हुन सहयोग गरेको भए पनि आजको वैज्ञानिक जमानामा शोषण गर्न सहयोग गर्ने कवचबाहेक उपलब्धि केही छैन । धर्मले देशको उन्नति, प्रगति र श्रमजीवी जनताले मुक्तिको बाटोमा अवरोध खडा गरेको छ । एकातिर, जनताको मिहिनेत, पसिनाबाट आर्जन भएको हजारौँलाखौँ रुपियाँ खर्च भइरहेको छ । उपलब्धि जनतालाई होइन, शासक वर्गलाई भइरहेको छ । अर्कातिर, जनताको सृजनशील क्षमता, योग्यतामा बिर्को लगाएको छ । जनताको उन्नति, प्रगतिमा प्रतिबन्ध लगाउने काम गरेको छ । नेपालीहरूको सबैभन्दा ठुलो चाड विजयादशमी हो ।

    असत्यमाथि सत्यको विजय भएको दिन भनेर मनाइने यो चाडमा दायाँतिर पाँचवटा र बायाँतिर पाँचवटा हात भएको ठुलो मुर्ति बनाएर बाघमाथि चढेर अरू मान्छे, जसलाई राक्षस नामाकरण गरेर मारेको र मार्न लागेका मुर्ति प्रदर्शन गर्ने गरिन्छ । दुर्गामाताले दुःख दिनेको हत्या गरेको मुर्तिले देखाउँछ । यो वास्तवमा गलत छ । पहिलो कुरा त, महिलाका १० वटा हात हुने पुरै काल्पनिक अनुमान हो ।बाघले महिलालाई बोकेर हिँड्दैन । ऊ हिंस्रक जनावर हो । अर्को कुरा, जसलाई हत्या गरेको देखाइएको छ, उनीहरू पनि मान्छे नै हुन् र ती देवीका विरोधी भए पनि सर्वसाधारण जनताका विरोधी होइनन् । मुख्य कुरा, यसबाट जनतालाई सही ज्ञान प्राप्त हुन सक्दैन ।

    आफूले र आफ्नो प्रयत्नले तथा सङ्गठित शक्तिले विजय प्राप्त हुन्छ भन्नेभन्दा पनि अलौकिक शक्तिको प्रयोगले मात्र मुक्ति हुन सक्छ भन्ने गलत कुराले जनताको सृजनशील क्षमता विकास गर्न रोक लगाउँछ । शक्ति सङ्गठनमा र सङ्गठन वर्गीय चेतना तथा वर्गीय मुक्तिको उद्देश्यसहित हुनुपर्छ भन्ने कुराको सङ्केत गर्दैन । त्यसको ठिक विपरीत आफूले केही गर्नुनपर्ने, केही गर्न नसक्ने, केवल शक्तिशाली व्यक्तिले मात्र मुक्त गर्न सक्दछ भन्ने गलत चेतना भर्ने काम गर्दछ ।

    यस्ता गलत कुराको प्रचार प्रसारबाट जनतालाई हानी नोक्सानीबाहेक उपलब्धि केही हुन्न । त्यसकारण यस्ता चाडपर्वको ठाउँमा जनताको शक्ति महान् शक्ति हो† जनता आपसमा सचेत, सङ्गठित र आन्दोलित भएमा जस्तोसुकै शक्ति पनि टिक्न सक्दैन भन्ने र सर्वशक्तिसम्पन्न राजतन्त्रसमेत जनताको आन्दोलनले पाखा लगायो । अहिलेको दुईतिहाइभन्दा बढी बहुमतको सरकारलाई पनि जनताको चाहना विपरीत गएको खण्डमा अवश्य ठेगान लगाउन सक्छन् भनेर उत्साह जगाउने संस्कृतिको विकास गर्न सक्ने चाडपर्व मनाउनु राम्रो हुन्छ ।

    चाडपर्व मनाउनुपर्छ । जनताको उत्साह र उमङ्गको प्रतीकका रूपमा चाडपर्व बनाउने चलन राम्रो हो । मानव आवश्यकताका वस्तु उत्पादनमा उत्साह जगाउने, गुणस्तरीय उत्पादन गर्न प्रेरणा दिने, सामूहिक प्रयत्नलाई कायम राख्न सजिलो बनाउने, शोषण, अन्याय र अत्याचार उन्मूलनका लागि सहयोग पु¥याउने, योग्यता विकास गर्न र आफ्नो योग्यता प्रकृतिका विरुद्ध र श्रमजीवी मानवको हितमा लगाउन उत्साह जगाउने किसिमका चाडपर्व छनौट गर्ने र मनाउने संस्कृतिको विकास नगर्दासम्म उपलब्धिमूलक चाडपर्व मनाएको फाइदा लिन सकिन्न । शहरबजारका गल्लीमा बोर्ड बनाएर ‘सक्नुहुन्छ सफा गर्नुहोस्, सक्नुहुन्न भने फोहोर नथप्नुहोस्’ भनेर लेखिएको हुन्छ ।

    स्तै गरेर सके मानव मुक्तिमा योगदान थप्न सक्ने, नसके शोषणको जालो बढाउने काम नगर्नेगरी चाडपर्व मनाउनु आजको आवश्यकता हो । खास गरेर सामन्ती युगमा धर्मको विकास र धर्ममा तल्लीन बनाउने र धर्मको आधारमा शासन चलाउने गरिएको थियो । त्यो युग समाप्त भयो । धर्मले शासकलाई सहयोग पु¥याए पनि जनतालाई सहयोग पु¥याउन्न । नोक्सान पु¥याउँछ । त्यसकारण धर्मको विरोध शासकको हैसियतमा नभए पनि जनताको हैसियतमा गर्नैपर्छ । इतिहासका निर्माता जनता हुन् । जनतालाई झुक्याएर र भुलभुलैयामा पारेर शासन गर्ने शासक स्थायी हुन सक्दैन । जनताले जतिखेर बुझ्छन्, उतिखेर उसको जरोसमेत उखेल्ने काम गर्दछन् । परम्परागत उखान छ– ‘झुटाको आयु साँचो नआउँदासम्म रहन्छ’ र ‘शीतको आयु घाम नआउँदासम्म रहन्छ ।’

    त्यसैगरेर जनताले जब वास्तविकता बुझ्ने छन्, तब शासकको भुलभुलैया समाप्त हुने छ । आफूलाई शासकको रूपमा विचार गर्दा राजाले सधैँ राजा रहने अनुमानसहित शासन गर्दथ्यो । धर्मका उपासकले पनि धर्म सधैँ रहने चिन्तन बनाएर धर्म मान्ने गर्दछन् । न त राजा रहे, न त धर्म नै चीरकालसम्म रहने छ । धर्मको जरो उखेलिँदै गर्दा शासकको कालो इतिहाससमेत अङ्कित हुने छ । धर्मको अवसानसँगै कालो इतिहासमा आफ्नो नामा दर्ता नगराउनु छ भने शासक अहिलेदेखि नै सचेत भएर जनताको पङ्क्तिमा सामेल हुनुपर्छ । समय बित्दै जाँदा उनीहरूको नकाव उतारिँदै जाने छ र आज गरेको अवसरवादी राजनीतिसहित आफै सति जान नपरोस् भनेर सतर्क भए उत्तम हुने थियो ।

    जनतामा धर्म विरोधी भावना कायम राख्ने मुख्य शक्ति राज्यसत्ता हो । राज्यसत्ता ठुलो सङ्गठित शक्ति हो । त्यहाँ सम्पूर्ण जनसङ्ख्याको एक प्रतिशत व्यक्तिमात्र सहभागी भए पनि जनताले राज्यसत्ताको सिद्धान्त, राजनीति र सङ्गठनलाई आफ्नो सिद्धान्त, राजनीति र सङ्गठन मान्ने हुनाले त्योभन्दा ठुलो सङ्गठित शक्ति बनाउन सजिलो हुन्न । राज्यसत्ता सञ्चालनमा धर्मको आड लिएर सम्पन्नवर्गीय स्वार्थ रक्षा गर्ने काम गरिन्छ । धेरै जनताले धर्म मान्ने हुनाले शासकले धर्मको सहारा लिनुपरेको हो । त्यसकारण माक्र्सले धर्मलाई जनताको अफिम हो भन्नुपरेको हो । धर्म सामाजिक समस्या हो । राज्यसत्ता सञ्चालन गर्दा धर्मको विरोधको तरिकाले नभएर समर्थन र सहयोगको तरिकाले शासकहरू समाजमा प्रस्तुत हुन्छन् ।

    त्यही कारणले कम्युनिस्ट पार्टीको दुईतिहाइ मत जितेको राज्यसत्ताको राष्ट्रपतिले जनतालाई घुँडा टेकाएर टिका लगाइदिने गरेकी हुन् । आन्दोलनको बलमा संविधानमा धर्म निरपेक्षताको व्यवस्था गरेको भए पनि त्यसले समेत सम्पन्न वर्गको स्वार्थमा बाधा पुग्ने मानेर हिन्दू धर्मका राजा बहाल गर्ने अभियान चलिरहेको छ । जनतालाई धर्मबाट अलग गर्न र धर्मको विरोध गर्ने बनाउन नसके पनि कम्युनिस्ट पार्टीका सदस्यहरू धर्मको विरोधीको रूपमा समाजमा स्थापित गराउन सक्ने हो भने ठुलो उपलब्धि भएको मान्नुपर्ने थियो । वर्तमान सत्तासिन पार्टी कम्युनिस्ट पार्टी नभएको र उसका कार्यकर्ता पनि धर्मको विरोधी नभएको हुनाले यो दुर्दशा र तमाशा भएको हो । धर्म मान्ने कम्युनिस्ट पार्टीको सदस्य कम्युनिस्ट हुन्न ।

    गैरकम्युनिस्ट व्यक्तिलाई कम्युनिस्ट पार्टीको नेता बनाउँदा त्यस्तै हुन्छ । वर्गीय चिन्तन र वर्गीय भौतिक आधार नभइकन जस्तोसुकैलाई कम्युनिस्ट पार्टीको सदस्य र कम्युनिस्ट पार्टीको नेता बनाएर त्यो कम्युनिस्ट पार्टीको सदस्य हुन सक्दैन । त्यो पार्टीले राज्यसत्तामा आमूल परिवर्तन गर्न पनि सक्दैन र सत्तासिन भएर सामूहिक अर्थतन्त्रको विकास पनि गर्दैन । समग्रमा त्यो कम्युनिस्ट पार्टी हुन्न । कम्युनिस्ट पार्टीले धर्म मान्दैन । धर्ममा आधारित चाडपर्व मनाउन्न । त्यति मात्रै होइन, एउटा कम्युनिस्ट पार्टीको सदस्यले जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउने काम चटक्कै छाडेर जनतालाई सचेत र सङ्गठित बनाउने काममा आफ्नो सम्पूर्ण क्षमताको उपयोग गर्छ ।

    बिहिबार, असोज ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.