काठमाडौं । सरकारले लामो दूरीको सवारी साधन भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
Advertisement
यसअघि भदौ १५ सम्म लामो दूरीको यातायात बन्द गर्ने निर्णय गरिएको थियो । सरकारले थप १५ दिन लामो दूरीका सवारी साधन नचलाउने निर्णय गरेको हो ।
उपत्यका लगायत देशैभरी कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा यही भदौ १७ सम्म निषेधाज्ञा कायम छ भने कतिपय जिल्ला तथा स्थानीय तहमा समेत निषेधाज्ञा कायम छ ।
यस्तै सरकारले हङकङ र ल्हासाको महावाणिज्यदूतमा क्रमशस् उदयबहादुर राना र नवराज ढकाललाई नियुक्ति गर्ने निर्णय गरेको छ।