• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, मङि्सर ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रधानमन्त्री शाह नयाँदिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण र नेपालको राष्ट्रिय हितको सवाल

राष्ट्रिय जनमोर्चा दाङले सञ्चालन गर्ने भयो ‘सापुरापु’ अभियान

करिब पाँच क्विन्टल गाँजासहित साह प्रहरी नियन्त्रण

इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु, ३६ जना बेपत्ता

मूल प्रवाहका पूर्वी भारत क्षेत्रीय सल्लाहकार सुबान सिंह माझीको निधन

परिवार

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता

लोकप्रिय समाचार

  • १. राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

  • २. युवाहरूको आक्रोशलाई एउटा षड्यन्त्रको हतियारका रूपमा प्रयोग गरियो

  • ३. ‘निर्धारित समयमै चुनाव हुनुपर्दछ’ मसाल भन्छ– ‘रास्वपा र राप्रपासित तालमेल हुँदैन’

  • ४. न्यायाधीशका पीएसओको गोली लागेर निधन

  • ५. दोस्रो पटक बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटोसहित)

  • ६. अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एक वर्षयताकै कम

  • ७. भारतस्थित नेपालीहरूका हकहित र अधिकारका लागि मूल प्रवाहले अभिभावकीय भूमिका खेल्दै आएको छ : प्रेम पौडेल

  • ८. प्रगतिशील देउसीभैलोलाई सहयोग गर्ने सबैलाई रक्तिमको धन्यवाद

  • ९. राजमो कावा अध्यक्ष नेपाली उपचारपछि डिस्चार्ज

  • १०. टोपबहादुर एमाले भेलामा

राष्ट्रिय जनमोर्चा दाङले सञ्चालन गर्ने भयो ‘सापुरापु’ अभियान

"मंसिर १५ देखि पुस मसान्तसम्म संगठनात्मक पुनर्गठन तथा राजनीतिक पुनर्ताजगी अभियान सञ्चालन गर्ने निर्णय "

  •   आइतबार, मङि्सर ०६, २०८३ मा प्रकाशित
  • घोराही। राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीले आगामी मंसिर १५ गतेदेखि पुस मसान्तसम्म पहिलो चरणको संगठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

    Advertisement

    जिल्ला समिति अध्यक्ष गणेशप्रसाद आचार्यको अध्यक्षतामा २०८३ मंसिर ५ गते घोराहीमा सम्पन्न बैठकले राजनीतिक अन्योलता र भ्रमका विरुद्ध विचार, सुशासन र रूपान्तरणका लागि ‘संगठनात्मक पुनर्गठन तथा राजनीतिक पुनर्ताजगी’ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। उक्त अभियानलाई छोटकरीमा ‘सापुरापु’ अभियान नाम दिइएको छ।

    अभियानअन्तर्गत राष्ट्रिय जनमोर्चाको साधारण सदस्यता वितरण तथा नवीकरण, स्थानीय संगठन गठन तथा पुनर्गठन, प्रशिक्षण, छलफल र अन्तरक्रियालगायतका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। आवश्यक ठानेमा स्थानीय तहले जिल्ला समितिको समन्वयमा पालिका सम्मेलनसमेत गर्न सक्ने बैठकले निर्णय गरेको छ।

    यसैगरी, बैठकले जिल्लाभित्रका विभिन्न सार्वजनिक सरोकारका विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ। विशेषगरी घोराही–तुलसीपुर चारलेन सडक निर्माणमा भइरहेको ढिलासुस्ती, घोराही–मुरकट्टी सडकखण्डको दुरवस्था तथा उक्त क्षेत्रका नागरिकले न्यूनतम मानव अधिकारसमेत उपभोग गर्न नपाएको अवस्थाप्रति बैठकले चिन्ता व्यक्त गरेको छ। सडकको दुरवस्थाका कारण यात्रु तथा पैदलयात्रीले भोग्नुपरेको समस्यालाई तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ।

    त्यस्तै, एमसीसीको लगानीमा निर्माण भइरहेको धानखोला–लमही सडकखण्डअन्तर्गत भालुवाङ–लमही क्षेत्रमा दुई लेन मात्र निर्माण गर्ने विषयले चारलेन सडक बनाउनुपर्ने आवश्यकतामा अवरोध सिर्जना गरेको विषय पनि बैठकमा उठाइएको छ। घना बस्ती र प्रदेश राजधानीसमेत रहेको उक्त क्षेत्रमा चारलेन सडक निर्माण हुनुपर्ने आवश्यकताप्रति बैठकले ध्यानाकर्षण गराएको छ।

    बैठकले हुलाकी राजमार्ग निर्माण कार्यमा भइरहेको ढिलासुस्ती तथा स्वास्थ्य बिमा गरेका बिरामीले उपचारका क्रममा अस्पतालहरूबाट भोग्नुपरेको झन्झटिलो प्रक्रियाप्रति समेत असन्तुष्टि जनाएको छ।

    बैठकले उल्लिखित सबै समस्याको तत्काल सुधार तथा समाधानका लागि सरकार र सम्बन्धित सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीले जनाएको छ।

    आइतबार, मङि्सर ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्री शाह नयाँदिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
    करिब पाँच क्विन्टल गाँजासहित साह प्रहरी नियन्त्रण
    इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु, ३६ जना बेपत्ता
    मूल प्रवाहका पूर्वी भारत क्षेत्रीय सल्लाहकार सुबान सिंह माझीको निधन
    नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो
    अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

    • २.
      युवाहरूको आक्रोशलाई एउटा षड्यन्त्रको हतियारका रूपमा प्रयोग गरियो

    • ३.
      ‘निर्धारित समयमै चुनाव हुनुपर्दछ’ मसाल भन्छ– ‘रास्वपा र राप्रपासित तालमेल हुँदैन’

    • ४.
      न्यायाधीशका पीएसओको गोली लागेर निधन

    • ५.
      दोस्रो पटक बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटोसहित)

    • ६.
      अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एक वर्षयताकै कम

    भर्खरै

    • १.
      प्रधानमन्त्री शाह नयाँदिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत

    • २.
      प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण र नेपालको राष्ट्रिय हितको सवाल

    • ३.
      राष्ट्रिय जनमोर्चा दाङले सञ्चालन गर्ने भयो ‘सापुरापु’ अभियान

    • ४.
      करिब पाँच क्विन्टल गाँजासहित साह प्रहरी नियन्त्रण

    • ५.
      इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु, ३६ जना बेपत्ता

    • ६.
      मूल प्रवाहका पूर्वी भारत क्षेत्रीय सल्लाहकार सुबान सिंह माझीको निधन

    • ७.
      परिवार

    • ८.
      नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.