काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको दुइदिने भारत भ्रमण आजदेखि सुरु हुन थालेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह २०८३ मङ्सिर ६ गते नयाँदिल्ली जान थालेका हुन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले मङ्सिर ७ गते सोमबार भारतका राष्ट्रपति द्रौपदी मुर्मू र भारतीय समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । त्यससँगै भारतीय प्रधानमन्त्री मोदीसँग आधा घण्टाजति वान टू वान वार्ता गर्ने कार्यतालिका रहेको छ ।
प्रधानमन्त्री शाहले सोमबार बिहान नयाँदिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्नेछन् । आज मङ्सिर ६ गते साँझ प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा सुब्रमण्यम जयशङ्करसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नेछन् ।
प्रधानमन्त्री शाहको टोलीमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी, व्ययवसायी र पत्रकारसहित ३४ जना रहेका छन् भने उद्योगी–व्यापारीको ५२ सदस्यीय टोली आफ्नै खर्चमा भारत जाँदैछ ।
प्रधानमन्त्री भ्रमण सम्पन्न गरी भोलि सोमबार साँझ १८:३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ ।
भ्रमणका क्रममा दुई देशबिच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियाजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री शाहको भ्रमणका क्रममा दुवै देशका नेतृत्वबिच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ ।
त्यस्तै सहकार्यका क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, बिपद् व्यवस्थापन, मानव संसाधन विकासजस्ता विषय समेटिएका विभिन्न समझदारीपत्र (एमओयू) पनि आदानप्रदान गरिनेछन् ।
भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रम आयोजना हुनेछ ।
नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गरिने र व्यवसायी समुदायका चासो तथा सरोकार सुन्ने तथा नेपाल सरकारका तर्फबाट भारतबाट थप लगानी आकर्षित गर्न अवलम्बन गरिएका नीतिगत दृष्टिकोण तथा प्रयास प्रस्तुत गरिने बताइएको छ ।