• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, मङि्सर ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रधानमन्त्री शाह नयाँदिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण र नेपालको राष्ट्रिय हितको सवाल

राष्ट्रिय जनमोर्चा दाङले सञ्चालन गर्ने भयो ‘सापुरापु’ अभियान

करिब पाँच क्विन्टल गाँजासहित साह प्रहरी नियन्त्रण

इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु, ३६ जना बेपत्ता

मूल प्रवाहका पूर्वी भारत क्षेत्रीय सल्लाहकार सुबान सिंह माझीको निधन

परिवार

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता

लोकप्रिय समाचार

  • १. राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

  • २. युवाहरूको आक्रोशलाई एउटा षड्यन्त्रको हतियारका रूपमा प्रयोग गरियो

  • ३. ‘निर्धारित समयमै चुनाव हुनुपर्दछ’ मसाल भन्छ– ‘रास्वपा र राप्रपासित तालमेल हुँदैन’

  • ४. न्यायाधीशका पीएसओको गोली लागेर निधन

  • ५. दोस्रो पटक बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटोसहित)

  • ६. अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एक वर्षयताकै कम

  • ७. भारतस्थित नेपालीहरूका हकहित र अधिकारका लागि मूल प्रवाहले अभिभावकीय भूमिका खेल्दै आएको छ : प्रेम पौडेल

  • ८. प्रगतिशील देउसीभैलोलाई सहयोग गर्ने सबैलाई रक्तिमको धन्यवाद

  • ९. राजमो कावा अध्यक्ष नेपाली उपचारपछि डिस्चार्ज

  • १०. टोपबहादुर एमाले भेलामा

२६ वर्षपछि अमेरिकामा देखियो दादुरा


  •   बुधबार, मङि्सर ०२, २०८३ मा प्रकाशित
  • वासिङटन । अमेरिकामा २६ वर्षपछि फेरि दादुरा सङ्क्रमण देखिएको छ । अघिल्लो वर्षको सुरुआतयता दादुराको सङ्क्रमण झन्डै ८ हजार जना व्यक्तिमा देखिएको छ भने १३ जनाको मृत्यु रेकर्ड गरिएको छ ।

    Advertisement

    कोभिड महामारीको समयमा खोपप्रति न्यून विश्वसनीयता देखिएयता बालबालिकाले खोप लिने क्रम नाटकीय रूपमा घट्नुलाई यसको प्रमुख कारण मानिएको छ । स्वास्थ्यमन्त्री रोबर्ट केनेडी जुनिअर पनि खोपप्रति शङ्कालु दृष्टिकोण राख्नेमध्ये एक मानिन्छन् ।

    पान अमेरिकन हेल्थ अर्गनाइजेशन (पिएएचओ) ले मेक्सिको र बोलिभियालाई पनि दादुरामुक्त हैसियतबाट हटाएको छ । संयुक्त राष्ट्र सङ्घको एउटा विशिष्टीकृत निकाय पिएएचओले १२ महिनाभन्दा बढीसमयसम्म एउटा प्रकारको दादुराको सङ्क्रमण अमेरिकामा अविराम ढङ्गले फैलिरहेको निष्कर्ष निकालेको हो ।

    पिएएचओका निर्देशक जार्बास बार्बोजाले खोप अभियानमा देखिएका खाडलका कारण पुन: देखिएका सङ्क्रमणले गर्दा मेक्सिको र बोलिभियाले पनि दादुरा उन्मूलन गरेका राष्ट्रको हैसियत गुमाएको बताए ।

    यता, अमेरिकाका स्वास्थ्यमन्त्री रोबर्ट एफ केन्नेडी जुनिअरले देशको खोपसम्बन्धी नीति र सुझावमा व्यापक परिवर्तन ल्याउने प्रयास गरेको मानिन्छ ।

    खोपलाई शङ्कालु नजरले हेर्ने उनले हालैका वर्षमा अमेरिकामा खोप लगाउने प्रतिशत घटिरहँदा एमएमआर खोपको सुरक्षालाई लिएर पनि बारम्बार प्रश्न उठाउने गर्थे ।

    केनेडीले आफूले जिम्मेवारी सम्हाल्नुअघिबाट नै दादुराका सङ्क्रमणका घटना बढेको भन्दै छिमेकी देशमा पनि बढी सङ्क्रमण देखिएको तर्क गरे ।

    मङ्गलवारको घोषणापछि सेन्टर फर डिजिज कन्ट्रोल र उसका साझेदारले दादुरा सङ्क्रमण रोक्न, अमेरिकीको सुरक्षा गर्न र दादुरा उन्मूलन हैसियत प्राप्त गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

    अमेरिकामा एमएमआर खोप लगाउने दर ९२.४ प्रतिशतमा झरेको छ जुन हर्ड इम्युनिटी भनिने सामूहिक रूपमा प्रतिरोधी क्षमता कायम राख्ने ९५ प्रतिशत भन्दा कम हो ।

    बुधबार, मङि्सर ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु, ३६ जना बेपत्ता
    नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो
    अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
    भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट निधन हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत
    प्रसौनी शिविरबाट ३४६ जना लाभान्वित
    भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको निधन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

    • २.
      युवाहरूको आक्रोशलाई एउटा षड्यन्त्रको हतियारका रूपमा प्रयोग गरियो

    • ३.
      ‘निर्धारित समयमै चुनाव हुनुपर्दछ’ मसाल भन्छ– ‘रास्वपा र राप्रपासित तालमेल हुँदैन’

    • ४.
      न्यायाधीशका पीएसओको गोली लागेर निधन

    • ५.
      दोस्रो पटक बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटोसहित)

    • ६.
      अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एक वर्षयताकै कम

    भर्खरै

    • १.
      प्रधानमन्त्री शाह नयाँदिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत

    • २.
      प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण र नेपालको राष्ट्रिय हितको सवाल

    • ३.
      राष्ट्रिय जनमोर्चा दाङले सञ्चालन गर्ने भयो ‘सापुरापु’ अभियान

    • ४.
      करिब पाँच क्विन्टल गाँजासहित साह प्रहरी नियन्त्रण

    • ५.
      इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु, ३६ जना बेपत्ता

    • ६.
      मूल प्रवाहका पूर्वी भारत क्षेत्रीय सल्लाहकार सुबान सिंह माझीको निधन

    • ७.
      परिवार

    • ८.
      नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.