काठमाडौँ । एसियन बडीबिल्डिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सहभागी हुने भएका छन् ।
थाइल्यान्डको पटायामा आयोजना हुने आइएफबिबी (अन्तर्राष्ट्रिय शारीरिक सुगठन तथा फिट्नेस महासङ्घ) ले बिहीबार त्यसतर्फ जानलागेका खेलाडीलाई बिदाई गरेको हो ।
यही कात्तिक २७ देखि ३० गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले सफलताको शुभकामना दिर्दै बिदाइ गरे ।
नेपालको तर्फबाट दुई खेलाडीले भाग लिँदैछन् । अनिश थापा र असिमबाबु गुरुङले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
टोलीको प्रशिक्षकमा रामबहादुर दाहाल छन् । बडीबिल्डिङ महासङ्घका महासचिव तथा अन्तर्राष्ट्रिय निर्णायक अजयकुमार बज्राचार्य पनि सो प्रतियोगितामा सहभागी हुनेछन् ।
बिदाई कार्यक्रममा महासङ्घका पूर्व अध्यक्ष शिवलाल श्रेष्ठ, बोर्ड सदस्य नरेश मल्ल, आइएफबिबी अन्तर्राष्ट्रिय निर्णायक केशव नागा, अन्तर्राष्ट्रिय खेलाडी अवतार श्रेष्ठ, राष्ट्रिय खेलाडी सुरेन्द्र लामा र रमेश खुम्बु तथा राष्ट्रिय निर्णायक दिपेश पाठक र शम्भु अधिकारीलगायतको उपस्थिति थियो ।