क्राको । पोल्याण्डको क्राको सहरस्थित व्यस्त मेन स्क्वायरमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा छ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
Advertisement
प्रहरीका अनुसार, २५ वर्षीय आक्रमणकारी अति–दक्षिणपन्थी तथा अति–राष्ट्रवादी विचारधाराबाट प्रभावित थिए। घटनालाई रक्षामन्त्रीले आतङ्कवादी कार्यको संज्ञा दिएका छन्। प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारी घाइते भएका छन्।
प्रधानमन्त्री डोनाल्ड टस्कका अनुसार आक्रमणकारीको घरबाट उनका तीन जना नजिकका नातेदारको शवसमेत फेला परेको छ। घटनामा चार महिला र दुई पुरुषको मृत्यु भएको हो। घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर रहेको छ।
प्रहरीले आक्रमणकारी एक्लैले घटना गराएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाएको छ। घटनापछि क्राकोमा शोक घोषणा गरिएको छ भने राजधानी वार्सासहित विभिन्न सहरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।





