काठमाडौं । दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा एक व्यक्तिले घरमै पुगेर हँसिया प्रहार गर्दा एकै परिवारका पाँच जना घाइते भएका छन्।
Advertisement
आइतबार बिहान करिब ५ बजे स्थानीय ३६ वर्षीय बमबहादुर रावतले चन्द्रबहादुर पुन मगरको घरमा पुगेर हँसिया प्रहार गरेका थिए। घटनामा परिवारका पाँच जना घाइते भएका छन्। घाइतेमध्ये बीमा मगरको टाउको र अनुहारमा गम्भीर चोट लागेको छ। उनलाई थप उपचारका लागि जिल्ला अस्पताल दैलेख पठाइएको छ भने अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
प्रहरीले घटनामा संलग्न रावतलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।





