खिमराज चालिसे, चन्डिगढ ।
चन्डिगढमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नगर समितिले प्रगतिशील देउसीभैलो कार्यक्रम उद्घाटन भएको छ ।
नोभेम्बर ८, २०२६ का दिन दुई टिमको अलगअलग भैलो उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
जनताको घरदैलोमा पुगी चार दिनसम्म खेलिने देउसीभैलोको टिम बीको उद्घाटन केन्द्रीय सचिवालय सदस्य दिनेश खड्काले ब्यानर खोलेर गर्नुभएको थियो ।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य एवम् सञ्चारकर्मी खिमराज चालिसे, सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य एवम् सांस्कृतिक विभागका केन्द्रीय सदस्य बिनु नेपाली, क्षेत्रीय संयोजक जुना भण्डारी चालिसेलगायतको आतिथ्य रहेको थियो ।
प्रेम गुरुङको अध्यक्षता तथा तेजबहादुर रोकाको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रमलाई स्वागत लक्ष्मी अधिकारीले गर्नुभएको थियोे ।
त्यसैगरी टिम एको उद्घाटन केन्द्रीय परिषद् सदस्य थमन थापाले गर्नुभएको थियो ।
कार्यक्रममा नगर सदस्य किसन खनाल, क्षेत्रीय महिला सदस्य जमुना खनाल केसी, विद्यार्थी सङ्घका नगर सदस्य सन्दीप विकलगायतको आतिथ्य रहेको थियो ।
नारायण आचार्यको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रमको अध्यक्षता मानबहादुर केसीले तथा स्वागत मधु सुवेदीले गर्नुभएको थियो ।






