काठमाडौँ । नेपाली कङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले तत्कालीन निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कङ्ग्रेसको आधिकारिकता गगन थापालाई दिएको आरोप लगाएका छन् ।
२०८३ कात्तिक २१ गते आफूपक्षीय कङ्ग्रेसको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सो आरोप लगाएका हुन् ।
तत्कालीन निर्वाचन आयुक्त भण्डारीले आर्थिक चलखेल गरेर थापा पक्षलाई आधिकारिकता दिए पनि अर्का निर्वाचन आयुक्तले भने आर्थिक चलखेल अस्वीकार गरेको देउवाको भनाइ थियो ।
देउवाले भने– ‘इनम साप्कोटाले १८ करोड भनेछ । १८ करोड सानो पैसा हो त ? त्यो पैसा दिएर पार्टी किन्यो ।’
बिचौलियाको रूपमा पक्राउ परेका इनम सापकोटाले कङ्ग्रेसको आधिकारिकता थापा पक्षलाई दिन १८ करोडको खेल भएको दाबी गरेका थिए, यद्यपि अनुसन्धानकै क्रममा रहेका व्यक्तिको भनेर सार्वजनिक गरिएको अडियोको आधिकारिकता र सत्यतामाथि भने प्रश्न उठिरहेको छ ।
उक्त अडियोमा नेपाली कङ्ग्रेसभित्रको विवाद मिलाउन निर्वाचन आयोग आयोग र सर्वोच्च अदालमा १८ करोड खर्च भएको बताइएको छ ।
देउवाले आफूले किनिएको पार्टीको आधिकारिकता स्वीकार नगर्ने उद्घोष गरे ।
आफूलाई यो विषयमा पहिल्यै बोल्न भने पनि ज्यानकै खतरा भएकाले बोल्न नसकेको उल्लेख गरे तर अब भने चुप लागेर नबस्ने बताए ।
‘अब पैसामा पार्टी बेच्ने हामीले ? मेरो ज्यानको खतरा भएको कारणले मैले बोलेको छैन । खोलेको पनि छैन । अब मैले नबोली हुँदैन’ देउवाले भने ।
विशेष महाधिवेशन पक्षले असोजमै पार्टीको पन्ध्रौँ महाधिवेशन सम्पन्न गरेको छ भने देउवा पक्षले काठमाडौँमा मङ्सिरका लागि तोकेको छ ।





