खिमराज चालिसे, चन्डिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव त्रिभुवन भट्टराईको उद्घाटनसँगै श्रीगङ्गानगरमा देउसै भैलो परिचालन सुरु भएको छ ।
नोभेम्बर ८, २०२६ का दिन उद्घाटन भएसँगै त्यहाँ देउसीभैलौको तीनोटा टिम परिचालन भएको हो ।
सो अवसरमा मन्तव्य राख्दै महासचिव भट्टराईले देउसीभैलोको सन्दर्भमा प्रगतिशील संस्कृति, वर्गचेतना र क्रान्तिकारी आन्दोलनको सहयोगी कार्यक्रमको रूपमा देउसीभैलोको सन्दर्भमा धारणा राख्नुभएको थियो ।
समारोहमा मूल प्रवाहका केन्द्रीय सदस्य कृष्ण जिसी, सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य हुमबहादुर नेपाली र बसन्ता नेपाली, महिला सदस्य कमला खड्का र कमला जिसी, नगर समितिका अमर नेपाली, विजय नेपाली, राहुल नेपाली, बाबुराम नेपाली, आरति नेपालीलगायतको उपस्थिति थियो ।
कार्यक्रम प्रेम विकको अध्यक्षता तथा हुमबहादुर विकको सञ्चालनमा अगाडि बढेको थियो ।






