• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जलवायु चेतनाका लागि भारतीय र्‍यापरको सङ्गीत सन्देश

मालीमा सशस्त्र आक्रमण हुँदा ५० जनाको मृत्यु

सुनखानी भत्किँदा १४ जनाको मृत्यु

केन्याली धर्मगुरु म्याकेन्जी हत्यामा दोषी

अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक सञ्चालनमा

चितवनबाट तीन हजार बढी मतदाताको नाम सूचीबाट हट्यो

विष्णुकुमारी तिवारीको स्मृतिमा राजमोको श्रद्धाञ्जली सभा

साइकलमा ड्रागन फ्रुट बेचेर स्वरोजगारको सन्देश प्रवाह गरिँदै

पाँच लाख ७६ हजार बढीले छाडे काठमाडौँ उपत्यका

लोकप्रिय समाचार

  • १. चार मन्त्रीद्वारा राजीनामा

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. बुढीगण्डकी बाढीले दिएको चेतावनी

  • ४. खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

  • ५. मूल प्रवाहको सहयोगमा हराएकी निर्मला सुनार परिवारको सम्पर्कमा

  • ६. सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

  • ७. बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण, एउटा डुब्यो

  • ८. किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

  • ९. निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड

  • १०. महँगो दशैं, खर्चिलो बजार

साइकलमा ड्रागन फ्रुट बेचेर स्वरोजगारको सन्देश प्रवाह गरिँदै


  •   मङ्गलबार, कार्तिक ०३, २०८३ मा प्रकाशित
  • भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी सेवासँगै फुर्सदको समय सदुपयोग गर्दै साइकलमा ड्रागन फ्रुट बिक्री गरेर स्वरोजगारको सन्देश प्रवाह गरिरहेका छन् ।

    Advertisement

    कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत पन्तले सरकारी सेवामा ११ वर्ष बिताइसकेका छन् । बितेका चार वर्षदेखि उनी महेन्द्रनगर बजारमा साइकलमा ड्रागन फ्रुट बिक्री गर्दै आएका छन् ।

    ‘बिहान एक/डेढ घण्टा र साँझ ५ बजेपछि ड्रागन फ्रुट बिक्री गर्न साइकल लिएर बजारका गल्लीगल्लीमा पुग्छु’ पन्तले भने– ‘व्यापार गर्न गएको दिन दैनिक रु एक हजारदेखि एक हजार दुई सयसम्म नाफा हुन्छ ।’

    उनले स्थानीय बजारका साथै दाङ, सुर्खेत, नेपालगञ्ज र डडेल्धुराबाट ड्रागन फ्रुट ल्याएर थोक तथा खुद्रा बिक्री गर्दै आएका छन् ।

    ‘बजारमा यसको माग पनि उच्च छ । कार्यालय समयबाहेकको फुर्सद सदुपयोग गर्न यो व्यापारमा लागेको हुँ’ उनले भने– ‘यो व्यापार सुरु गरेपछि तलब पनि बचत भएको छ । घरखर्च यसैबाट चलेको छ ।’

    पन्तले रोजगारीका लागि भारतलगायत अन्य मुलुक जाने युवा पनि घुम्ती व्यापारबाट प्रेरित हुनुपर्ने बताए । विदेशमा जस्तोसुकै काम गर्न तयार हुने तर स्वदेशमा काम गर्न अप्ठ्यारो मान्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा उनको जोड छ ।

    ‘विदेशमा निम्नस्तरको काम गर्न पनि पछि नहट्ने तर स्वदेशमा काम गर्न अप्ठ्यारो मान्ने प्रवृत्ति अन्त्य हुनुपर्छ’ उनले भने– ‘भारतमा मजदुरी गरिरहेका आफ्नै भाइ र बुहारीलाई पनि यही व्यापारमा लगाएको छु । बुहारीले पनि ड्रागन फ्रुट बेचेर मासिक रु ३० देखि ३५ हजारसम्म बचत गरेकी छन् ।’

    बजारको समस्या नरहेको बताउँदै उहाँले प्रतिकिलो रु चार सय ५० देखि पाँच सय सम्ममा ड्रागन फ्रुट बिक्री गर्दै आएको जानकारी दिए ।

    युवा वर्ग कृषि, व्यापारलगायत आयमूलक काममा लाग्नुपर्नेमा जोड दिँदै उनी सरकारीस्तरबाट पनि युवा स्वरोजगारलाई प्राथमिकता दिनुपर्ने बताउँछन् । (रासस)

    मङ्गलबार, कार्तिक ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक सञ्चालनमा
    चितवनबाट तीन हजार बढी मतदाताको नाम सूचीबाट हट्यो
    विष्णुकुमारी तिवारीको स्मृतिमा राजमोको श्रद्धाञ्जली सभा
    पाँच लाख ७६ हजार बढीले छाडे काठमाडौँ उपत्यका
    क्यानाडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु
    प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार मन्त्रीद्वारा राजीनामा

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      बुढीगण्डकी बाढीले दिएको चेतावनी

    • ४.
      खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

    • ५.
      मूल प्रवाहको सहयोगमा हराएकी निर्मला सुनार परिवारको सम्पर्कमा

    • ६.
      सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

    भर्खरै

    • १.
      जलवायु चेतनाका लागि भारतीय र्‍यापरको सङ्गीत सन्देश

    • २.
      मालीमा सशस्त्र आक्रमण हुँदा ५० जनाको मृत्यु

    • ३.
      सुनखानी भत्किँदा १४ जनाको मृत्यु

    • ४.
      केन्याली धर्मगुरु म्याकेन्जी हत्यामा दोषी

    • ५.
      अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक सञ्चालनमा

    • ६.
      चितवनबाट तीन हजार बढी मतदाताको नाम सूचीबाट हट्यो

    • ७.
      विष्णुकुमारी तिवारीको स्मृतिमा राजमोको श्रद्धाञ्जली सभा

    • ८.
      साइकलमा ड्रागन फ्रुट बेचेर स्वरोजगारको सन्देश प्रवाह गरिँदै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.