काठमाडौं, २८ असोज । दशैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाका बजारमा किनमेल गर्नेको भीड बढेको छ। तर, खाद्यान्न, लत्ताकपडा, तरकारी, फलफूल र मासुको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन्।
Advertisement
उपभोक्ताका अनुसार चामलको बोरामा ३०० रुपैयाँ र खसीको मासुमा प्रतिकिलो ३०० देखि ४०० रुपैयाँसम्म मूल्य बढेको छ। न्यून आय भएका परिवारलाई दशैं मनाउन कठिन भएको उनीहरूको गुनासो छ।
चीनसँग जोडिएका रसुवा र तातोपानी नाका अवरुद्ध हुँदा करिब पाँच अर्ब रुपैयाँ मूल्य बराबरका सामान रोकिएको नेपाल हिमालयन सीमापार वाणिज्य सङ्घले जनाएको छ।
यता, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक २५ देखि ५० वटा फर्म तथा कम्पनीको अनुगमन गर्दै अधिकतम खुद्रा मूल्यभन्दा बढीमा सामान बिक्री गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइरहेको जनाएको छ।





