गोविन्दकुमार शर्मा, गैँडाकोट (नवलपुर) ।
वामपन्थी नेता एवम् “विकल्प” वैचारिक पत्रिकाका सम्पादक जनकलाल तिवारी, केशव तिवारी तथा खगेश्वर तिवारीकी माता विष्णुकुमारी तिवारीको निधनमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
मृत्यु भएको सातौँ दिन २०८३ कात्तिक ३ गते राष्ट्रिय जनमोर्चा नवलपुरले सो कार्यक्रम सम्पन्न भएको हो ।
राजमो गैँडाकोट नगर समितिका अध्यक्ष होमनाथ पराजुलीको अध्यक्षतामा सम्पन्न सभामा दिवङ्गत आमाप्रति एक मिनेट मौनधारण गरिएको थियो ।
कार्यक्रममा राजमो नवलपुरका अध्यक्ष गिरबहादुर महताराले पार्टीको तर्फबाट शोकवक्तव्य प्रस्तुत गर्दै शोकाकुल परिवारजनलाई शोकपत्र हस्तान्तरण गर्नुभयो ।
सभामा राजमो केन्द्रीय सदस्य दीपक पाण्डे, भगीरथ भट्टराई, नेकपा (मसाल) नवलपुरका प्रवक्ता चन्द्र सापकोटा, राजमो चितवनका अध्यक्ष अमरबहादुर क्षेत्री, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य विष्णु पाण्डे, तराई मधेस जनवादी मोर्चाका नेता विकाराम चौधरीलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले पञ्चायत कालमा भूमिगत रहेका वामपन्थी नेताकार्यकर्तालाई घरमा आश्रय दिने, भान्छामा पकाएर खुवाउने तथा समाज परिवर्तनका निम्ति आफ्ना सन्तानलाई निष्ठापूर्वक प्रेरित गर्ने आमाको रूपमा विष्णु कुमारीको ऐतिहासिक भूमिकाको सराहना गर्नुभयो ।
शोकाकुल परिवारको तर्फबाट वामपन्थी नेता जनकलाल तिवारीले आमासँग जोडिएका संस्मरण साझा गर्नुभयो ।
उहाँले प्रचारमा नआएका तर समाज परिवर्तनमा योगदान दिने निष्ठावान् पात्रको खोजी हुनुपर्ने आवश्यकतामा जोड दिँदै चाडपर्वको समयमा पनि उपस्थित भई शोक व्यक्त गर्ने सबैप्रति आभार प्रकट गर्नुभयो ।
कार्यक्रमको सञ्चालन खिलेश्वरी धितालले गर्नुभएको थियो भने अध्यक्षता गनर्नुहुने होमनाथ पराजुलीले परिवारजनप्रति समवेदना प्रकट गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।






