• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

विष्णुकुमारी तिवारीको स्मृतिमा राजमोको श्रद्धाञ्जली सभा

साइकलमा ड्रागन फ्रुट बेचेर स्वरोजगारको सन्देश प्रवाह गरिँदै

पाँच लाख ७६ हजार बढीले छाडे काठमाडौँ उपत्यका

क्यानाडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु

प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन

इजरायली चुनावमा नेतान्याहूप्रति ट्रम्पको समर्थन

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

हिंसात्मक घटनापछि मार्सेमा प्रदर्शनमा अस्थायी प्रतिबन्ध

लोकप्रिय समाचार

  • १. चार मन्त्रीद्वारा राजीनामा

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. रोपडमा कलाकार सम्मान तथा सापकोटा दम्पतीको मूल प्रवाहबाट बिदाइ समारोह सम्पन्न

  • ४. बुढीगण्डकी बाढीले दिएको चेतावनी

  • ५. खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

  • ६. मूल प्रवाहको सहयोगमा हराएकी निर्मला सुनार परिवारको सम्पर्कमा

  • ७. बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण, एउटा डुब्यो

  • ८. सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

  • ९. किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

  • १०. निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड

निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड


  •   बुधबार, असोज २८, २०८३ मा प्रकाशित
  • सुदूरपश्चिम, २८ असोज । निर्माण क्षेत्रमा बालश्रम रोकथाम तथा बालअधिकार संरक्षणका लागि निर्माण व्यवसायी, सम्बन्धित निकाय र सरोकारवालाबीच सहकार्य र प्रतिबद्धता आवश्यकता औंल्याएको छ ।

    Advertisement

    सामुदायिक विकास केन्द्र (सिडिसी) ले आज कैलालीको धनगढीमा आयोजना गरेको ‘बालअधिकार प्रवर्द्धनमा निर्माण व्यवसायीको भूमिका’ विषयक अन्तरक्रियाका वक्ताहरूले निर्माणस्थललाई बालश्रममुक्त बनाउँदै बालमैत्री व्यवहार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका हुन् ।

    कार्यक्रममा निर्माण क्षेत्रमा बालबालिकामाथि हुन सक्ने जोखिम पहिचान गरी उनीहरूलाई बालश्रम तथा जोखिमपूर्ण कामबाट जोगाउने, बालसंरक्षणसम्बन्धी मापदण्ड कार्यान्वयन गर्ने र सुरक्षित निर्माणस्थलको अवधारणा प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो ।

    प्रदेश बालकल्याण परिषद्का सदस्य एवं अधिवक्ता वीरबहादुर जेठाराले राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुनी व्यवस्थाअनुसार १४ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउनै नपाइने र १४–१८ वर्षमुनिका बालबालिकालाई पनि कानुनअनुसार मात्र काममा लगाउने व्यवस्था पालनाका लागि आग्रह गर्नुभयो ।

    उहाँले गरिबी, जीविकोपार्जन वा अभिभावकको बाध्यतालाई आधार बनाएर बालबालिकालाई श्रममा लगाउन नमिल्ने स्पष्ट पार्दै निर्माण क्षेत्रमा पनि कानुनी व्यवस्थाको पूर्ण पालना गरिनुपर्नेम जोड दिनुभयो ।

    राष्ट्रिय मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख सहसचिव प्रकाशदत्त भट्टले बालबालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक, बौद्धिक तथा मनोवैज्ञानिक विकास र मानवअधिकार संरक्षणलाई गम्भीरतापूर्वक लिन आग्रह गर्नुभयो ।

    उहाँले बालअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुनी व्यवस्थाबारे प्रस्तुतीकरण गर्दै निर्माण व्यवसायीले आफ्नो आर्थिक अधिकारसँगै बालबालिकालगायत सबैको मानवअधिकारप्रति पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनुभयो । कानुनको पालना व्यक्तिको बाध्यता वा परिस्थितिभन्दा माथि रहने उहाँको भनाइ थियो ।

    सिडिसीका कार्यकारी निर्देशक हेमराज जोशीले पूर्वाधार विकाससँगै बालबालिकाको अधिकार, सुरक्षा र भविष्य सुनिश्चित हुने गरी निर्माणका काम अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले निर्माण क्षेत्रमा बालश्रम निषेध गर्नुका साथै श्रमिक अभिभावकसँग आश्रित बालबालिकाको सुरक्षाका लागि निश्चित मापदण्ड बनाएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    सिडिसीका बालअधिकार संयोजक एकराज बडूले निर्माण कम्पनीमा बालसंरक्षण सम्पर्क व्यक्ति तोक्ने, बालसंरक्षणसम्बन्धी मापदण्ड निर्माण गरी कार्यान्वयन गर्ने तथा संस्थागत प्रतिबद्धता र जवाफदेहिता अभिवृद्धि गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा निर्माण व्यवसायी महासङ्घ सुदूरपश्चिम तथा जिल्ला समिति कैलालीका प्रतिनिधिहरूलाई बालअधिकार, बालश्रमसम्बन्धी राष्ट्रिय कानुनी प्रावधान र बालसंरक्षणका व्यवस्थाबारे जानकारी दिइएको थियो । निर्माण आयोजनामा बालसंरक्षणका उपाय अवलम्बन, सुरक्षित, समावेशी तथा सबैको पहुँचयोग्य पूर्वाधार विकासमा व्यवसायी सङ्घहरूको भूमिका सुदृढ गर्न र बालश्रम रोकथामका लागि व्यावहारिक कार्ययोजना तयार गर्न आग्रह गरिएको थियो ।

    कार्यक्रममा निर्माण व्यवसायीहरूले निर्माण क्षेत्रमा बालबालिकाको प्रयोग निषेध रहेको र कानुनी व्यवस्थाको कार्यान्वयनमा प्रतिबद्ध रहेको बताएका थिए । वक्ताहरूले सङ्घमा आबद्ध व्यवसायीलाई बालअधिकारसम्बन्धी कानुनी व्यवस्था र त्यसको पालना गर्नुपर्ने दायित्वबारे सुसूचित गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।

    विभिन्न अध्ययनले सुदूरपश्चिममा बालश्रमको प्रचलन दर करिब २१ प्रतिशत रहेको देखाए पनि अद्यावधिक र यकिन अवस्थाबारे थप अध्ययन आवश्यक रहेको कार्यक्रममा औँल्याइएको थियो ।

    बुधबार, असोज २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विष्णुकुमारी तिवारीको स्मृतिमा राजमोको श्रद्धाञ्जली सभा
    साइकलमा ड्रागन फ्रुट बेचेर स्वरोजगारको सन्देश प्रवाह गरिँदै
    पाँच लाख ७६ हजार बढीले छाडे काठमाडौँ उपत्यका
    क्यानाडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु
    प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन
    शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार मन्त्रीद्वारा राजीनामा

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      रोपडमा कलाकार सम्मान तथा सापकोटा दम्पतीको मूल प्रवाहबाट बिदाइ समारोह सम्पन्न

    • ४.
      बुढीगण्डकी बाढीले दिएको चेतावनी

    • ५.
      खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

    • ६.
      मूल प्रवाहको सहयोगमा हराएकी निर्मला सुनार परिवारको सम्पर्कमा

    भर्खरै

    • १.
      विष्णुकुमारी तिवारीको स्मृतिमा राजमोको श्रद्धाञ्जली सभा

    • २.
      साइकलमा ड्रागन फ्रुट बेचेर स्वरोजगारको सन्देश प्रवाह गरिँदै

    • ३.
      पाँच लाख ७६ हजार बढीले छाडे काठमाडौँ उपत्यका

    • ४.
      क्यानाडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु

    • ५.
      प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन

    • ६.
      इजरायली चुनावमा नेतान्याहूप्रति ट्रम्पको समर्थन

    • ७.
      शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

    • ८.
      चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.