• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

तीस अर्बको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

हुम्लामा हिमपातले जनजीवन प्रभावित

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज

ग्यास अभावको विकल्पप्रति गम्भीर बनौँ

मुख्यसचिवद्वारा भालुबाङ अस्पतालको स्थलगत निरीक्षण

सन् २०३० सम्म विश्वलाई थप ५ करोड शिक्षक आवश्यक पर्ने अनुमान : युनेस्को

अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपत्काल घोषणा

जापानमा साइबर आक्रमणको श्रृङ्खला

लोकप्रिय समाचार

  • १. राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

  • २. मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

  • ३. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ४. नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

  • ५. मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

  • ६. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • ७. स्मृतीमा मधुकुमार क्षेत्री : कलकत्तादेखि राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वसम्म

  • ८. गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

  • ९. कपिलवस्तुको शिवराज–४ मा राजमो भेला, अध्यक्षमा हुसेन मुल्ला चयन

  • १०. प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

प्राकृतिक विपत्तिको सामना गर्न ठोस योजना

"सम्पादकीय "

  •   बुधबार, असोज १४, २०८३ मा प्रकाशित
  • प्राकृतिक भवितव्ययुक्त बिपद्को सन्दर्भमा वर्षायाम नेपालका लागि प्रतिकूल समय हो । हिउँदमा हिमाली क्षेत्रमा अति जाडो, पहाडमा कम जाडो र तराईमा कुहिरो समस्या हुन् हामीकहाँ वैशाखबाटै प्रिमनसुन सुरु हुन्छ । जेठको अन्तिम हप्ताबाट मनसुन सुरु भएर असोजको दोस्रो हप्तासम्म यसको सामान्य अवधि रहन्छ । मनसुन अवधिमा असार, साउन र भदौमा बढी वर्षा हुन्छ । हामीकहाँ पश्चिम बङ्गालबाट आउने मनसुनसँगै पश्चिमी वायु र स्थानीय वायुले पनि वर्षा गराउँछ । हामीकहाँ संसारकै कान्छो हिमालय शृङ्खला छ, सँगै संसारकै सबैभन्दा अग्लो शिखर सगरमाथासहितका उच्च हिमशृङ्खला पनि । हिमालयमा अत्यधिक चिसो भएकाले हिउँ खस्छ । तिनै हिमशृङ्खला नेपालको जलसम्पदाका स्रोत हुन् । त्यसैले हिमशृङ्खला नेपाली जनताका लागि जीवनको स्रोत हो ।

    Advertisement

    मानवजातिका सामु उपस्थित विभिन्न प्राकृतिक विपत्तिमध्ये समुद्री सुनामी र ज्वालामुखीको खतराबाट हामी मुक्त छौँ तर भूकम्प र बाढीपहिरोजन्य विपत्तिमा हामी छौँ । ग्लोबल वार्मिङका कारण हिमाली क्षेत्रको समेत तापक्रम बढ्दा हिमपहिरो जानु, फलस्वरुप नदीमा बाढी आउने समस्या हामीकहाँ बढ्दो छ । गत भदौ १० गतेको बाढीले नेपाललाई स्तब्ध बनाएको छ । त्यसपछि पनि हिमालमा हिमपहिरो गएर जनधनको क्षति भएको छ । यता, असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षाले कालीगण्डकी नदी जलाधार क्षेत्रमा क्षति पुर्‍याएको छ । वर्षापछि आएको बाढीपहिरोले कैयौँ मानवबस्ती बगाउँदा दर्जनौँको ज्यान गएको छ भने थुप्रै भौतिक संरचना ध्वस्त भएका छन् । कालीगण्डकीसँगै पूर्वको कोशी, मध्यक्षेत्रको नारायणी, सुदूरपश्चिमको महाकालीसहित विभिन्न नदीका जलास्तर बढ्दा बाढीको समस्या गम्भीर बनेका थिए । भीषण वर्षाले गर्दा सडक सञ्जालमा गम्भीर बन्यो । ती सडक सञ्जाल सुचारु गर्न अझै केही दिन लाग्ने भएको छ । वर्षाले छ सय मेगावाटभन्दा बढी विद्युत् उत्पादन ठप्प भएको छ । वर्षाजन्य अवरोधले गर्दा राजधानीकै ढुवानी व्यवस्था प्रभावित भएको छ । यी सबै अव्यवस्थामा सुधार गर्न केही समय लाग्ने देखिन्छ ।

    प्रत्येक वर्ष वर्षाजन्य विपत्तिको सामना गर्नु हाम्रो लागि अनिवार्यजस्तै छ । त्यसका बाबजुद हामीले त्यसको तयारीमा कम ध्यान दिने गरेका छौँ । अहिलेसम्म ‘पुराना’ ले देश ध्वस्त पारे भन्ने भाष्य निर्माण गरिएकोमा यतिखेर आएका “नयाँ” ले पनि यी प्राकृतिक विपत्तिको सामना गर्न सजगता अपनाउन सकेको देखिएन । उदाहरणका लागि चितवनको क्रुजसिपलाई लिन सकिन्छ । एक हप्तापहिले नै भीषण वर्षा हुने पूर्वानुमान गरिएको थियो । यसबाट नारायणीमा बाढी आउनेछ भनेर भनिरहनुपर्ने विषय होइन तर त्यहाँको प्रशासनले पूर्वतयारी गरेन । क्रुजसिपलाई नारायणीको बाढीले बगाउँदा पुलको पिल्लरमा ठोक्कियो । झन्डै पुल ध्वस्त भएन । यतिखेर उक्त क्रुजसिपलाई त्यहाँबाट हटाउने कार्य भइरहेको छ । यो लापर्बाहीको एउटा उदाहरण मात्रै हो, यस खालका लापर्बाही धेरे छन् ।

    पूर्वसूचना प्रणाली विकास गरेर प्राकृतिक विपत्तिपूर्व नै जनधनको जोखिम न्यूनीकरण जनुसुकै सरकारको सामान्य काम हो । त्यसका बाबजुद “नयाँ” भनिएका सरकारले पनि त्यो जिम्मेवारी पूरा गर्न सकेको देखिएन । यो सरकार बनेपछि प्राकृतिक विपत्तिमा डेढ हजार बढीले ज्यान गुमाइसकेका छन् । त्यसको अर्थ यही हो– प्राकृतिक विपत्तिको क्षति न्यूनीकरण गर्ने सवालमा कुनै प्रगति भएको छैन । यो स्थितिमा तुरुन्त परिवर्तन गर्नुपर्ने आवश्यकता छ । सरकारले सर्वप्रथम देशैभरि पूर्वसूचना प्रणाली जडान गर्नुपर्दछ । विपत्ति आइसकेपछि राहत र उद्वारको द्रुत संयन्त्रलाई सक्रिय गराउनुपर्दछ । त्यसका लागि सरकारले स्थानीय तहसँग तालमेल गर्नुपर्दछ । त्यसका साथै नदीकिनारका बस्तीबारे सोच्नुपर्ने अवस्था आइसकेको छ । सरकारले प्राकृतिक विपत्तिको सन्दर्भमा तात्कालिक र दीर्घकालीन योजना बनाएर काम गर्नुपर्ने देखिन्छ ।

    युगदर्शन साप्ताहिक, वर्ष १८, अंक ४, २०८३ असौज १४ गते प्रकाशित

    बुधबार, असोज १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ग्यास अभावको विकल्पप्रति गम्भीर बनौँ
    रसुवाबाढीबाट सिर्जित महाविपत्तिबारे अन्टुकको अपेक्षा
    लुम्बिनी प्रदेश राजधानी: बिकास, अबसर र चुनौती
    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

    • २.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

    • ३.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ४.
      नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

    • ५.
      मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

    • ६.
      एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

    भर्खरै

    • १.
      तीस अर्बको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक

    • २.
      बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

    • ३.
      हुम्लामा हिमपातले जनजीवन प्रभावित

    • ४.
      नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज

    • ५.
      ग्यास अभावको विकल्पप्रति गम्भीर बनौँ

    • ६.
      मुख्यसचिवद्वारा भालुबाङ अस्पतालको स्थलगत निरीक्षण

    • ७.
      सन् २०३० सम्म विश्वलाई थप ५ करोड शिक्षक आवश्यक पर्ने अनुमान : युनेस्को

    • ८.
      अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपत्काल घोषणा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.