• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपत्काल घोषणा

जापानमा साइबर आक्रमणको श्रृङ्खला

नोबेल पुरस्कारका पाँच तथ्य

मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

क्युबेकमा पृथकतावादी पार्टी विजयी

सुनको मूल्य स्थिरः चाँदीको घट्यो

महँगो इन्धनका कारण विद्युतीय कारतर्फ आकर्षित हुँदै बेलायती उपभोक्ता

दक्षिण कोरियामा कारको माग बढ्दो, ईभी बिक्रीमा अग्रस्थानमा

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

लोकप्रिय समाचार

  • १. राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

  • २. मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

  • ३. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ४. राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ५. नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

  • ६. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • ७. स्मृतीमा मधुकुमार क्षेत्री : कलकत्तादेखि राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वसम्म

  • ८. गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

  • ९. कपिलवस्तुको शिवराज–४ मा राजमो भेला, अध्यक्षमा हुसेन मुल्ला चयन

  • १०. प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

जापानमा साइबर आक्रमणको श्रृङ्खला


  •   मङ्गलबार, असोज २०, २०८३ मा प्रकाशित
  • टोकियो, २० असोज । जापानमा पछिल्ला दिनमा विभिन्न कम्पनी तथा विश्वविद्यालयमा भएका साइबर आक्रमण र तथ्याङ्क चुहावटका घटनाले लाखौँ ग्राहक, सदस्य, विद्यार्थी तथा शिक्षक प्रभावित हुन सक्ने देखिएको छ । सोमबारदेखि सार्वजनिक भएका छुट्टाछुट्टै घटनामा व्यक्तिगत विवरण अनधिकृत रूपमा पहुँच गरिएको वा चुहिएको सम्बन्धित संस्थाहरूले बताएका छन् ।

    Advertisement

    ओसाका मेट्रोपोलिटन युनिभर्सिटीले साइबर आक्रमणपछि कम्तीमा एक लाख ३० हजार विद्यार्थी तथा शिक्षकको विवरण चुहिएको हुन सक्ने जनाएको छ । गत शुक्रबार भएको आशङ्कित ‘रेन्समवेयर’ आक्रमणपछि विश्वविद्यालयको सूचना प्रणाली सञ्चालन गर्ने करिब पाँच सय सर्भर बन्द गर्नुपरेको थियो ।

    विश्वविद्यालयका विद्यार्थीका लागि रहेको क्याम्पस नेटवर्क तथा शिक्षकका लागि प्रयोग हुने पोर्टल सोमबारसम्म सञ्चालनमा आउन सकेका थिएनन् । आक्रमणका कारण केही व्याख्यानसमेत रद्द गरिएको विश्वविद्यालयले जनाएको छ ।

    जापानी छुट पसल सञ्चालक म्याक्स होल्डिङ्स लिमिटेडले आफ्नो अनलाइन किनमेल सेवा सञ्चालन गर्ने सर्भरमा अनधिकृत पहुँच भएपछि करिब १७ लाख ग्राहकको व्यक्तिगत विवरण प्रभावित भएको हुन सक्ने मङ्गलबार बताएको छ । कम्पनीले अनलाइन सेवा रोकेर आक्रमणको बाटो बन्द गरेको तथा बाह्य सुरक्षा विशेषज्ञ, नियामक निकाय र प्रहरीसँग अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

    इन्टरनेट सेवा प्रदायक जीएमओ रिसर्च एन्ड एआई इङ्कले पनि सोमबार आफ्नो सर्भरमा अनधिकृत पहुँच भएपछि नौ लाख ४८ हजार पाँच सय सदस्यको विवरण चोरी भएको जनाएको छ । कम्पनीका अनुसार केही सदस्यले प्राप्त गरेका पुरस्कारमध्ये करिब २९ लाख येन अर्थात् करिब १८ हजार अमेरिकी डलर बराबरको रकम अवैध रूपमा अमेजन उपहार कार्डका कोडमा साटिएको पाइएको छ ।

    याकिनिकु किङ बारबेक्यु रेस्टुरेन्ट चेन सञ्चालन गर्ने मोनोगातारी कर्पले पनि आफ्नो रेस्टुरेन्ट आरक्षण तथा पुरस्कारसम्बन्धी स्मार्टफोन एप सञ्चालन गर्ने प्रणालीमा अनधिकृत पहुँच भएपछि एक करोडभन्दा बढी ग्राहकसम्बन्धी विवरण चुहिएको जनाएको छ । चुहिएको विवरणमा इमेल ठेगाना र फोन नम्बर रहेको बताउँदै कम्पनीले ती विवरणको दुरुपयोग भएको पुष्टि नभएको स्पष्ट पारेको छ ।

    यसैबीच, दाइवा सेक्युरिटिज ग्रुप इङ्कले आफ्नो धितोपत्र कारोबारसम्बन्धी एकाइका करिब एक लाख १० हजार ग्राहकको विवरण तथा अन्य गैरव्यक्तिगत सूचना ठेकेदारद्वारा सञ्चालित सर्भरमा भएको अनधिकृत पहुँचका कारण प्रभावित भएको हुन सक्ने जनाएको छ । कम्पनीका अनुसार विवरण चुहिएको भए पनि त्यसलाई अनलाइन कारोबारलगायत कुनै पनि कारोबार गर्न प्रयोग गर्न नसकिने अवस्था रहेको छ ।

    सम्बन्धित संस्थाहरूले यी घटनालाई छुट्टाछुट्टै रूपमा सार्वजनिक गरेका हुन् । अहिलेसम्म सार्वजनिक भएको विवरणअनुसार ती घटनाबीच कुनै सम्बन्ध रहेको वा एउटै समूहले सबै साइबर आक्रमण गरेको सङ्केत भने फेला परेको छैन ।

    मङ्गलबार, असोज २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपत्काल घोषणा
    नोबेल पुरस्कारका पाँच तथ्य
    क्युबेकमा पृथकतावादी पार्टी विजयी
    सुनको मूल्य स्थिरः चाँदीको घट्यो
    महँगो इन्धनका कारण विद्युतीय कारतर्फ आकर्षित हुँदै बेलायती उपभोक्ता
    दक्षिण कोरियामा कारको माग बढ्दो, ईभी बिक्रीमा अग्रस्थानमा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

    • २.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

    • ३.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ४.
      राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ५.
      नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

    • ६.
      एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

    भर्खरै

    • १.
      अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपत्काल घोषणा

    • २.
      जापानमा साइबर आक्रमणको श्रृङ्खला

    • ३.
      नोबेल पुरस्कारका पाँच तथ्य

    • ४.
      मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

    • ५.
      क्युबेकमा पृथकतावादी पार्टी विजयी

    • ६.
      सुनको मूल्य स्थिरः चाँदीको घट्यो

    • ७.
      महँगो इन्धनका कारण विद्युतीय कारतर्फ आकर्षित हुँदै बेलायती उपभोक्ता

    • ८.
      दक्षिण कोरियामा कारको माग बढ्दो, ईभी बिक्रीमा अग्रस्थानमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.