• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज २०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपत्काल घोषणा

जापानमा साइबर आक्रमणको श्रृङ्खला

नोबेल पुरस्कारका पाँच तथ्य

मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

क्युबेकमा पृथकतावादी पार्टी विजयी

सुनको मूल्य स्थिरः चाँदीको घट्यो

महँगो इन्धनका कारण विद्युतीय कारतर्फ आकर्षित हुँदै बेलायती उपभोक्ता

दक्षिण कोरियामा कारको माग बढ्दो, ईभी बिक्रीमा अग्रस्थानमा

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

लोकप्रिय समाचार

  • १. राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

  • २. मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

  • ३. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ४. राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ५. नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

  • ६. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • ७. स्मृतीमा मधुकुमार क्षेत्री : कलकत्तादेखि राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वसम्म

  • ८. गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

  • ९. कपिलवस्तुको शिवराज–४ मा राजमो भेला, अध्यक्षमा हुसेन मुल्ला चयन

  • १०. प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

नोबेल पुरस्कारका पाँच तथ्य


  •   मङ्गलबार, असोज २०, २०८३ मा प्रकाशित
  • स्टकहोम, १९ असोज । मानवताका लागि उल्लेखनीय योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सन् १९०१ देखि प्रदान गरिँदै आएको नोबेल पुरस्कारको इतिहासमा सङ्घर्ष, उमेरको विविधता, महिला प्रतिनिधित्व तथा संस्थापक अल्फ्रेड नोबेलको साहित्यप्रतिको रुचिसँग सम्बन्धित अनेक रोचक पक्ष छन् । यस वर्षका पुरस्कार विजेताको घोषणा अक्टोबर ५ देखि १२ सम्म हुनेछ ।

    Advertisement

    नोबेल शान्ति पुरस्कारका पाँच विजेता पुरस्कार समारोहमा सहभागी हुन पाएका छैनन् । सन् १९३६ का विजेता कार्ल भोन ओस्सिट्स्की नाजी यातना शिविरमा हुनुहुन्थ्यो भने आङ सान सुकी सन् १९९१ मा नजरबन्दमा हुनुहुन्थ्यो । सन् २०१० का विजेता लिउ सियाओबो जेलमा रहँदा उहाँका लागि पुरस्कार राखिएको कुर्सी खाली राखिएको थियो । सन् २०२२ मा एलेस बियालियात्स्की जेलमा हुनुहुन्थ्यो र उहाँको प्रतिनिधित्व पत्नी नतालिया पिन्चुकले गर्नुभएको थियो । सन् २०२३ मा नर्गिस मोहम्मदी पनि जेलमै हुनुहुन्थ्यो ।

    उमेरका हिसाबले पाकिस्तानी अधिकारकर्मी मलाला युसुफजाई १७ वर्षमा नोबेल पुरस्कार पाउने सबैभन्दा कान्छी विजेता बन्नुभएको थियो । अर्कोतर्फ अमेरिकी वैज्ञानिक जोन गुडएनफले ९७ वर्षको उमेरमा सन् २०१९ मा रसायनशास्त्रतर्फ पुरस्कार पाउनुभएको थियो । उहाँ सबैभन्दा वृद्ध नोबेल विजेता हुनुहुन्छ ।

    सन् १९७४ देखि सामान्यतः मरणोपरान्त नोबेल पुरस्कार दिन रोकिएको छ । त्यसअघि डाग ह्यामरशोल्ड र एरिक एक्सेल कार्लफेल्टले मरणोपरान्त पुरस्कार पाउनुभएको थियो । सन् २०११ मा राल्फ स्टाइनम्यानलाई पुरस्कारका लागि चयन गरिएको तीन दिनअघि उहाँको निधन भएको जानकारी नभए पनि फाउन्डेसनले उहाँलाई पुरस्कार प्रदान गरेको थियो ।

    सन् १९०१ यता प्रदान गरिएका ६३३ नोबेल पुरस्कारमध्ये ६८ वटा मात्र महिलाले पाएका छन् । विज्ञानतर्फ प्रतिनिधित्व अझ न्यून छ । मेरी क्युरी सन् १९०३ मा नोबेल पुरस्कार पाउने पहिलो महिला बन्नुभएको थियो र उहाँ आजसम्म दुई नोबेल पुरस्कार पाउने एक्ली महिला हुनुहुन्छ ।

    नोबेल पुरस्कारका संस्थापक अल्फ्रेड नोबेल डाइनामाइटका आविष्कारकका रूपमा प्रसिद्ध भए पनि उहाँ अङ्ग्रेजी कविताका प्रशंसक तथा स्वयं कवि हुनुहुन्थ्यो । पर्सी बिसी शेली र लर्ड बायरनबाट प्रभावित उहाँले जीवनभर कविता लेख्नुभयो । जीवनको अन्तिम वर्ष सन् १८९६ मा उहाँले शेलीको ‘द सेन्सी’ बाट प्रेरित ‘नेमेसिस’ नामक चार अङ्कको त्रासदीसमेत लेख्नुभएको थियो ।

    मङ्गलबार, असोज २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपत्काल घोषणा
    जापानमा साइबर आक्रमणको श्रृङ्खला
    क्युबेकमा पृथकतावादी पार्टी विजयी
    सुनको मूल्य स्थिरः चाँदीको घट्यो
    महँगो इन्धनका कारण विद्युतीय कारतर्फ आकर्षित हुँदै बेलायती उपभोक्ता
    दक्षिण कोरियामा कारको माग बढ्दो, ईभी बिक्रीमा अग्रस्थानमा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

    • २.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

    • ३.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ४.
      राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ५.
      नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

    • ६.
      एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

    भर्खरै

    • १.
      अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपत्काल घोषणा

    • २.
      जापानमा साइबर आक्रमणको श्रृङ्खला

    • ३.
      नोबेल पुरस्कारका पाँच तथ्य

    • ४.
      मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

    • ५.
      क्युबेकमा पृथकतावादी पार्टी विजयी

    • ६.
      सुनको मूल्य स्थिरः चाँदीको घट्यो

    • ७.
      महँगो इन्धनका कारण विद्युतीय कारतर्फ आकर्षित हुँदै बेलायती उपभोक्ता

    • ८.
      दक्षिण कोरियामा कारको माग बढ्दो, ईभी बिक्रीमा अग्रस्थानमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.