• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज २०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बागलुङमा बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

राजमो नेता जयबहादुर मल्लको निधन

बेलायतबाट अमेरिकी बमवर्षक फिर्ता

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

होर्मुजको तनावबीच मध्यपूर्वको तेल निर्यातमा वृद्धि

दक्षिणपूर्वी एसियामा चिनियाँ सैन्य पहुँच विस्तार

तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने

लोकप्रिय समाचार

  • १. राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

  • २. मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

  • ३. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ४. राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ५. नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

  • ६. विष्टका आफन्त भेटिएनन्, मूल प्रवाहसमेतले गर्‍यो दाहसंस्कार

  • ७. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • ८. स्मृतीमा मधुकुमार क्षेत्री : कलकत्तादेखि राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वसम्म

  • ९. कपिलवस्तुको शिवराज–४ मा राजमो भेला, अध्यक्षमा हुसेन मुल्ला चयन

  • १०. गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

रसुवाबाढीबाट सिर्जित महाविपत्तिबारे अन्टुकको अपेक्षा


  •   सोमबार, असोज १९, २०८३ मा प्रकाशित
  • लोकराज भुसाल

    Advertisement

    यही २०८३ भदौ १० गते बिहान करिब ९ बजेको आसपासको समयमा रसुवा जिल्लाको भोटेकोशीमा बाढी आयो । रसुवाको उत्तरी हिमशृङ्खलामा रहेको हिमढिस्का फुटेर निकै ठुलो मात्रामा हिमलेदो पैदा भएर बगेको थियो । त्यसको भार थेग्न नसकी एक्कासि निकै ठुलो वेगमा विद्युतस्य झड्का दिने गरी भयानक रूप ल्रिएर बाढी हावी भयो । विपत्तिको रूपमा रसुवाको टिमुरेस्थित चीन र नेपालको सीमास्थिति भन्सार तथा अन्य निकाय त्यसबाट प्रभावित भए । त्यहाँको भौगोलिक स्थलबाट उक्त भयानक बाढी प्रकोप अगाडि बढ्यो । भोटेकोशी नदीमा प्रवेश गरी एक्कासि बाढी आएको अवस्था बिहानको थियो । त्यतिखेरसम्म सीमाक्षेत्रका सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाका कार्यालय खुलिसकेका थिएनन् । यसरी कार्यसञ्चालनको सुरुआतमै त्यस प्रकारको भयङ्कर बाढीको प्राकृतिक प्रकोप आइरहेको थियो ।

    यस प्रकारको प्रारम्भिक जानकारी र आकस्मिक रूपमा देखिएका प्रकोपका कहालीलाग्दा झलकलाई मध्यनजर गरी स्थानीय रूपमा सुरक्षाकर्मीलगायतका अरू राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधिले आसपासमा रहनुभएका सबै नागरिकलाई भाग्न वा जीवन जोगाउनको लागि सूचना प्रवाह गरे । त्यो खबर माइकिङ गर्दागर्दै भयानक रूपमा आएको बाढी आयो । सधैँ भोटेकोशीमा बग्ने बहावभन्दा निकै माथिबाट अनियन्त्रित रूपमा आएको उक्त बाढीले छिनघडीमै रसुवाका विभिन्न बस्ती, बजार र नदी करिडोरका विभिन्न संरचनालाई उजाड बनायो । बाढीले रसुवा मात्र होइन, नुवाकोट, धाडिङ, गोरखा हुँदै चितवन र पूर्वी नवलपरासीसम्मका भूभागलाई प्रभावित बनायो । रसुवा भोटेकोशीको जलसम्बन्ध रहेको नदीप्रणालीलाई छोएर त्रिशूली नदी हुँदै नारायणी नदीतटीय भूगोलमा बसोबास गर्ने नागरिक र त्यहाँ बस्तीमा इतिहासकै उच्च जोखिम प्रकोपयुक्त बिपत्ति पुर्‍याएको थियो ।

    बाढीबाट रसुवा र नुवाकोट जिल्लाका टिमुरेबजार, त्रिशूलीबजार, बेत्रावती, स्याफ्रुबेसी, देवीघाट, धादिङको गल्छी, मलेखुबजारलगायतका विभिन्न नदीतट्रीय क्षेत्रका व्यापारिक, व्यावसायिक र उत्पादन क्षेत्र प्रभावित भए । जमिनको गहिराइदेखि नै बगाएर निकै ठुलो मानवीय क्षति तथा भौतिक पूर्वाधारको उच्चस्तरको क्षति वा नोक्सान भयो । त्यसले गर्दा अकल्पनीय वा कहालीलाग्दो दुखद अवस्था सिर्जना भयो ।

    यो अकल्पनीय बाढीप्रकोपले त्रिशूली बेसमा निर्माण भएका वा निर्माणाधिन विभिन्न जलविद्युत् परियोजना अर्थात् हाइड्रोपावलाई पूर्ण रूपमा ध्वस्त बनाएको छ । सानाठुला गरी नेपाल विद्युत् प्राधिकरणका आफ्‌नै, विद्युत् प्राधिकरणको लागत साझेदारीमा निर्माण भएका निजी क्षेत्रका हाइड्रोपावर र कतिपय सोलर पावरसहित करिब १०–१५ ओटा जलविद्युत् वा उर्जा उत्पादन प्रभावित भए । हाइड्रोपावरको ध्वंससँगे करिब ६०० मेगावाट जलविद्युत् ऊर्जा उत्पादनको विश्वासिलो आधार र पूर्वाधार ध्वस्त भए । ती सबै पूर्वाधारको ध्वंस मात्रै होइन, ती भौतिक संरचनाहरू कुन स्थलमा थिए ? त्यो पनि पहिचान गर्न नसकिने गरी सखाप बनाएको अवस्था ।

    यस क्षेत्रका हजारौँ नागरिकले आफ्‌नो अमूल्य जीवन उक्त आकस्मिक प्राकृतिक प्रकोपबाट सधैँका लागि गुमाउनुपरेको छ । १४०० भन्दा बढी सङ्ख्यामा मानिसको मृत्यु भएको तथ्याङ्क प्राप्त भएको छ । यो सङ्ख्या फेला परेका शवमाथि आधारित छ । त्यसैगरी करिब ५,००० भन्दा बढी ब्यक्तिहरू अझै पनि बेपत्ता सूचीमा रहेकाले उनीहरूको खोजीकार्य जारी रहेको छ । सरकारी उद्धार संयन्त्रले खोजीकार्य जारी रहेको सूचना अझैसम्म पनि प्रवाह गरेको पाइन्छ । करिब १५,००० जति बिपत् जोखिमबाट भागेर जिउज्यान जोगाएको बताइएको छ । जोखिममा परेका व्यक्तिहरूलाई उद्धारटोलीले उद्धार गरी सुरक्षित अवतरण गराएका सूचना प्राप्त भइरहेका छन् । उद्धारको क्रम पछिसम्म जारी रहेको बताइएको छ ।

    सामान्यतः यस प्रकारको आकस्मिक र त्रासदीपूर्ण प्राकृतिक विपत्तिको अवस्थामा सरकारले सक्रिय र तदारुकताका साथ आफ्‌ना संयन्त्र परिचालन गरेको मान्न सकिन्छ । सुरक्षा निकाय, बिपत जोखिम न्यूनीकरण प्राधिकरणको संयन्त्र, जिल्लास्थित सुरक्षा समितिका संयन्त्रलाइ परिचालन गरी बिपतबाट जोखिममा परेका व्यक्तिको उद्धार र राहतकार्य सञ्चालन गरेको दाबी गरेको छ । सरकारसँग भएका उपकरण वा साधनस्रोतलाई पनि परिचालन गरेको बताइन्छ तर यस प्रकारको प्राकृतिक प्रकोप वा महाबिपत्तिको सामना गर्न र जोखिमबाट तत्काकै जोगाउनका लागि जुनस्तरको पूर्वतयारी थियो, त्यो देखिएन ।

    वैज्ञानिक आधुनिकीकरण प्रविधिको प्रयोग गरेर प्राकृतिक प्रकोपबाट उत्पन्न जोखिमको सामना गर्ने कार्य गर्न सकिएन । यस्ता क्षमतावान् सिपयुक्त जनशक्तिको विकास विगत कालदेखि नै निकै कमजोर थियो । यो विषयलाई नजरअन्दाज गर्दै कामचलाउ रूपमा राखिएको थियो । औपचारिक संयन्त्रको भरमा मात्र रहेको रहेको थियो । यस्तो अवस्थामा वर्तमान राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारको नेतृत्ब गरेपछि यसमा गम्भीरता देखाउन सकेन । समग्र विश्लेषण गरी प्राकृतिक प्रकोपसित सम्बन्धित जोखिम व्यवस्थापनका सबै नीतिगत, प्रशासनिक र प्राविधिक कार्य गर्न सकेन । त्यस क्षेत्रका लागि आवश्यक जनशक्ति र साधनस्रोतको विकासमा प्राथमिकताका साथ कार्य गरेको अवस्था पनि देखिएन । विद्यमान परिस्थितिमा उत्पन्न जोखिम व्यवस्थापनको व्यावहारिक अभ्यास र परिणामले यही तथ्यलाई प्रमाणित गरेको छ । अझै पनि खासगरी हाइड्रोपावरका टनेल वा पावरहाउसका विभिन्न क्षेत्रमा त्यहाँ कार्यरत श्रमिक पेसाकर्मीहरू जोखिममै रहेको वा उनीहरू त्यहाँ फसिरहेको भनिएको छ । कतिपय अफिसियल स्रोतले पनि यस्तो बताएको छ ।

    त्यसैगरी हालसम्म बेपत्ता भएका प्रकोपपीडितको उद्धारका लागि सरकारले आफ्‌नो सम्पूर्ण सं्रोतसाधन र क्षमताको उपयोग गर्नै सकेन । त्यति मात्र होइन, विदेशी प्रविधि, उपकरण र विशेषज्ञ जनशक्तिको समेत उच्चस्तरको प्रयोग गरी फसेका जनताको सःकुशल उद्धार गर्न सकेन । यस्तो गर्न नसकेकोमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) विशेष ध्यानाकर्षण गराउन चाहेको थियो ।

    रसुवाको भोटेकोशी–त्रिशूलीको बाढीप्रकोप बिपत इतिहासकै एउटा कहालीलाग्दो बिपत सावित भएको छ । यस्तो विषम परिस्थितिमा नेपाल सरकारले बिपत तथा जोखिम व्यवस्थापन र उद्धारको लागि सुरुआतमै जसरी आन्तरिक शक्ति, स्रोत परिचालन गर्‍यो, त्यसैगरी गम्भीर भएर बैदेशिक सहयोग पनि लिन सकिन्थ्यो । खासगरी उद्धारका लागि आवश्यक सिप, क्षमतायुक्त अनुभवी बिपत प्रकोप उद्धार बिशेषज्ञ र आधुनिक प्रविधि उपकरणलाई उपयोग गर्न सकिन्थ्यो । यसरी बिपतमा फसेका नागरिकको खोज तथा उद्धार व्यवस्थापन गरेको भए हुन्थ्यो । यसो गरिएको भए विद्यमान अवस्थामा भन्दा दु्रत र प्रभावकारी प्रकारले बिपतमा उद्धार गर्न सकिन्थ्यो । जोखिममा फसेका, खासगरी हाइड्रोपावरका टनेलमा फसेका पीडित व्यक्तिको छिटो र सःकुशल जीवनरक्षा गर्न सकिने थियो भन्ने हामीलाई लागेको छ ।

    हामीले गरेको अपेक्षा सही थियो भन्ने गतिलो आधार त १०–१२ दिनपछि पनि टनेलबाट जीवितै विभिन्न पेसाकर्मी श्रमिकको उद्धार गरिनुबाट देखिएको छ । यसरी स्वयम् उद्धार टोलीले सकुशल उनीहरूको उद्धार गरेको छ । यो निकै खुसीको कुरा हो । यसरी महाबिपतमा खटेर आफ्‌नो जीवनको समेत पर्वाह नगरी काम गर्नु राम्रो कुरा हो । सीमित साधनस्रोतलाई परिचालन गरी उद्धारकार्यमा खट्नुहुने सम्पूर्ण सुरक्षाकर्मीलगायतका विशेषज्ञ टोली, जनप्रतिनिधि, सञ्चारकर्मी, स्थानीय नागरकिरूप्रति हामी कृतज्ञ छौँ । विशेषज्ञ सबैप्रति धन्यवाद प्रकट गर्दछौँ ।

    प्राकृतिक विपत्तिको मूल कारण विश्वको बढ्दो तापक्रम हो । आज विश्वका साम्राज्यवादी शक्तिले आफ्‌नो पुँजीवृद्धिको महŒवाकाङ्क्षा हो । आफ्‌नो सर्वसत्तावादी प्रवृत्तिका कारण उनीहरूले संसारभरिका प्राकृतिक साधनस्रोत र खनिजमाथि कब्जा जमाउन खोजिरहेका छन् । त्यस क्रममा वनपैदावारको निकै ठुलो मात्रामा निरन्तर अनियन्त्रित दोहन भइरहेको छ । त्यसकारण र त्यसबाट दु्रत गतिमा जलवायु परिवर्तन हुन गएको छ ।

    फलस्वरूप पृथ्वीको प्राकृतिक पर्यावरणमा नै नकारात्मक क्षति भइरहेको छ । त्यसको कारणले पृथ्वीको वायुमण्डलको ओजोनको लेयर पातलो हँुदै जाने, समुद्रको पानी चर्को बाष्पीकरणका कारण पर्यावरणीय असन्तुलन हुने, त्यसै क्रममा हिमशृङ्खलाका हिमपहाड तातेर पग्लिने क्रम जारी छ । त्यसको असर नेपालका हिमालमा समेत परिरहेको छ । त्यसले गर्दा हिमालका ग्लेसियरमा परिरहेको छ । यसै क्रममा अस्वाभाविक हिमबाढी उत्पन्न भएर प्राकृतिक भोटेकोशी–त्रिशूली नदी हुँदै महाविपति आइलागेको थियो ।

    यसरी साम्राज्यवादी राष्ट्रले गरेको अन्धाधुन्ध कथित आधुनिकीकरण वा औद्योगिकीकरण समस्या पारेको छ । त्यस्तै रासायनिक मिसाइल वा हतियारको उत्पादन र बजारीकरणको कारण पनि आज विश्वको प्राकृतिक पर्यावरणमा निकै ठुलो ह्रास आइरहेको छ । त्यसको चपेटामा नेपालजस्ता अल्पविकसित राष्ट्रहरू परेकै छन् । नेपाल र नेपालीले आज त्यही दुष्प्रभाव बेहोर्नु परिरहेको छ । त्यसैले सरकारले अब अन्तर्राष्ट्रिय फोरममा यी विषय उठाउनुपर्दछ । देशले वैदेशिक नीतिगत विषयमा आफ्‌ना धारणा राख्दा विनाकारण जलवायुको नकारात्मक असर बेहोर्नुपरेको विषय पनि उठाउनुपर्दछ ।

    विश्वका साम्राज्यवादी राष्ट्रहरूले यसको क्षति बेहोर्नुपर्ने विषय राख्नुपर्दछ । त्यस क्रममा जलवायु न्यायको विषयलाई केवल बिपत व्यवस्थापनका लागि सहयोगको रूपमा मात्र उठाउने होइन, यद्यपि यस सन्दर्भमा नेपाललाई उचित क्षतिपूर्ति दिनुपर्ने मुद्दा गहिरो र विश्वासिलो प्रकारले उठाउनुपर्ने आवश्यकता छँदैछ । सरकारले आगामी दिनमा विश्व समुदायसमक्ष यो विषय राख्नुपर्दछ भन्ने हाम्रो धारणा रहेको छ ।

    सरकारले प्राकृतिक प्रकोपमा परेका व्यक्ति र परिवारको उद्धारको साथसाथै घाइतको स्वास्थ्योपचारमा ध्यान दिनुपर्दछ । बेसहारा बन्न नपुगेका प्रभावितलाई गास, बास र कपासको व्यवस्थापन गरिनुपर्दछ । त्यस क्रममा स्थायी बसोबासको व्यवस्थापन गर्न अविलम्ब माग गर्दछौँ । त्यसैगरी राहत व्यवस्थापनलाई थप व्यवस्थित गर्न र त्यसमा वास्तविक पीडितको पहुँच पुर्‍याउनको लागि काम गरिनुपर्दछ । स्थानीयस्तरमा सरकारी संयन्त्रको नेतृत्वमा सर्वदलीय वा सर्वपक्षीय सहयोग लिइनुपर्दछ । खासगरी स्थानीय जनप्रतिनिधि स्थानीयसहितको राहत वितरण तथा व्यवस्थापन समिति बनाएर जानुपर्दछ । यसरी सबैतिर सहजै सबै बिपतपीडितले राहतको सामग्री पाउने वातावरण सिर्जनना हुनेछ भन्ने देखिन्छ ।

    रसुवा–भोटेकोशी बाढीपीडितको व्यवस्थित उद्धारको लागि एउटा अलगै संयन्त्र बनाइनुपर्दछ । त्यसको मातहतमा समिति बनाएर जतिसक्दो छिटो राहत सामग्री उनीहरूलाई उपलब्ध गराउनुपर्दछ । त्यसैगरी उद्धार गरिएका तथा घाइतेहरूको लागि शीघ्र गुणस्तरिय स्वास्थ्योपचार र मनोपरामर्शजस्ता विषयमा पनि प्रभावकारी व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

    बाढीप्रकोपबाट भएको पूर्वाधार क्षतिको विस्तृत अध्ययन–अनुसन्धान गनिुपर्दछ । अब भविष्यमा यस प्रकारका प्राकृतिक बिपतबाट बचाउ गराउने गरी काम गरिनुपर्दछ । भौतिक पूर्वाधार निर्माण, सामाजिक पूर्वाधार निर्माण, उत्पादन क्षेत्र, बजार निर्माण तथा घरबस्ती निर्माणको लागि समेत दीर्घकालीन योजना बनाइनुपर्दछ । दिगो विकास तथा जलवायुमैत्री रणनैतिक योजना बनाएर अगाडि बढ्नुपर्दछ । त्यस क्रममा मास्टर प्लान निर्माण गरेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाइनुपर्दछ । यसरी मात्र दिगो विकासको मोडेल निर्माण गर्न सक्रिन्छ । यस्तो मास्टर प्लान बनाएर दिगो विकाससँगै बिपत जोखिमबाट जनतालाई बचाउन सकिन्छ । पूर्वाधार विकास तथा नदीतटीय बस्तीको स्थानान्तरण गरी व्यवस्थित र सुरक्षित बस्ती विकासको मोडेल कार्यान्वयनमा जानुपर्दछ । यसका लागि सरकारले विशेष ध्यान जानुपर्दछ ।

    सरकारले घोषणा गरेको बिपत जोखिम राहत कोषमा सकारात्मक रूपले धेरै नेपाली जनताले खुसीसाथ सहयोग गरिरहेका छन् । सहयोगी मन र हातलाई अझ प्रोत्साहित गरेर जानुपर्दछ । अहिलेसम्म राहत कोषमा करिब १६ अर्ब बढी रकम जम्मा भएको छ । त्यस क्रममा जनस्तर सामाजिक सङ्घसंस्था, सरकारी, गैरसरकारी निकाय, कम्पनीसँगै विदेशबाट पनि सहयोग प्राप्त भएको छ । यसलाई विगतका बिपत जोखिम महाभूकम्पलगायतका प्रकोपका बखत गरिएका कतिपय लापर्बाहीसँग जोडेर हेर्नुपर्दछ । त्यसबाट पाठ सिकेर आर्थिक पारदर्शिताको अभ्यास गरिनुपर्दछ ।

    यी कमजोरीबाट पाठ सिकेर उच्चस्तरको विवेक, संयमता र आर्थिक इमानजमान कायम गरिनुपर्दछ । उक्त कोषको रकम प्रकोपपीडित नागरिकको पक्षमा उपयोग हुनुपर्दछ । व्यक्तिगत तथा सामाजिक सम्पत्तिको पुनर्निर्माण, व्यवस्थापन मूलतः पीडितको गास, बास, कपास र सामाजिक सुरक्षाको विषयमा विश्वासिलो वातावरण बनाइनुपर्दछ । यस प्रकारको भरोसा निर्माण गर्नका लागि सरकारले अविलम्व नीति, योजना र कार्यक्रम तर्जुमा गरोस् । यसरी नीति योजना बनाउँदा सर्वदलीय, सर्वपक्षीय स्तरमा व्यापक छलफल र विश्लेषण गरिननुपर्दछ । विशेषज्ञको रायसुझाव लिएर बिपतको यस घडीमा सबै पक्षसँग आपसी सहयोग, समन्वय, सद्भाव र विश्वासिलो पहलकदमी गरिनु आवश्यक छ । प्रभावकारी समन्वयको माध्यमबाट नीति, योजना, कार्यक्रम र बजेटको व्यवस्थापन गर्न ध्यान पुगोस् । यस क्रममा आर्थिक पारदर्शितालाई पहिलो प्राथमिकतामा राखेर प्रभावकारी कार्यन्वयनको लागि हार्दिक अपिल गर्दछौँ ।

    यस बिपतको घडीमा मूलतः श्रमिक, मजदुर, पेसाकर्मी र आम नागरिक नै ठुलो सङ्ख्यामा जोखिममा परेको अवस्था छ । विषम प्रकोपबाट आफ्‌नो जीवन गुमाउनुभएका सबैप्रति श्रद्धाञ्जली प्रकट गर्दछौँ । बिपतबाट घाइते हुनुभएका सबै जनाको गुणस्तरीय उपचारको व्यवस्था होस् । उहाँहरू सबैका शीघ्र स्वास्थ्योपचारको व्यवस्था होस् । बिपतजनको प्रभावकारी रूपमा खोजतलास र उद्धारका लागि विशेष जोड दिइनुपर्दछ । हालसम्म पनि पावरहाउसमा फसेर जोखिममा रहेका श्रमिक पेसाकर्मीको यथाशीघ्र खोजउद्धार गर्नका लागि सरकारका सबै आवश्यक पहल गरोस्, यद्यपि अब ती फसेका नागरिक जीवित भेट्टिने सम्भावना कम रहेको छ ।

    प्राकृतिक महाविपत्तिको यस विषम परिस्थितिको सामना गर्नका लागि सरकारका तीनै तहका संरचना लाग्नुपर्दछ । राजनैतिक दल, सामाजिक सङ्घसंस्था, विशेषज्ञ, पेसाकर्मी, सबै सुरक्षा निकाय, आम सञ्चारकर्मीमाझ आपसी र उच्चस्तरको समझदारी आवश्यक छ । अहिले पनि विश्वास र सहकार्य, समन्वय र सहभागिताको निकै ठुलो आवश्यकता रहेको छ । यस विषयमा सरोकारवाला सबै पक्षको विशेष ध्यान आकृष्ट होस् । आवेग होइन, उच्चस्तरको चेतना र विवेकसहित सरकारले प्रभावकारी समन्वय गरोस् । त्यसका लागि प्रमुख नेतृत्वदायी भूमिका खेल्नुपर्ने हुन्छ । यसका लागि हार्दिक अपिल गर्दै दुःखको यस घडीमा हाम्रो महासङ्घको तर्फबाट पीडितको पक्षमा न्यायको लागि भूमिका खेल्नेछौँ । यस क्रममा भौतिक, आर्थिक र सामाजिक सबै प्रकारका सहयोग उपलब्ध गराउनेछौँ । हाम्रो तर्फबाट भावनात्मक, भौतिक र अभौतिक रूपमा सधैँ सकारात्मक सहयोग सद्भाव रहने बेहोरा अवगत गराउँछौँ ।

    लेखक अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का पूर्व निवर्तमान अध्यक्ष हुनुहुन्नछ ।

    सोमबार, असोज १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बागलुङमा बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति
    राजमो नेता जयबहादुर मल्लको निधन
    कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय
    उद्योग वाणिज्य संघको निर्वाचनमा अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ सहभागी नहुने
    भोटेकोशी बाढी : रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
    बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

    • २.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

    • ३.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ४.
      राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ५.
      नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

    • ६.
      विष्टका आफन्त भेटिएनन्, मूल प्रवाहसमेतले गर्‍यो दाहसंस्कार

    भर्खरै

    • १.
      बागलुङमा बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    • २.
      बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

    • ३.
      राजमो नेता जयबहादुर मल्लको निधन

    • ४.
      बेलायतबाट अमेरिकी बमवर्षक फिर्ता

    • ५.
      गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

    • ६.
      सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

    • ७.
      होर्मुजको तनावबीच मध्यपूर्वको तेल निर्यातमा वृद्धि

    • ८.
      दक्षिणपूर्वी एसियामा चिनियाँ सैन्य पहुँच विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.