• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भोटेकोशी बाढी : रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

आठ हजारले बनाए राष्ट्रिय परिचयपत्र

हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

श्रीलङ्कामा भारी वर्षापछि बाढी र डुबान 

पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

दाउन्ने बस दुर्घटना: मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

लोकप्रिय समाचार

  • १. प्युठानका खनालको चेन्नईमा मृत्यु

  • २. राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

  • ३. राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ४. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ५. नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

  • ६. मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

  • ७. विष्टका आफन्त भेटिएनन्, मूल प्रवाहसमेतले गर्‍यो दाहसंस्कार

  • ८. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • ९. ‘हामी गाउँछौँ क्रान्तिको गीत’ : क्रान्तिको उद्वेलित भाव

  • १०. स्मृतीमा मधुकुमार क्षेत्री : कलकत्तादेखि राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वसम्म

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित


  •   सोमबार, असोज १९, २०८३ मा प्रकाशित
  • म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी पहिरोले म्याग्दीका करिब ५५० घरपरिवार प्रभावित भएका छन् ।

    Advertisement

    एक सय ११ घरमा पूर्ण, ९३ मा आंशिक क्षति र ३४२ घर जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार सबैभन्दा बढी अन्नपूर्ण गाउँपालिकामा ४५ घर पूर्ण, १२ घरमा आंशिक क्षति र १८३ घर जोखिममा परेका छन् ।

    बेनी नगरपालिकामा ३० घरमा पूर्ण, १४ मा आंशिक र ४५ घर जोखिममा परेका छन् । मङ्गला गाउँपालिकामा २३ घरमा पूर्ण, ३२ मा आंशिक क्षति र ३५ घर जोखिममा परेका सहायक प्रजिअ आचार्यले बताउनुभयो ।

    यसैगरी, रघुगङ्गा गाउँपालिकामा छ घर पूर्ण, २७ आंशिक र ५३ घर जोखिममा परेका छन् । मालिका गाउँपालिकामा तीन घरमा पूर्ण, एकमा आंशिक क्षति र तीन घर जोखिममा परेका छन् । धवलागिरि गाउँपालिकामा चार घरमा पूर्ण, सातमा आंशिक क्षति र २३ घर जोखिममा परेका छन् । ५६ गोठ भत्किएर, पुरिएर क्षति पुग्दा २० पशुचौपाया मरेका छन् । अन्नपूर्ण गाउँपालिकाको गिवाङ, पाउद्धार, किन्दु, घिरवाङका ११५ जना पहिरो प्रभावितलाई उद्धार गरेर शिख र घारको अस्थायी शिविरमा राखिएको छ । विस्थापितहरुलाई सडक यातायात अवरुद्ध भएकाले बेनीदेखि हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी गरेर उपलब्ध गराइएको छ ।

    अन्नपूर्ण गाउँपालिकामा पाँच र मालिका गाउँपालिकामा दुई जनाको पहिरोमा परी मृत्यु भएको छ । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा एक/एक जना बेपत्ता भएका छन् । पहिरोले सडक, खानेपानी, नदी नियन्त्रण, विद्यालय भवन, सार्वजनिक भवन, पदमार्ग, सिँचाइ, कृषि, पशुपक्षीलगायत क्षेत्रमा पुगेको क्षतिको विवरण सङ्कलन भइरहेको छ । पूर्ण विवरण सङ्कलन हुदाँसम्म क्षतिको सङ्ख्या बढ्ने प्रशासनको भनाइ छ ।

    सोमबार, असोज १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढी : रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
    आठ हजारले बनाए राष्ट्रिय परिचयपत्र
    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे
    श्रीलङ्कामा भारी वर्षापछि बाढी र डुबान 
    पोखरीमा डुबेर दुई किशोरीको मृत्यु
    दाउन्ने बस दुर्घटना: मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      प्युठानका खनालको चेन्नईमा मृत्यु

    • २.
      राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

    • ३.
      राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ५.
      नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

    • ६.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

    भर्खरै

    • १.
      भोटेकोशी बाढी : रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

    • २.
      आठ हजारले बनाए राष्ट्रिय परिचयपत्र

    • ३.
      हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    • ४.
      बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

    • ५.
      श्रीलङ्कामा भारी वर्षापछि बाढी र डुबान 

    • ६.
      पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

    • ७.
      दाउन्ने बस दुर्घटना: मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

    • ८.
      प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.