• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज २०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बागलुङमा बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

राजमो नेता जयबहादुर मल्लको निधन

बेलायतबाट अमेरिकी बमवर्षक फिर्ता

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

होर्मुजको तनावबीच मध्यपूर्वको तेल निर्यातमा वृद्धि

दक्षिणपूर्वी एसियामा चिनियाँ सैन्य पहुँच विस्तार

तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने

लोकप्रिय समाचार

  • १. राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

  • २. मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

  • ३. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ४. राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ५. नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

  • ६. विष्टका आफन्त भेटिएनन्, मूल प्रवाहसमेतले गर्‍यो दाहसंस्कार

  • ७. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • ८. स्मृतीमा मधुकुमार क्षेत्री : कलकत्तादेखि राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वसम्म

  • ९. कपिलवस्तुको शिवराज–४ मा राजमो भेला, अध्यक्षमा हुसेन मुल्ला चयन

  • १०. गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

होर्मुजको तनावबीच मध्यपूर्वको तेल निर्यातमा वृद्धि


  •   सोमबार, असोज १९, २०८३ मा प्रकाशित
  • मध्यपूर्व,१९ असोज । इरानबाहेक मध्यपूर्वबाट हुने कच्चा तेलको निर्यातमा उल्लेख्य सुधार आएको छ । होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि तेल निर्यात केही दिन दैनिक एक करोड ८० लाख ब्यारेलभन्दा माथि पुगेको समुद्री यातायात अनुगमन गर्ने संस्था केप्लरको तथ्यांकले देखाएको छ ।

    Advertisement

    केप्लरका अनुसार सेप्टेम्बरमा इरानबाहेक मध्यपूर्वबाट कम्तीमा दैनिक एक करोड ६५ लाख ब्यारेल कच्चा तेल निर्यात भएको थियो । मार्चको तुलनामा यो ठूलो सुधार हो । मार्चमा क्षेत्रबाट दैनिक औसत करिब ६० लाख ब्यारेल मात्र तेल बाहिरिएको थियो ।

    होर्मुजको विकल्प खोजिँदै

    तेल निर्यात बढे पनि त्यसको बाटो भने परिवर्तन भएको छ । युद्धअघि मध्यपूर्वको अधिकांश कच्चा तेल होर्मुज जलडमरूमध्य हुँदै बाहिरिने गरेको थियो । अहिले करिब ४० प्रतिशत तेल उक्त जलडमरूमध्य प्रयोग नगरी वैकल्पिक बाटोबाट निर्यात भइरहेको केप्लरले जनाएको छ ।

    साउदी अरब र संयुक्त अरब इमिरेट्सले आफ्ना पाइपलाइनको प्रयोग बढाएका छन् । लाल सागर हुँदै हुने तेल ढुवानी पनि बढेको छ । यसले होर्मुज जलडमरूमध्यमा निर्भरता घटाउन सहयोग गरेको छ ।

    साउदी अरबको पाइपलाइन पुनः सञ्चालन
    साउदी अरबले पूर्व–पश्चिम तेल पाइपलाइन पुनः सञ्चालन गरेपछि तेल निर्यातलाई वैकल्पिक मार्गबाट पठाउन सहज भएको छ । उक्त पाइपलाइनले देशको पूर्वी क्षेत्रमा रहेका तेल क्षेत्रलाई लाल सागरस्थित यान्बु बन्दरगाहसँग जोड्छ ।

    आक्रमणका कारण सेप्टेम्बरमा केही समय बन्द भएको पाइपलाइन सेप्टेम्बर २२ मा पुनः सञ्चालनमा आएको थियो । सुरुमा कम क्षमतामा सञ्चालन भए पनि यसले होर्मुज जलडमरूमध्यबाट तेल पठाउनुपर्ने दबाब घटाएको छ ।

    केप्लरका अनुसार सेप्टेम्बरमा साउदी अरबबाट कम्तीमा दैनिक ५१ लाख ब्यारेल कच्चा तेल निर्यात भएको थियो । संयुक्त अरब इमिरेट्सबाट दैनिक करिब ३२ लाख ब्यारेल र इराकबाट करिब २६ लाख ब्यारेल निर्यात भएको अनुमान गरिएको छ ।

    पानीजहाज परिवर्तन गरेर पनि तेल पठाइँदै

    होर्मुज जलडमरूमध्य हुँदै जाने तेलको ठूलो हिस्सा बीच समुद्रमै एउटा पानीजहाजबाट अर्को पानीजहाजमा सार्ने गरिएको छ । यसरी तेललाई सुरक्षित वा वैकल्पिक मार्ग हुँदै गन्तव्यसम्म पु¥याउने प्रयास भइरहेको छ ।

    केप्लरका अनुसार अगस्टमा होर्मुज हुँदै गएको कच्चा तेलमध्ये ७० प्रतिशतभन्दा बढी तेल समुद्रमै अर्को पानीजहाजमा सारिएको थियो ।

    जोखिम भने अझै कायमै

    तेल निर्यात बढे पनि अवस्था पूर्ण रूपमा सामान्य भइसकेको छैन । होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणको जोखिम अझै रहेको छ । पछिल्ला दिनमा यस क्षेत्रमा धेरै पानीजहाजमाथि आक्रमणका घटना रिपोर्ट भएका छन् ।

    इरानले जलडमरूमध्यमा आफ्नो नियन्त्रण रहेको दाबी गर्दै आएको छ । अनुमति बिना उक्त मार्ग प्रयोग गर्ने पानीजहाजहरू जोखिममा पर्न सक्ने अवस्था रहे पनि वैकल्पिक मार्ग र समुद्रमा पानीजहाज परिवर्तन गर्ने प्रणालीका कारण तेलको आवागमन बढेको छ ।

    तेलको मूल्यमा पनि असर

    मध्यपूर्वबाट तेलको आपूर्ति बढेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा केही दबाब परेको छ । सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य ०.७९ प्रतिशतले घटेर प्रतिव्यारेल १०१ डलर ४४ सेन्ट पुगेको थियो । अमेरिकी कच्चा तेलको मूल्य पनि १.२० प्रतिशतले घटेर प्रतिव्यारेल ९० डलर २ सेन्टमा पुगेको थियो ।

    तर विज्ञहरूका अनुसार आपूर्ति बढ्दैमा क्षेत्रको अवस्था सामान्य भइसकेको मान्न सकिँदैन । तेल ढुवानीका वैकल्पिक बाटाहरू सञ्चालनमा आए पनि सुरक्षा जोखिम र बढ्दो ढुवानी खर्च अझै चुनौतीका रूपमा रहेका छन् ।

    सोमबार, असोज १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बागलुङमा बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति
    बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी
    राजमो नेता जयबहादुर मल्लको निधन
    बेलायतबाट अमेरिकी बमवर्षक फिर्ता
    गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी
    सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

    • २.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

    • ३.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ४.
      राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ५.
      नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

    • ६.
      विष्टका आफन्त भेटिएनन्, मूल प्रवाहसमेतले गर्‍यो दाहसंस्कार

    भर्खरै

    • १.
      बागलुङमा बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    • २.
      बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

    • ३.
      राजमो नेता जयबहादुर मल्लको निधन

    • ४.
      बेलायतबाट अमेरिकी बमवर्षक फिर्ता

    • ५.
      गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

    • ६.
      सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

    • ७.
      होर्मुजको तनावबीच मध्यपूर्वको तेल निर्यातमा वृद्धि

    • ८.
      दक्षिणपूर्वी एसियामा चिनियाँ सैन्य पहुँच विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.