तौलिहवा । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ मा राष्ट्रिय जनमोर्चाको तेस्रो वडाभेला सम्पन्न भएको छ ।
राजमो कपिलवस्तुका सचिव केरसिंह अदैको प्रमुख आतिथ्यमा २०८३ भदौ १७ गते बुधबार सो कार्यक्रम सम्पन्न भएको छ ।
शिवप्रसाद चौधरीको अध्यक्षतामा अघि बढेको उक्त भेलाले उहाँ नै अध्यक्ष रहनुभएको सल्लाहकारसहित १५ सदस्यीय राजमोको वडा समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा रूपलाल घर्ती, सचिवमा लिली घर्तीमगर, कोषाध्यक्षमा मोहन दगौरा, सदस्यमा मनसारा पुनमगर, राजु विक, सुकन्न्या चौधरी, कमला पुनमगर, वैकल्पिक सदस्यमा बमबहादुर लामा, सन्तकला पुन तथा सल्लाहकारमा कर्मराज चौधरी, जितबहादुर जिसी, केहरसिंह पुनमगर र होमबहादुर सुनार रहनुभएको छ ।
भेलामा मन्तव्य राख्दै सचिव अदैले देश सङ्कटमा फस्दै गएको धारणा राख्नुभयो ।
उहाँले सङ्गठनमा उतारचढाव आइरहने हुँदा हतास नहुन आग्रह गर्नुभयो ।
कार्यक्रममा राजमो जिल्ला कोषाध्यक्ष शिवराज नगर अध्यक्ष केहरसिंह पुन र राजमो जिल्ला सदस्य कर्मराज चौधरीले मन्तव्य राख्नुभएको थियोे ।
