• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, भदौ ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बेपत्ता पत्रकारसहित प्रभावितको खोजी, उद्धार र राहतकार्यलाई तीव्रता दिन प्रगतिशीलको आग्रह

SEO Super Tool — Probe 3033306f

शवबाट सुनका गहना निकाल्ने दुई जना पक्राउ

भोटेकोसी बाढीले पूर्वाधारमा व्यापक क्षति, ४३१ मेगावाट विद्युत् बन्द

इरान वार्तामा हतार छैन : ट्रम्प

शान्ति अभियान बदलिँदो विश्वअनुकूल बनाउन गुटेरेसको आग्रह

भोटेकोशी बाढी : बाँकेका २२ जना सम्पर्कविहीन

डीआर कङ्गोमा इबोला नियन्त्रण चुनौतीपूर्ण

अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

लोकप्रिय समाचार

  • १. चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

  • २. तीज गीत : देश पोलेर

  • ३. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ४. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

  • ५. रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

  • ६. तिज गीत: उठ सारा चेली

  • ७. काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

  • ८. ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

  • ९. मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

  • १०. चिनियाँ राष्ट्रपति भन्छन् : राज्यका सम्पूर्ण संयन्त्रलाई उद्धारमा खटाउनू

बेपत्ता पत्रकारसहित प्रभावितको खोजी, उद्धार र राहतकार्यलाई तीव्रता दिन प्रगतिशीलको आग्रह


  •   बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले बेपत्ता पत्रकार, निजका परिवारसहित सम्पूर्ण प्रभावित मानिसको खोजी, उद्धार र राहतकार्यमा ध्यान दिन सरकारसित माग गरेको छ ।

    Advertisement

    अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा २०८३ भदौ ११ गते बिहीबार प्रेसवक्तव्य जारी गर्दै प्रगतिशीलले सो धारणा सार्वजनिक गरेको हो ।

    प्रेसवक्तव्यमा ज्ञातअज्ञात मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनप्रति समवेदनासँगै घाइतेको नि:शुल्क उपचार र बेघरबारको व्यवस्थापनमा ध्यान दिन पनि आग्रह गरेको छ ।

    नेपाली र विश्वका जनताको सहयोगबाट रसुवा त्रासदीबाट माथि उठ्नुको विकल्प नरहेको सो सङ्गठनको धारणा रहेको छ ।

    प्रारम्भिक तथ्यका आधारमा विश्वको बढ्दो तापक्रमका कारण रसुवा घटना घटेको बताउँदै प्रगतिशीलले हिमालको रक्षाका लागि नेपालले विश्वसामु आवाज उठाउनुपर्ने आवश्यकतामा पनि जोड दिइएको छ ।

    यस्तो छ, प्रेसवक्रव्यको पूर्ण पाठ :

    “२०८३ भदौ १० गते बुधबार बिहान चीनको तिब्बतबाट ल्हेन्दो खोला हुँदै भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनसम्म अकल्पनीय प्रकारले जनधनको क्षति गरेको छ । बाढीबाट रसुवा र नुवाकोटमा अत्यधिक जनधन र भौतिक संरचनाको क्षति भएको छ भने धादिङमा पनि भौतिक क्षति भएको छ । यतिखेर मृतकका शव चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सम्म फेला परिरहेका छन् । रसुवा र नुवाकोटमा शवको उत्खनन् गर्नै बाँकी छ । सरकारले यतिखेर तात्कालिक प्रकृतिको द्रुत उद्धार तथा राहतकार्यमै ध्यान केन्द्रित गरिरहेको छ ।

    यो प्रेसवक्तव्य जारी गर्दासम्म लगभग चार सय जनाको शव फेला परिसकेको छ भने त्योभन्दा बढीको उद्धार भइसकेको छ । बाढीमा नेपालका मात्रै नभएर थुप्रै विदेशी नागरिकसमेत परेका छन् । यस क्रममा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य टेकराज थामी र भक्तपुरका पत्रकार शेखर ढुङ्गाना सम्पर्कविहीन अवस्थामा छन् भने रसुवाका पत्रकार निराजन पौडेलेको परिवार पनि सम्पर्कविहीन अवस्थामा छन् ।

    प्रगतिशील पत्रकार सङ्घ रसुवा बाढीले ल्याएको त्रासदीप्रति गम्भीर दु:ख व्यक्त गर्दछ । ज्ञातअज्ञात मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दछ । घाइतेको तदारुकताका साथ नि:शुल्क उपचारको व्यवस्था गर्न माग गर्दछ । त्यस्तै तीव्र गतिमा बेपत्ताको खोजी, उद्धार र राहतकार्यसँगै प्रभावित बेघरवारजनको व्यवस्थापनमा तीव्रता दिन सरकारसित आग्रह गर्दछ । बिपद्को यो अवस्थामा विश्वले नै सहयोगको हात बढाइरहेका बेला सबैको सहयोगबाट यो प्राकृतिक त्रासदीबाट छिटोभन्दा छिटो माथि उठ्ने प्रयास गर्नुको विकल्प हामीसँग छैन ।

    प्रारम्भिक तथ्यको आधारमा रसुवा त्रासदी सामान्य प्राकृतिक विपत्ति होइन, यो त मुख्यत: विश्वको बढ्दो तापक्रमको अनिवार्य परिणाम हो भन्ने निष्कर्ष निकाल्न कठिनाइ छैन । जति बेला यो बाढी आएको थियो, त्यति बेला नेपालमा वर्षा भइरहेको थिएन । तिब्बततर्फको अस्वाभाविक भौगर्भिक हलचलबाट ल्हेन्दो खोला थुनिन पुगेको थियो । यस घटनाको ठोस कारण छिट्टै पत्ता लाग्ने नै छ तर पनि एउटा तथ्य स्पष्ट छ– नेपालजस्तो हिमाली मुलुकमा विश्वको बढ्दो तापक्रमले गम्भीर दुष्परिणाम निम्त्याइरहेको छ, अहिलेको बाढी त सुरुआत मात्र हो । जबसम्म विश्वको तापक्रम नियन्त्रण हुँदैन, तबसम्म यस्ता जोखिमबाट हाम्रो देश झनै बढी पीडित हुनेछ । त्यसैले हिमालको रक्षाका लागि विश्वको पर्यावरण रक्षा गर्न हामीले सरकार र विश्व जनमतको ध्यानाकर्षण गराउन चाहान्छौँ ।”

    बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    SEO Super Tool — Probe 3033306f
    शवबाट सुनका गहना निकाल्ने दुई जना पक्राउ
    भोटेकोसी बाढीले पूर्वाधारमा व्यापक क्षति, ४३१ मेगावाट विद्युत् बन्द
    इरान वार्तामा हतार छैन : ट्रम्प
    शान्ति अभियान बदलिँदो विश्वअनुकूल बनाउन गुटेरेसको आग्रह
    भोटेकोशी बाढी : बाँकेका २२ जना सम्पर्कविहीन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

    • २.
      तीज गीत : देश पोलेर

    • ३.
      मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

    • ४.
      जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

    • ५.
      रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

    • ६.
      तिज गीत: उठ सारा चेली

    भर्खरै

    • १.
      बेपत्ता पत्रकारसहित प्रभावितको खोजी, उद्धार र राहतकार्यलाई तीव्रता दिन प्रगतिशीलको आग्रह

    • २.
      SEO Super Tool — Probe 3033306f

    • ३.
      शवबाट सुनका गहना निकाल्ने दुई जना पक्राउ

    • ४.
      भोटेकोसी बाढीले पूर्वाधारमा व्यापक क्षति, ४३१ मेगावाट विद्युत् बन्द

    • ५.
      इरान वार्तामा हतार छैन : ट्रम्प

    • ६.
      शान्ति अभियान बदलिँदो विश्वअनुकूल बनाउन गुटेरेसको आग्रह

    • ७.
      भोटेकोशी बाढी : बाँकेका २२ जना सम्पर्कविहीन

    • ८.
      डीआर कङ्गोमा इबोला नियन्त्रण चुनौतीपूर्ण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.