• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

डीआर कङ्गोमा इबोला नियन्त्रण चुनौतीपूर्ण


  •   बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
  • किन्शासा, ११ भदौ (रासस/सिन्ह्वा) । डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा इबोला सङ्क्रमणको गति घटे पनि प्रकोप नियन्त्रणमा अझै उल्लेख्य सुधार नआएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । सोमबारसम्म पाँच हजार ६५६ जनामा सङ्क्रमण पुष्टि हुनुका साथै दुई हजार ७१५ जनाको मृत्यु भएको छ ।

    Advertisement

    अफ्रिकाका लागि डब्लुएचओ क्षेत्रीय कार्यालयद्वारा बुधबार आयोजित अनलाइन पत्रकार सम्मेलनमा विशेषज्ञ मेरी रोजलाइन बेलिजायरले सङ्क्रमणको गति कम भए पनि प्र्रकोपको अवस्था अझै नियन्त्रणको चरणमा नपुगेको बताउनुभयो । उहाँका अनुसार छ प्रान्तका ५८ स्वास्थ्य क्षेत्रमा सङ्क्रमण फैलिएको छ भने एक हजार २४५ जना उपचारपछि निको भएका छन् । मृत्यु दर करिब ४८ प्रतिशत रहेको छ ।

    गत मेमा घोषणा गरिएको यो  प्रकोप डीआरसीमा अहिलेसम्मकै सबैभन्दा ठूलो तथा घातक र पश्चिम अफ्रिकामा सन् २०१४–२०१६ को महामारीपछि विश्वकै दोस्रो ठूलो इबोला प्रकोप बनेको छ । भाइरस मेमा पुष्टि हुनुभन्दा केही महिनाअघि, सम्भवतः फेब्रसअरीदेखि नै फैलिएको सिक्वेन्सिङ तथ्याङ््कले देखाएको बेलिजायरले बताउनुभयो । केही प्रमाणले भने सन् २०२५ को डिसेम्बरदेखि नै सङ्क्रमण फैलिएको हुन सक्ने देखाएको उहाँको भनाइ छ ।

    रोग पहिचानमा ढिलाइ, समुदायस्तरमा निरन्तर सङ्क्रमण, असुरक्षित शव व्यवस्थापन, सङ्क्रमण नियन्त्रणका कमजोरी, असुरक्षा तथा जनआवागमनले प्रकोप विस्तारमा योगदान पु¥याएको उहाँले बताउनुभयो । उपचार केन्द्रभन्दा समुदायमै हुने मृत्युको उच्च दरलाई डब्लुएचओले प्रमुख चिन्ताका रूपमा लिएको छ । घरमै मृत्यु हुँदा सङ्क्रमितलाई अलग गर्न र सम्पर्कमा आएका व्यक्तिको पहिचान गर्न कठिन हुने भएकाले सङ्क्रमणको नयाँ शृङ्खला सुरु हुन सक्ने उहाँले स्पष्ट पार्नुभयो ।

    प्रकोप विस्तार भए पनि निगरानी र उपचार क्षमता बढाइएको छ । सम्पर्क अनुगमन दर करिब ४० प्रतिशतबाट बढेर ८५ प्रतिशत पुगेको छ भने २१ प्रयोगशालाले दैनिक करिब तीन हजार परीक्षण गर्न सक्ने क्षमता बनाएका छन्। ४९ उपचार केन्द्रमा एक हजार ३०० भन्दा बढी शय्या उपलब्ध छन् र करिब ८०० पुष्टि भएका बिरामी उपचाररत छन् । सेप्टेम्बरको मध्यसम्म क्षमता एक हजार ७०० शय्यामा पु¥याउने तयारी छ ।

    तर उपचारका चिकित्सकीय विकल्प सीमित रहेको डब्लुएचओले जनाएको छ । जाइर इबोलाभाइरस विरुद्ध प्रयोग हुने एरभेबो खोप बुन्डिबुग्यो भाइरसका लागि स्वीकृत नभएको र दुवैबीच क्रस–सुरक्षाको पुष्टि नभएको बेलिजायरले बताउनुभयो । डीआरसी सरकारको अनुरोधमा ७० हजार मात्रा एरभेबो खोप उपलब्ध गराउने स्वीकृति दिइएको छ । त्यसमध्ये २० हजार मात्रा बुन्डिबुग्यो भाइरसविरुद्ध तेस्रो चरणको परीक्षण र ५० हजार मात्रा अग्रपङ्क्तिमा खटिएका तथा स्वास्थ्यकर्मीका लागि प्रयोग गरिनेछ ।

    यसैबीच, छिमेकी युगान्डामा भने इबोला प्रकोप अन्त्य भएको छ । डब्लुएचओका अनुसार अन्तिम बिरामी अस्पतालबाट डिस्चार्ज भएको ४२ दिन पूरा भएपछि प्रकोप अन्त्य भएको मानिएको हो । युगान्डामा २० जनामा सङ्क्रमण पुष्टि भएकामा १५ जना डीआरसीबाट आएका थिए ।

    यद्यपि डीआरसीबाट सीमापार सङ्क्रमण फैलिने जोखिम कायम रहेको डब्लुएचओले जनाएको छ । बेलिजायरका अनुसार मध्य अफ्रिकी गणतन्त्र र दक्षिण सुडान उच्च जोखिममा छन् । उहाँले डीआरसीमा फैलिएको ठूलो र भौगोलिक रूपमा विस्तारित प्रकोप नियन्त्रणलाई तत्कालको मुख्य चुनौतीका रूपमा औँल्याउनुभयो ।

    बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.