• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, भदौ ११, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरान वार्तामा हतार छैन : ट्रम्प

शान्ति अभियान बदलिँदो विश्वअनुकूल बनाउन गुटेरेसको आग्रह

भोटेकोशी बाढी : बाँकेका २२ जना सम्पर्कविहीन

डीआर कङ्गोमा इबोला नियन्त्रण चुनौतीपूर्ण

अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

१४ शिशुको मृत्युको अनुसन्धान सुरु

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

हिमनदी पतनले निम्त्याएको विपत्ति

मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

लोकप्रिय समाचार

  • १. चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

  • २. तीज गीत : देश पोलेर

  • ३. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ४. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

  • ५. रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

  • ६. तिज गीत: उठ सारा चेली

  • ७. काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

  • ८. ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

  • ९. मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

  • १०. चिनियाँ राष्ट्रपति भन्छन् : राज्यका सम्पूर्ण संयन्त्रलाई उद्धारमा खटाउनू

इरान वार्तामा हतार छैन : ट्रम्प


  •   बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
  • वासिङ्टन, ११ भदौ (रासस/एएनआई) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्य गर्न वार्तामा फर्कन तेहरानलाई कुनै निश्चित समयसीमा नतोकिएको बताउनुभएको छ । उहाँले आफू वार्ता पुनः सुरु गर्न हतारमा नरहेको बताउँदै अमेरिकी आर्थिक तथा सैन्य दबाब प्रभावकारी भइरहेको दाबी गर्नुभएको छ ।

    Advertisement

    अल जजिरासँग बुधबार कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानलाई वार्तामा फर्कन कति समय दिइएको भन्ने प्रश्नमा आफूले कुनै समयतालिका नबनाएको बताउनुभयो । उहाँले अमेरिकाले ‘धेरै ठूलो जित’ हासिल गरिरहेको दाबी गर्दै इरानको उच्च मुद्रास्फीति र कमजोर बन्दै गएको अर्थतन्त्रतर्फ सङ्केत गर्नुभयो । सैन्य आक्रमण वा आर्थिक उपायमध्ये कुन प्रभावकारी छ भन्ने प्रश्नमा उहाँले दुवै प्रभावकारी रहेको बताउनुभयो ।

    यसैबीच, कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानी बिहीबार तेहरान पुगेर इरानी अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीका अनुसार उहाँले तनाव घटाउने र वार्ताका लागि अनुकूल वातावरण बनाउने उपायबारे छलफल गर्नुहुनेछ । वार्तामा हर्मुज जलघाँटीमा जहाज आवागमनको स्वतन्त्रता तथा फेब्रुअरी २८ अघिको अवस्थातर्फ फर्किनुपर्ने विषय पनि उठाइनेछ ।

    अमेरिकाले तेहरानविरुद्ध सैन्य अभियान सुरु गरेको करिब छ महिनापछि कतार र पाकिस्तानको सक्रियतामा तनाव कम गर्ने कूटनीतिक प्रयास अघि बढेको हो । यस क्रममा राष्ट्रपति ट्रम्पले जारी सैन्य कारबाहीमा गम्भीर घाइते भएको भनिएका इरानी सर्वोच्च नेता मोजतबा खामेनी अझै जीवित रहेको आफूलाई विश्वास रहेको बताउनुभएको छ ।

    यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सहयोगी मुलुकका विदेशमन्त्रीहरूलाई वासिङ्टन तत्काल इरानविरुद्ध नयाँ सैन्य आक्रमण गर्ने पक्षमा नरहेको जानकारी दिनुभएको छ । अमेरिकी प्रशासनले अहिले नौसैनिक अवरोध र आर्थिक उपायमार्फत दबाब बढाउने रणनीति लिएको बताइएको छ । यद्यपि तेहरानबाट पहिले आक्रमण भएमा सैन्य विकल्प खुला रहने अमेरिकी अधिकारीहरूले बताएका छन् ।

    अगस्ट २४ मा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ‘अपरेसन इकोनोमिक आउटकास्ट’ सुरु गर्ने घोषणा गर्नुभएको थियो । अभियानमार्फत इरानका वित्तीय सम्बन्ध तोड्ने र इरानी शासनलाई सहयोग पुग्ने राजस्व स्रोत रोक्ने उद्देश्य राखिएको बताइएको छ ।

    कतारको पहल पाकिस्तानी सेना प्रमुख असीम मुनीरको हालैको तेहरान भ्रमणपछि अघि बढेको हो । उहाँले हर्मुजको जलघाँटी पुनः खोल्ने तथा क्षेत्रीय प्रोक्सीमार्फत हुने आक्रमण रोक्ने प्रतिबद्धताको बदलामा नाकाबन्दी र आर्थिक प्रतिबन्ध हटाउने अमेरिकी प्रस्ताव इरानसमक्ष राख्नुभएको बताइएको छ ।

    कतार र पाकिस्तान अमेरिका–इरान द्वन्द्व कम गर्ने प्रयासमा प्रमुख मध्यस्थकर्ताका रूपमा सक्रिय छन् । शुक्रबार अगस्ट २८ मा अमेरिकी सैन्य अभियान सुरु भएको छ महिना पुग्दैछ । यसअघि राष्ट्रपति ट्रम्पले द्वन्द्व चारदेखि छ हप्तामात्र चल्ने बताउनुभएको थियो ।

    गत जुनमा अमेरिका र इरानले हर्मुज हुँदै पारवहन, इरानमाथिका प्रतिबन्ध हटाउने तथा तेहरानको आणविक कार्यक्रमबारे वार्तासहितका विषयमा ६० दिने समझदारी गरेका थिए । उक्त समझदारी यसै महिनाको सुरुमा समाप्त भएको थियो ।

    बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शान्ति अभियान बदलिँदो विश्वअनुकूल बनाउन गुटेरेसको आग्रह
    भोटेकोशी बाढी : बाँकेका २२ जना सम्पर्कविहीन
    डीआर कङ्गोमा इबोला नियन्त्रण चुनौतीपूर्ण
    अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह
    १४ शिशुको मृत्युको अनुसन्धान सुरु
    भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

    • २.
      तीज गीत : देश पोलेर

    • ३.
      मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

    • ४.
      जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

    • ५.
      रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

    • ६.
      तिज गीत: उठ सारा चेली

    भर्खरै

    • १.
      इरान वार्तामा हतार छैन : ट्रम्प

    • २.
      शान्ति अभियान बदलिँदो विश्वअनुकूल बनाउन गुटेरेसको आग्रह

    • ३.
      भोटेकोशी बाढी : बाँकेका २२ जना सम्पर्कविहीन

    • ४.
      डीआर कङ्गोमा इबोला नियन्त्रण चुनौतीपूर्ण

    • ५.
      अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

    • ६.
      १४ शिशुको मृत्युको अनुसन्धान सुरु

    • ७.
      भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

    • ८.
      हिमनदी पतनले निम्त्याएको विपत्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.