• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

शान्ति अभियान बदलिँदो विश्वअनुकूल बनाउन गुटेरेसको आग्रह


  •   बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
  • संयुक्त राष्ट्रसङ्घ, ११ भदौ (रासस/सिन्ह्वा) । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बदलिँदो विश्व सुरक्षा परिस्थितिअनुसार संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानलाई थप प्रभावकारी, चुस्त र राजनीतिक समाधानमुखी बनाउनुपर्ने बताउनुभएको छ । उहाँले बढ्दो द्वन्द्व, परिवर्तनशील भूराजनीति र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबीच शान्ति अभियानलाई नयाँ वास्तविकताअनुकूल बनाउन आग्रह गर्नुभएको हो ।

    Advertisement

    संयुक्त राष्ट्र महासभाको अनौपचारिक पूर्ण बैठकलाई मङ्गलबार सम्बोधन गर्दै उहाँले विगत आठ दशकमा द्वन्द्वको स्वरूप र सामूहिक सहकार्यको सम्भावना परिवर्तन भएकाले शान्ति अभियानसम्बन्धी दृष्टिकोण पनि विकसित भएको बताउनुभयो । अब विश्वमा देखिएका नयाँ चुनौतीअनुसार अभियानलाई पुनः अनुकूलन गर्नुपर्ने उहाँको भनाइ थियो ।

    गुटेरेसका अनुसार विश्वको भूराजनीतिक अवस्था परिवर्तन भइरहेको, शक्ति विभिन्न क्षेत्रमा फैलिँदै गएको र प्रभावका नयाँ केन्द्र तथा प्रतिस्पर्धाका नयाँ रेखा निर्माण भइरहेका छन् । अन्तरराज्यीय द्वन्द्व पुनः बढ्नुका साथै आन्तरिक द्वन्द्वसमेत अन्तर्राष्ट्रियकरण हुँदै गएर लामो र समाधान गर्न कठिन बन्दै गएको उहाँले बताउनुभयो ।

    बारम्बार दोहोरिने द्वन्द्व, युद्धको बदलिँदो स्वरूप र व्यापक शान्ति सम्झौताको सम्भावना घट्दै गएको उल्लेख गर्दै उहाँले संयुक्त राष्ट्रसङ्घले शान्ति अभियानको प्रयोग र अवधारणामै पुनर्विचार गर्नुपर्ने बताउनुभयो ।

    उहाँले निवारक कूटनीति, शान्ति स्थापना र विवादको शान्तिपूर्ण समाधानलाई प्राथमिकता दिनुपर्ने बताउँदै शान्ति अभियानलाई थप चुस्त र लागत प्रभावकारी बनाउन, जवाफदेहिता बलियो पार्न तथा आधुनिक प्रविधिको प्रयोग बढाउन आग्रह गर्नुभयो । साथै, विश्वव्यापी र क्षेत्रीय संस्थाबीचको सहकार्य थप सुदृढ गर्नुपर्ने उहाँको भनाइ थियो ।

    महासचिव गुटेरेसले शान्ति अभियान मूलतः राजनीतिक उपकरण भएको स्पष्ट पार्दै यसको सफलता उपयुक्त कार्यादेश, द्वन्द्वरत पक्षको इच्छाशक्ति तथा सुरक्षा परिषद्, सदस्य राष्ट्र, सम्बन्धित देश र अन्तर्राष्ट्रिय साझेदारको सहयोगमा निर्भर रहने बताउनुभयो ।

    उहाँले बदलिँदो विश्वअनुसार संयुक्त राष्ट्रसङ्घले आफूलाई अनुकूल बनाउँदै शान्तिको बाटो निर्माण गर्न आवश्यक राजनीतिक इच्छाशक्ति र स्रोत जुटाउन सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.