• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, भदौ ११, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरान वार्तामा हतार छैन : ट्रम्प

शान्ति अभियान बदलिँदो विश्वअनुकूल बनाउन गुटेरेसको आग्रह

भोटेकोशी बाढी : बाँकेका २२ जना सम्पर्कविहीन

डीआर कङ्गोमा इबोला नियन्त्रण चुनौतीपूर्ण

अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

१४ शिशुको मृत्युको अनुसन्धान सुरु

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

हिमनदी पतनले निम्त्याएको विपत्ति

मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

लोकप्रिय समाचार

  • १. चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

  • २. तीज गीत : देश पोलेर

  • ३. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ४. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

  • ५. रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

  • ६. तिज गीत: उठ सारा चेली

  • ७. काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

  • ८. ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

  • ९. मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

  • १०. चिनियाँ राष्ट्रपति भन्छन् : राज्यका सम्पूर्ण संयन्त्रलाई उद्धारमा खटाउनू

शान्ति अभियान बदलिँदो विश्वअनुकूल बनाउन गुटेरेसको आग्रह


  •   बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
  • संयुक्त राष्ट्रसङ्घ, ११ भदौ (रासस/सिन्ह्वा) । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बदलिँदो विश्व सुरक्षा परिस्थितिअनुसार संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानलाई थप प्रभावकारी, चुस्त र राजनीतिक समाधानमुखी बनाउनुपर्ने बताउनुभएको छ । उहाँले बढ्दो द्वन्द्व, परिवर्तनशील भूराजनीति र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबीच शान्ति अभियानलाई नयाँ वास्तविकताअनुकूल बनाउन आग्रह गर्नुभएको हो ।

    Advertisement

    संयुक्त राष्ट्र महासभाको अनौपचारिक पूर्ण बैठकलाई मङ्गलबार सम्बोधन गर्दै उहाँले विगत आठ दशकमा द्वन्द्वको स्वरूप र सामूहिक सहकार्यको सम्भावना परिवर्तन भएकाले शान्ति अभियानसम्बन्धी दृष्टिकोण पनि विकसित भएको बताउनुभयो । अब विश्वमा देखिएका नयाँ चुनौतीअनुसार अभियानलाई पुनः अनुकूलन गर्नुपर्ने उहाँको भनाइ थियो ।

    गुटेरेसका अनुसार विश्वको भूराजनीतिक अवस्था परिवर्तन भइरहेको, शक्ति विभिन्न क्षेत्रमा फैलिँदै गएको र प्रभावका नयाँ केन्द्र तथा प्रतिस्पर्धाका नयाँ रेखा निर्माण भइरहेका छन् । अन्तरराज्यीय द्वन्द्व पुनः बढ्नुका साथै आन्तरिक द्वन्द्वसमेत अन्तर्राष्ट्रियकरण हुँदै गएर लामो र समाधान गर्न कठिन बन्दै गएको उहाँले बताउनुभयो ।

    बारम्बार दोहोरिने द्वन्द्व, युद्धको बदलिँदो स्वरूप र व्यापक शान्ति सम्झौताको सम्भावना घट्दै गएको उल्लेख गर्दै उहाँले संयुक्त राष्ट्रसङ्घले शान्ति अभियानको प्रयोग र अवधारणामै पुनर्विचार गर्नुपर्ने बताउनुभयो ।

    उहाँले निवारक कूटनीति, शान्ति स्थापना र विवादको शान्तिपूर्ण समाधानलाई प्राथमिकता दिनुपर्ने बताउँदै शान्ति अभियानलाई थप चुस्त र लागत प्रभावकारी बनाउन, जवाफदेहिता बलियो पार्न तथा आधुनिक प्रविधिको प्रयोग बढाउन आग्रह गर्नुभयो । साथै, विश्वव्यापी र क्षेत्रीय संस्थाबीचको सहकार्य थप सुदृढ गर्नुपर्ने उहाँको भनाइ थियो ।

    महासचिव गुटेरेसले शान्ति अभियान मूलतः राजनीतिक उपकरण भएको स्पष्ट पार्दै यसको सफलता उपयुक्त कार्यादेश, द्वन्द्वरत पक्षको इच्छाशक्ति तथा सुरक्षा परिषद्, सदस्य राष्ट्र, सम्बन्धित देश र अन्तर्राष्ट्रिय साझेदारको सहयोगमा निर्भर रहने बताउनुभयो ।

    उहाँले बदलिँदो विश्वअनुसार संयुक्त राष्ट्रसङ्घले आफूलाई अनुकूल बनाउँदै शान्तिको बाटो निर्माण गर्न आवश्यक राजनीतिक इच्छाशक्ति र स्रोत जुटाउन सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरान वार्तामा हतार छैन : ट्रम्प
    भोटेकोशी बाढी : बाँकेका २२ जना सम्पर्कविहीन
    डीआर कङ्गोमा इबोला नियन्त्रण चुनौतीपूर्ण
    अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह
    १४ शिशुको मृत्युको अनुसन्धान सुरु
    भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

    • २.
      तीज गीत : देश पोलेर

    • ३.
      मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

    • ४.
      जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

    • ५.
      रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

    • ६.
      तिज गीत: उठ सारा चेली

    भर्खरै

    • १.
      इरान वार्तामा हतार छैन : ट्रम्प

    • २.
      शान्ति अभियान बदलिँदो विश्वअनुकूल बनाउन गुटेरेसको आग्रह

    • ३.
      भोटेकोशी बाढी : बाँकेका २२ जना सम्पर्कविहीन

    • ४.
      डीआर कङ्गोमा इबोला नियन्त्रण चुनौतीपूर्ण

    • ५.
      अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

    • ६.
      १४ शिशुको मृत्युको अनुसन्धान सुरु

    • ७.
      भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

    • ८.
      हिमनदी पतनले निम्त्याएको विपत्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.