• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, भदौ ११, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरान वार्तामा हतार छैन : ट्रम्प

शान्ति अभियान बदलिँदो विश्वअनुकूल बनाउन गुटेरेसको आग्रह

भोटेकोशी बाढी : बाँकेका २२ जना सम्पर्कविहीन

डीआर कङ्गोमा इबोला नियन्त्रण चुनौतीपूर्ण

अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

१४ शिशुको मृत्युको अनुसन्धान सुरु

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

हिमनदी पतनले निम्त्याएको विपत्ति

मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

लोकप्रिय समाचार

  • १. चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

  • २. तीज गीत : देश पोलेर

  • ३. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ४. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

  • ५. रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

  • ६. तिज गीत: उठ सारा चेली

  • ७. काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

  • ८. ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

  • ९. मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

  • १०. चिनियाँ राष्ट्रपति भन्छन् : राज्यका सम्पूर्ण संयन्त्रलाई उद्धारमा खटाउनू

भोटेकोशी बाढी : बाँकेका २२ जना सम्पर्कविहीन


  •   बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
  • नेपालगञ्ज (बाँके) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बाँकेका २२ जना नागरिक सम्पर्कविहीन भएका छन् । जिल्ला प्रशासन कार्यालयले आज सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन १६ जना बाँकेका स्थायी बासिन्दा हुन् ।

    Advertisement

    प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढीले ठूलो जनधनको क्षति पुर्याएको भन्दै यहाँका सम्पर्कविहीन नागरिकको फोटोसहितको व्यक्तिगत विवरण तयार गरी खोजी कार्यका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सम्पर्कविहीन भएकामध्ये १६ जना बाँकेका स्थायी बासिन्दा, बाँकेमा अस्थायी रूपमा बसोबास गरिरहेका चार जना नेपाली नागरिक तथा दुई जना भारतीय पर्यटक रहेका छन् ।

    प्रशासनले सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन हुनेमा बाजुराका वीरेन्द्र जोशी र सत्या जोशी, भारतको मुम्बईका सञ्जय पाटिल र नलिनी पाटिल, बर्दियाका विष्णु भण्डारी र हरिकुमार कुश्मी थारू तथा बाँकेको कोहलपुरका सशस्त्र प्रहरी सहायक निरीक्षक भोजराज जोशी, राप्तीसोनारीका सुरेश विक, सेतुनाथ सेढाई, योगमाया पुनमगर र जानकी घर्ती, नेपालगञ्जका शेरसिंह रोकाया, विष्णुमती रोकाया, दीपक रोकाया, अराम दमाई र उजला दमाई रहेका छन् ।

    त्यसैगरी, बारबर्दियाका मनबहादुर थारु, डुडुवाका सुरजकुमार मोर्य, कोहलपुरका मायादेवी थारू, सुनसरी चौधरी, अनिता चौधरी र सीता थारू पनि सम्पर्कविहीनको सूचीमा छन् । प्रजिअ तामाङले रसुवा क्षेत्रमा रोजगारी, अध्ययन वा भ्रमणका सिलसिलामा गएका अन्य व्यक्ति सम्पर्कविहीन भए स्थानीय प्रहरी, जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित वडामा जानकारी गराउन सबैलाई आग्रह गर्नुभयो ।

    प्राप्त सूचनाका आधारमा सम्पर्कविहीनहरूको विवरण सङ्कलन गरी खोजी कार्यका लागि सम्बन्धित निकायसँग समन्वय गरिने उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार सम्पर्कविहीनको सूचीमा सशस्त्र प्रहरी बल र नेपाली सेनामा कार्यरत केही कर्मचारी पनि छन् । अस्थायी रूपमा बाँकेमा बसोबास गरिरहेकामध्ये बर्दियाका दुई जना टिमुरेस्थित भन्सार कार्यालयमा ‘लोडअनलोड’को काममा संलग्न रहेका प्रारम्भिक जानकारी प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।

    यसैबीच, जिल्ला प्रशासन कार्यालयले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एकद्वार प्रणालीमार्फत आर्थिक सहयोग गर्न जिल्लावासीसँग अपिल गरेको छ । नेपाल सरकारले प्रभावितको अस्थायी व्यवस्थापन र दीर्घकालीन पुनःस्थापनाका लागि राहत कोषमा सहयोग गर्न आह्वान गरिसकेको उल्लेख गर्दै प्रजिअ तामाङले सबैलाई उक्त कोषमा आर्थिक सहयोगका लागि अनुरोध गर्नुभयो ।

    उहाँले सम्पर्कविहीन भएकाहरूको जानकारीसम्बन्धी सूचना जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाइ, स्थानीय तह तथा वडा कार्यालयमार्फत उपलब्ध गराउन सकिने जनाउँदै त्यसका आधारमा खोजी कार्यलाई थप प्रभावकारी बनाइने बताउनुभयो ।

    बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरान वार्तामा हतार छैन : ट्रम्प
    शान्ति अभियान बदलिँदो विश्वअनुकूल बनाउन गुटेरेसको आग्रह
    डीआर कङ्गोमा इबोला नियन्त्रण चुनौतीपूर्ण
    अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह
    १४ शिशुको मृत्युको अनुसन्धान सुरु
    भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

    • २.
      तीज गीत : देश पोलेर

    • ३.
      मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

    • ४.
      जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

    • ५.
      रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

    • ६.
      तिज गीत: उठ सारा चेली

    भर्खरै

    • १.
      इरान वार्तामा हतार छैन : ट्रम्प

    • २.
      शान्ति अभियान बदलिँदो विश्वअनुकूल बनाउन गुटेरेसको आग्रह

    • ३.
      भोटेकोशी बाढी : बाँकेका २२ जना सम्पर्कविहीन

    • ४.
      डीआर कङ्गोमा इबोला नियन्त्रण चुनौतीपूर्ण

    • ५.
      अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

    • ६.
      १४ शिशुको मृत्युको अनुसन्धान सुरु

    • ७.
      भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

    • ८.
      हिमनदी पतनले निम्त्याएको विपत्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.