तमघासबजार । राष्ट्रिय जनमोर्चा सत्यवतीका सल्लाहकार तथा नेकपा (मसाल) सत्यवतीका सेक्रेटरी हीरा तरामुको स्मृतिमा शोकसभा सम्पन्न भएको छ ।
राजमो केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तारा थापाको प्रमुख आतिथ्यमा २०८३ भदौ ३ गते बुधबार कुटडाँडामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
राजमो नेता ओमेन्द्र कुँवरको सञ्चालन तथा राजमो सत्यवतीका अध्यक्ष कमल पुलामीको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा स्मृतिशेष हीराको फोटोमा माल्यार्पण तथा मन्तव्य राख्नेहरूमा राजमो केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष रामकुमार क्षेत्री, राजमो गुल्मीका सचिव छविलाल सर्तुङ्गी, राजमो केन्द्रीय सदस्य तथा कालीगण्डकी–६ का वडाअध्यक्ष पुरन थापा, सत्यवती–३ का वडाअध्यक्ष जितबहादुर तरामु, क्रान्तिकारी कम्युनिस्ट पार्टी गुल्मीका सेक्रेटरी टिका राना, नेकपा (माओवादी) गुल्मीका सेक्रेटरी खोमा तरामु, नेपाली कम्युनिस्ट पार्टी गुल्मीका अध्यक्ष लोक सुनार र नेकपा (एमाले) का प्रतिनिधि तुलाराम तरामु हुनुहुन्थ्यो ।
त्यस्तै कार्यक्रममा तरामु समाजका अर्जुन तरामु, सत्यवती–३ का पूर्व वडासदस्य सरोज राना, सत्यवती–५ का टोल विकास संस्थाका कुशल सूर्यवंशी, राजमो गुल्मीका उपाध्यक्ष टेकबहादुर केसी, राजमो गुल्मीका गुमानसिंह पुनमगर, राजमो सत्यवतीका सचिव ओम सिँजापति, राजमो नेता अनिष ढकाल, राजमो गुल्मीका सहसचिव हरि न्यौपाने, राजमो गुल्मीका मित्रलाल तरामु, चेतमान राहाडी र नारायण थापालगायत हुनुहुन्थ्यो ।
कार्यक्रममा शोकाकुल परिवारका छोरा दिनेश तरामु, जेठी छोरी प्रतिभा तरामु र कान्छी छोरी जमुना तरामु उपस्थित हुनुहुन्थ्यो ।
तरामुको गत साउन २६ गते ५५ वर्षको उमेरमा निधन भएको थियो ।
