• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, भदौ ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

छ सय साठी किलो गाँजासहित दुई जना पक्राउ

भूमिअधिकारको माग गर्दै सडकमा सुकुम्बासीको खबरदारी

३ वर्षीया बालिकाको न्यायको माग गर्दै स्थानीयद्वारा सडक अवरुद्ध

सरकार धेरै फेरिए, तर युवाको विदेशिने बाध्यता कहिले फेरिएला ?

आलमगीर राष्ट्रपति बन्ने सम्भावना

द्वन्द्ववाद धेरैपटक पढियो तर व्यावहारिक रूपमा कमजोर छौँ भन्ने महसुस भयो : खडायत (भिडियो)

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

सुनचाँदीको मूल्य ह्वात्त बढ्यो

हीरा तरामुनिधनको नवौँ दिन श्रद्धाञ्जली सभा (फोटोसहित)

लोकप्रिय समाचार

  • १. बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

  • २. मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

  • ३. कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

  • ४. स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

  • ५. महिला संघकी महासचिव शकुन्तला रानाको निधन

  • ६. मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

  • ७. महासचिव रानाको निधनप्रति महिला सङ्घको श्रद्धाञ्जली

  • ८. तीन मन्त्री र एक राज्यमन्त्रीसहित एमाले सरकारमा

  • ९. बालेन्द्र सरकार सिद्धान्त र कार्यक्रम नभएको स्वेच्छाचारी : सिंह (भिडियोसहित)

  • १०. कङ्ग्रेस इतर पक्षको धर्मसम्बन्धी विचारको अभिप्राय हिन्दु राष्ट्र : मसाल

आलमगीर राष्ट्रपति बन्ने सम्भावना


  •   बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित
  • बङ्गलादेश । बङ्गलादेशको संसद्ले बिहीबार नयाँ राष्ट्रपति चयन गर्दैछ । सत्तारूढ बङ्गलादेश नेसनलिस्ट पार्टी ९बिएनपी० का महासचिव तथा स्थानीय सरकारमन्त्री मिर्जा फखरूल इस्लाम आलमगीर पाँच वर्षे कार्यकालका लागि देशको २३औँ राष्ट्रपति बन्ने सम्भावना छ ।

    Advertisement

    अठहत्तर वर्षीय आलमगीरले १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशको राष्ट्रपतिका लागि दिउँसो हुने मतदानमा सहज विजय हासिल गर्ने अपेक्षा गरिएको छ । उहाँले मङ्गलबार आफूले राष्ट्रपतिको जिम्मेवारी पाउने कहिल्यै नसोचेको बताउँदै यसलाई पार्टी र सर्वशक्तिमान् अल्लाहको कृपाका रूपमा लिनुभएको थियो ।

    उहाँले राष्ट्रपति बनेपछि पनि जनताको साथमा रहेर सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    सन् २०२४ को जनआन्दोलनबाट तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकार अपदस्थ भएपछि भएको पहिलो आमनिर्वाचनमा प्रधानमन्त्री तारिक रहमान नेतृत्वको बिएनपीले गत फेब्रुअरीमा ठूलो विजय हासिल गरेको थियो । त्यसपछि हसिनाका निकट सहयोगीका रूपमा चिनिनुभएका पूर्वराष्ट्रपति मोहम्मद साहाबुद्दिनले पदबाट राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयन गर्न लागिएको हो ।

    छयत्तर वर्षीय साहाबुद्दिनले खराब स्वास्थ्यलाई कारण देखाउँदै जुलाईमा राजीनामा दिनुभएको थियो । उहाँ सन् २०२३ मा राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो र सन् २०२८ को अन्त्यसम्म कार्यकाल बाँकी थियो ।

    हसिना अहिले भारतमा बस्दै आउनुभएको छ । उहाँले ढाकामा आफूविरुद्ध चलेको मुद्दामा उपस्थित हुन अस्वीकार गर्नुभएको थियो । गत नोभेम्बरमा अदालतले उहाँलाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको थियो । अधिकारवादी संस्थाहरूले हसिना नेतृत्वको सरकारमाथि विपक्षीको हत्या, राजनीतिक दमन, न्यायिक प्रक्रियामा हस्तक्षेप र एकतर्फी निर्वाचनलगायतका आरोप लगाउँदै आएका थिए ।

    आलमगीरको प्रतिस्पर्धा जमात–ए–इस्लामीको नेतृत्वमा रहेको ११ दलीय विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका ओली अहमदसँग हुँदैछ । संसद्मा मतदान स्थानीय समयअनुसार दिउँसो करिब २ बजे सुरु हुने अपेक्षा गरिएको छ ।

    – लामो राजनीतिक यात्रा –
    २६ जनवरी १९४८ मा जन्मिनुभएका आलमगीरले ढाका विश्वविद्यालयमा अर्थशास्त्र अध्ययन गर्ने क्रममा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । सन् १९६९ मा पाकिस्तानको सैन्य शासनविरुद्ध भएको आन्दोलनमा उहाँ प्रमुख विद्यार्थी नेतामध्ये एक हुनुहुन्थ्यो । उक्त आन्दोलन सन् १९७१ मा बङ्गलादेश स्वतन्त्र हुने दिशाको महत्त्वपूर्ण आधार बनेको थियो ।

    अर्थशास्त्र अध्यापनपछि उहाँ सरकारी सेवामा प्रवेश गर्नुभयो । त्यसपछि कृषि, उड्डयन तथा पर्यटनमन्त्रीलगायत विभिन्न जिम्मेवारी सम्हाल्दै सक्रिय राजनीतिमा प्रवेश गर्नुभयो ।

    हसिनाको लामो शासनकालमा उहाँ प्रमुख विपक्षी नेताका रूपमा स्थापित हुनुभएको थियो । त्यतिबेला बिएनपी अध्यक्ष खालिदा जिया जेलमा हुनुहुन्थ्यो भने उहाँका छोरा तारिक रहमान निर्वासनमा हुनुहुन्थ्यो । राजनीतिक प्रतिशोधबाट प्रेरित आरोप भन्दै आलमगीरलाई हसिना सरकारका पालामा पटकपटक पक्राउ गरिएको थियो ।

    बिएसएसका अनुसार कठिन राजनीतिक परिस्थितिमा बिएनपीलाई सङ्गठित राख्न र पार्टीको राजनीतिक उपस्थिति कायम राख्न आलमगीरले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

    आलमगीरको विवाह सेवानिवृत्त वित्तीय अधिकारी राहत आरा बेगमसँग भएको छ । उहाँहरूका दुई छोरी छन् ।

    बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    छ सय साठी किलो गाँजासहित दुई जना पक्राउ
    भूमिअधिकारको माग गर्दै सडकमा सुकुम्बासीको खबरदारी
    ३ वर्षीया बालिकाको न्यायको माग गर्दै स्थानीयद्वारा सडक अवरुद्ध
    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
    सुनचाँदीको मूल्य ह्वात्त बढ्यो
    हीरा तरामुनिधनको नवौँ दिन श्रद्धाञ्जली सभा (फोटोसहित)

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

    • २.
      मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

    • ३.
      कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

    • ४.
      स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

    • ५.
      महिला संघकी महासचिव शकुन्तला रानाको निधन

    • ६.
      मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

    भर्खरै

    • १.
      छ सय साठी किलो गाँजासहित दुई जना पक्राउ

    • २.
      भूमिअधिकारको माग गर्दै सडकमा सुकुम्बासीको खबरदारी

    • ३.
      ३ वर्षीया बालिकाको न्यायको माग गर्दै स्थानीयद्वारा सडक अवरुद्ध

    • ४.
      सरकार धेरै फेरिए, तर युवाको विदेशिने बाध्यता कहिले फेरिएला ?

    • ५.
      आलमगीर राष्ट्रपति बन्ने सम्भावना

    • ६.
      द्वन्द्ववाद धेरैपटक पढियो तर व्यावहारिक रूपमा कमजोर छौँ भन्ने महसुस भयो : खडायत (भिडियो)

    • ७.
      आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    • ८.
      सुनचाँदीको मूल्य ह्वात्त बढ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.