• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

सबैसँग बिन्ती छ एआई प्रयोग गरेर नलेख


  •   आइतबार, साउन २४, २०८३ मा प्रकाशित
  • ब्रेट स्टेफेन्स ###

    Advertisement

    यो स्तम्भ ‘तर्क’ होइन ‘बिन्ती’ हो । आफ्नो लेखनमा कुनै हालतमा एआई प्रयोग नगर्नुस् । तपाईंको लेखनकार्यमा एआई ल्याउँदै नल्याउनुहोस् । यसलाई स्कुल पेपरमा, कार्यसम्पादनमा, पत्र लेखनमा, कम्पनी भेलाको भाषण लेखनमा वा साथीभाइ तथा सहकर्मीलाई लेख्ने इमेलमा प्रयोग गर्दै नगर्नुहोस् । आफ्नो नोट व्यस्थित गर्न पनि यसको प्रयोग गर्दै नगर्नुस् । आफ्नो वाक्य कसरी सुरु गर्ने वा कसरी अन्त्य गर्नेबारेमा यसको सल्लाह नलिनुस् । यसलाई पहिलो मस्यौदा लेख्न नदिनुस् । त्यो भ्रमबाट पनि मुक्त हुनुस् कि यसले सम्पादन मात्रै गर्दा लेखन तपाईंकै हुनेछ । त्यस्तो हुँदैन ।

    एआईले लेख्नु अनैतिक हो जहाँ शब्द, धारणा र सूचना तपाईंले आफ्नैजस्तो गरेर छलकपट गर्नुहुन्छ, जबकि त्यो तपाईंको हुँदै होइन । यसको स्विकारोक्तिले एकखालको समस्याको हल गर्छ । यी सबै गर्न बन्द गर्नुस्, किनभने तपाईंले एआईभन्दा राम्रो लेख्ने क्षमता विकास गर्न सक्नुहुन्छ । हुन त अहिले पनि तपाईंको लेखन, हँकाइ वा चेस खेल क्षमता एआईभन्दा बबाल राम्रो हुनसक्छ ।

    एआईको समस्या भन्नु नै दिमाग बोधो बनाउनु हो । यो भनेको भर्‍याङ चढ्न लिफ्ट लिएजस्तो हो । एआई यत्रतत्र सर्वत्र बन्दाखेरि यसले हाम्रो तर्क क्षमतामा मात्रै ह्रास ल्याउँदैन, यसले त समाजको सोच्ने, सिर्जना गर्ने, चासो राख्ने कुरा नै सकिदिन्छ । अहिले नै पठन संस्कृतिको गिरावट भएको दस्तावेजमा हामी जानकार नै छौँ । एआईले लेखनमा ह्रास ल्याइसकेको छ, र त्यस्तो युगको जन्म दिँदै छ जसलाई रोज होरोविजले ‘पोस्टलिटरेट एज’ अर्थात्, उत्तरसाक्षर युगको उपमा दिएका छन् ।

    लेखनले गर्ने मौलिकताचाहिँ के हो त ? यसले दबाबचाहिँ सिर्जना गर्छ । यसले बोल्ने भाषाले हत्तपत्त नदेखाउने बाटोसम्म जान दबाब दिन्छ । यसले हामीलाई विषयलाई राम्रोसँग प्रस्तुत गर्नेबारेमा, व्याकरणलाई मिलाउनेबारेमा, बौद्धिकताको परीक्षण तथा संगठन गर्नेबारेमा, अरुको निरीक्षण गर्नेबारेमा दबाब दिन्छ । यी सबै गरिरहँदा यसले हामीलाई प्रस्ट, तार्किक, तथ्यगत र उत्तरदायी बनाउँछ । मान्छेले रिसाएको बेला भएका शब्द बिर्सन सक्छन् । तर, रिसाएर लेखेको कुरा बिर्सन गाह्रो हुन्छ, किनभने लेख्नुको अर्थ हो यसबारेमा धेरै सोच–विचार गरिएको छ ।

    सोच–विचार शब्दले माने राख्छ । यो हुनुको शक्ति हुन्छ, र नैतिक वजन हुन्छ । हामी बोलीचालीमा पनि भन्छौँ नि– म त्यो लिखतमै चाहन्छु । यसो भन्नुको अर्थ बोल्दा गलत भयो भन्ने होइन, लेख्दा प्रमाण भयो भन्नलाई पनि हो । तर, त्यही लेख्ने काम पनि आफैँले नगरेर तेस्रोपक्ष वा मेसिनले गरेपछि के होला ?

    शब्द खोक्रा बन्छन् । छोरीको विवाहमा ‘चियर्स’ गर्ने वाक्य एआईलाई लेखाउने बाउ कल्पिनुस् त । त्यो माहौल एआईले कसरी महसुस गर्न सक्छ, बुझ्न सक्छ, र लेख्न सक्छ ? अनि कल्पिनुहोस् छोरीलाई थाहा हुन्छ कि त्यो एआईले लेखेको हो । त्यहो हुँदा उनी अपमानित नभए पनि निराश हुँदिनन् र ?

    मान्छेले तर्क गर्न सक्छन् कि अरु व्यवसायिक काममा एआई प्रयोग गर्नु र विवाहजस्तो नितान्त कुरामा प्रयोग गर्नुमा फरक छ । तर, जुनसुकै काममा पनि लेखनका लागि प्रयोग गर्ने बौद्धिक मांशपेशी एकै हो । साधारण लेखकले जे गर्छ, त्यही काम निरन्तर गरेर नै राम्रो लेखक बन्ने हो । लेखनमा ज्यादा ध्यान र समय दिएरै हामी राम्रो लेखक बन्ने हो । अब एआईमा निर्भर हुँदा त्यो सम्भव छैन । झिनामसिना काममा पनि ध्यान दिएर आफ्नोपन दिएमा मात्रै हामी झन सिर्जनात्मक बन्न सक्छौँ ।

    यी दक्षताहरू अब क्रमशः बिलाउँदैछन् । पछिल्लो एक अध्यननले भन्छ– विद्यावारिधिको शोधग्रन्थमा सामान्यभन्दा धेरै एआई प्रयोग गर्नेहरू ५६ प्रतिशत देखिए । १९ प्रतिशतको शोधग्रन्थ त ५० प्रतिशतभन्दा धेरै एआईले लेखेको पाइयो । एआईमा आश्रित विद्यार्थीको बाढी आइसकेपछि प्राध्यापन क्षेत्र चिन्तित छ । यो समस्यालाई चिटिङको कोणमा मात्रै व्याख्या गरेर पुग्दैन । चिटिङले एआईको वास्तविक क्षेत्र समेट्दैन । यो प्राज्ञिक निष्ठा र निजी विकासको कुरा मात्रै होइन, यो त लोकतान्त्रिक स्वायत्तताको कुरा पनि हो ।

    आमसाक्षरता र प्रजातन्त्रको अभ्यूदयको धर्को जोडिएको सबैलाई थाहै छ । राम्रो लेखपढ गर्न सक्ने मान्छेले आफ्नो छनोट र अभियान गर्न ऐतिहासिक रूपमै सफल भएका छन् । यो सबै पद्धति उल्टोबाटोमा गए के हुन्छ ? मान्छेले केही वाक्य र केही पेजको तर्कको लागि पनि धैर्य गुमाउँदा के हुन्छ ? नियमित बानी नभएकोले तर्कलाई काट्ने प्रतितर्कको विकास नगर्दा के हुन्छ ?

    यस्तो खालको दुनियाँ कस्तो हुन्छ भन्नेबारेमा हामीले राष्ट्रपति ट्रम्पका सामाजिक सञ्जालको भाषाबाट थाहा पाइसकेका छौँ । त्यसले लाखौँ अमेरिकीलाई पारेको प्रभावमा हामी जानकार छौँ । एआई अगाडि अर्थात्, एक दशकअगाडिको देशको अवस्था हेर्ने हो भने झन छर्लङ हुन्छ पढ्ने, लेख्ने र सोच्ने क्षमतामा हामी कति पछि पर्‍यौँ ?

    अर्कोपटक इमेल वा टेक्स्टको अटोमेटेड जवाफ दिउँदिउँ लाग्ला तपाईंलाई, त्यसो नगर्नुस् । आफ्नै शब्द टाइप गर्नुहोस् । यसलाई आफ्नो स्वतन्त्र विचारको रूपमा सोच्नुहोस् । अथवा, ट्रम्प विरोधीलाई मतदान गर्नुहोस् । बोधो बन्दै गएको विश्वविरुद्धको लडाइँका लागि तपाईंका केही अतिरिक्त सेकेन्डले भूमिका खेल्नेछन् ।

    (शनिवारको अंकमा न्यु योर्क टाइम्सको अन्तर्राष्ट्रिय संस्करणमा प्रकाशित लेखको भावानुवाद)

    आइतबार, साउन २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साइबर अपराधका २० हजारबढी उजुरी पर्दा पक्राउ जम्मा १५५
    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास
    पत्रकारको कलमदेखि कृषि कर्मसम्म
    बेलायतमा नेपाली मेला, १० हजारले गरे अवलोकन
    बिटक्वाइनको कारोबारमा उच्च वृद्धि

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.