• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

पत्रकारको कलमदेखि कृषि कर्मसम्म


  •   शुक्रबार, कार्तिक ०७, २०८२ मा प्रकाशित
  • –विराट न्यौपाने/रासस

    Advertisement

    सुन्दरबजार (लमजुङ) । कहिलेकाहीँ कथा लेख्ने मान्छे आफैँले प्रेरणादायी कथा बोकेको हुन्छ । अरुका कथा आफूले लेखिदिए पनि आफूभित्र लुकेको कथा पत्रकारका कलमले नलेखेको हुन सक्छ ।

    अरुका सफलताका जीवन्त कथा, समाचार र आलेख लेख्ने पत्रकार लमजुङका पत्रकार नवीन कुईकेलको कर्म र क्रियाशीलता अहिले त्यस्तै रहेको छ । कलम समात्ने हातले कहिले कुटो र कोदालो समातेको छ भने कहिले तरकारी बालीभित्र रहेका झार पतिङ्गर टिप्दै गरेको छ । समाचार लेख्ने दृष्टि अहिले विस्तार भएर माटो चिन्न र पढ्न थालेको छ ।

    त्यसो त पत्रकारिता र गाउँको माटोबीच प्रत्यक्ष अप्रत्यक्ष सम्बन्ध रहेको हुन्छ समाचारका कारणले । किसानको सफलता र बजारीकरणमा पत्रकारको कलमले ठूलो काम गर्दछ । नवीनले गरेको कृषि कर्मले कलम र माटोबीचको सम्बन्धलाई अझै प्रगाढ बनाएर व्यवहारमा उतारेको छ । वर्षौंदेखि उहाँ अरू किसानका सफलताको कथा लेख्ने, अरूका सपना छाप्ने, अरूका उपलब्धि प्रसारण गनुहुन्थ्यो ।

    मोफसलको पत्रकारिताले मात्र जीवन धान्न कठिन हुन थाल्यो, यही क्रममा कुइकेलको मनमा एउटा प्रश्न उब्जिन थाल्यो—अरूका कथा लेख्दैछु, तर मेरो आफ्नै कथा कहाँ छ ? यही प्रश्नले उहाँलाई कृषि फार्मतिर डोहो¥याएको थियो । २०७५ सालमा उहाँले तीन जना साथीसँग मिलेर देशमै केही गरौं भन्ने सङ्कल्पसहित चार जना युवाले व्यावसायिक कृषि कर्म शुरु गर्ने निर्णय गर्नुभयो र नाम राख्नुभयो मस्र्याङ्दी कृषि फार्म । सबैको उद्देश्य एउटै थियो—गाउँमै बसेर केही उत्पादन गर्ने, आफ्नै जग्गामा नयाँ सम्भावना खोज्ने, त्यसको व्यावसायिक रुपमा बजारीकरण गर्ने ।

    स्थानीय माग र आवश्यकतालाई मध्यनजर गर्दै लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, सिम्पानीमा रहेको करिब १५ रोपनी जग्गामा व्यावसायिक कृषि सुरु गरिएको थियो । प्रारम्भमा सानो प्रयोग मात्र थियो यो फार्म, तर त्यही प्रयोग अहिले गाउँ मात्र नभएर पालिकाकै परिचय बनेको छ । समयको प्रवाहसँगै साथीसँगका बाटाहरू छुट्टिए । आज सबै साथीहरू आफ्ना फरक कामतिर लागेका छन् तर नविन भने अझै त्यही खेतमै कर्मकर्ममा रमाउनुभएको छ ।  उहाँ मुस्कुराउँदै भन्नुहुन्छ, ‘‘साथीहरू गएकाले होइन, सपना बाँकी भएकाले म यहाँ छु ।’’ अहिले फार्मको सम्पूर्ण जिम्मेवारी उहाँ एक्लैले सम्हाल्नु भएको छ, र त्यो जिम्मेवारी उहाँले केवल पेशा भनेर होइन, प्रतिबद्धता लिएर काम गर्दै आउनुभएको छ ।

    खेतमा अहिले लोकल कुखुरा, ब्रोइलर कुखुरा, मौसमी बेमौसमी तरकारी र फूल खेती भइरहेका छन् । बिहान फार्ममा पसेपछि उनको संसार नै बदलिन्छ । बोटबोटानी सजीव लाग्छन्, चराचुराको आवाजमा लय हुन्छ, अनि पसिनामा सन्तोष । हाल फार्ममा सात सय ब्रोइलर कुखुरा छन् । उहाँले चाँडै भैँसीपालन पनि थप्ने तयारी गरिरहनुभएको छन्, ताकि दूध, मल र अर्गानिक उत्पादन हुँदै जैविक चक्र एकसाथ सन्तुलित गर्न सकियोस् ।

    उहाँको फार्म अहिले पारिवारिक श्रममा आधारित छ । घरका सबै सदस्य यसैमा सक्रिय छन् । दैनिक रूपमा खेत जोत्न, बजारमा सामान पुर्याउन, गोलमेल गर्न वा अन्य कामका लागि मानिसहरुले काम पाएका छन् । त्यसैगरी उत्पादन वितरण र बिक्रीमा पनि केही स्थानीय युवाहरू संलग्न छन् ।

    नवीनले अहिले पनि सक्रिय पत्रकारिता गरिरहनुभएको छ । जिल्लामा भएका कार्यक्रम, समाचार संकलन लगायतका कार्यक्रममा समेत पुग्नुपर्ने हुँदा कृषिमा भने जति समय दिन नसकेको उहाँ बताउनुहुन्छ । उहाँ पत्रकार महासङ्घ लमजुङ शाखाका पूर्वअध्यक्ष र पूर्व केन्द्रिय सदस्य हुँदै हाल पत्रकारको न्यूनतम् पारिश्रमिक निर्धारण समितिका सदस्य रहनु भएको छ ।

    पत्रकारितामा लामो समय बिताइसक्नुभएका उहाँ भन्नुहुन्छ, “पत्रकारिताबाट मात्र जीवन धान्न गाह्रो छ । पत्रकारितालाई पनि जोगाउँदै, आत्मनिर्भर बन्नका लागि कृषिलाई व्यावसायिक रूपमा अँगालेको हुँ । पत्रकारिता मेरा लागि जिम्मेवारी हो, खेती मेरो आत्मा हो ।” उहाँ भन्नुहुन्छ, “म सधैँ सोच्थें— समाचारले समाज बदल्छ, अब लाग्छ, माटोले पनि बदल्छ ।”

    उहाँका लागि समय व्यवस्थापन सबैभन्दा ठूलो चुनौती हो । पत्रकारिता, संघसंस्थाको जिम्मेवारी, खेती र परिवार सबैलाई सन्तुलनमा राख्न सजिलो छैन । तर उहाँले त्यसलाई गुनासोको रूपमा होइन, अवसरको रूपमा लिनुभएको छ । “धेरैले समय चिया पसलमा गफ गर्ने, फेसबुकमा बिताउने, अनावश्यक बसाइमा बिताउँछन्, त्यही समय म खेतमा लगाउँछु,” उहाँ भन्नुहुन्छ ।

    करिब रु २० लाखको लगानी भइसकेको उक्त फार्ममा हाल आठ वटा टनेलमा र खुला जमिनमा मौसमी बेमौसमी तरकारी र सयपत्री खेती गरिएको छ । बेसीँशहर–चामे सडकको नजिकै भएकाले लमजुङ र मनाङमा यसको बजार पहुँच छ । यसको अलबा पनि खुदीबजार, भुलभुले बजार, वेसीशहरलगायत स्थानीय बजारसम्म यहाँका उत्पादन सहजै विक्रीवितरण गर्न सकिन्छ ।

    बाह्रै महिना फूल उत्पादन गर्ने कुईकेलको फार्ममा यतिखेर तिहारका लागि फूल बिक्री भइरहेको छ ।  बिहानको घाममा जब ती फूलहरू हल्लिन्छन् वरपरको वातावरण नै सुगन्धले भरिन्छ । कुईकेल भन्न्ुहुन्छ, “कृषि केवल आम्दानी होइन, सौन्दर्य पनि रहेछ । म चाहन्छु, युवा पुस्ताले गाउँको सुन्दरता र सम्भावना देखोस् ।” देशका युवाले विदेश गएर मात्र होइन, आफ्नै माटोमा पसिना बगाएर पनि सफल हुन सक्छन् भन्ने उदाहरण दिन चाहेको उहाँ बताउनुहुन्छ । उहाँको फार्म त्यसैको उदाहरण हो । जहाँ युवाको आँट, श्रम र सिर्जनशीलता एकसाथ भेटिन्छ ।

    यस कृषि फार्ममा अहिले जैविक प्रणाली अपनाइएको छ । रासायनिक मलको सट्टा गोबर र कम्पोष्ट मल, सिँचाइका लागि ड्रिप प्रणाली, कीरा नियन्त्रणका लागि प्राकृतिक उपायहरू अपनाइन्छ । नवीनको यो यात्रा केवल व्यक्तिगत सफलता होइन, एउटा सन्देश पनि हो । युवाले परदेश नगएर पनि आफ्नो देशमा केही गर्न सक्छन् । पत्रकारिताले उहाँलाई दृष्टि दियो, कृषिले उत्पादन दियो । जब दृष्टि र कृषि एकअर्कामा मिसिन्छन् अनि सफलता त्यसैको पछिपछि लाग्छ ।

    शुक्रबार, कार्तिक ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.