• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जुन गाउँले मलाई धेरै दियो


  •   सोमबार, साउन ०४, २०८३ मा प्रकाशित
  • बेल बहादुर रजाली, जयपुर

    Advertisement

    उता, मेरो गाउँ अझै जस्ताको तस्तै
    त्यहीँ छ—रेसुङ्गाको काखमा निर्धक्क अडिएको
    आफ्नै कोखबाट बग्ने बडीघाट खोला,
    डल्ली खोला र सिस्ने खोलाले मानौँ पहरेदार बनेर
    दिनरात त्यसको सुरक्षा गरिरहेका छन्।
    गाउँको गोरेटो अझै त्यहीँ छ,
    जहाँको धुलोमा म नांङ्गो खुट्टा तातेताते गर्दै
    हिँड्न सिकेको थिएँ ।
    गाउँको बिसौना पनि त्यहीँ छ,
    जहाँ गाउँलेहरू घाँसको भारी
    बिसाएर केही बेर थकाइ मार्ने गर्थे ।
    त्यही बिसौनामा वर– पिपल र स्वामीका
    रूखहरू अझै उभिएका छन् ।
    र आफ्‌ना बूढा आँखाले टाढा–टाढासम्म
    नियालिरहेका छन्,
    मानौँ,
    वर्षौँदेखि परदेशिएका छोराहरूको बाटो हेर्दै
    घरका बुबाआमा पर्खाइमा बसेका छन् ।
    हरेक बिहान, कुहिरो बिस्तारै माथि उठ्दै गर्दा
    चराचुरुङ्गीहरूले उही पुरानो गीत गाउँछन्,
    जसको मधुर स्वरले
    मलाई निन्द्राबाट झल्यास्स बिउँझाउने गर्थ्यो ।
    यता, म हजारौँ किलोमिटर टाढा छु ।
    यहाँ गगनचुम्बी महलहरू छन्,
    तर ती मेरा गाउँका पहाडको उचाइभन्दा होचा लाग्छन् ।
    कामले शरीर पसिनाले निथ्रुक्क भिज्दा
    सुकाउन एसीको हावा त छ,
    तर त्यसमा मेरो गाउँको चिसो बतासको शीतलता छैन।
    यहाँ चिल्ला र फराकिला सडकहरू छन्,
    तर ती म नाङ्गो खुट्टा तातेताते गर्दै हिँड्न
    सिकेको गोरेटो जत्तिकै सुरक्षित लाग्दैनन् ।
    मेरो तन यता छ,
    तर मन सधैँ उतै अल्झिएको छ ।
    म अझै पनि कलकल बग्ने खोलाको
    पानीले प्यास मेटाएका दिनहरू सम्झिन्छु ।
    झरझर झर्ने झरनाको संगीतमा आफ्‌ना
    सबै दुःख र पीडा बिर्सिएका क्षणहरू सम्झिन्छु ।
    हरेक दिन नयाँ–नयाँ अनुहारसँग भेट हुन्छ,
    तर ती अनुहारमा आफ्‌नोपन हुँदैन।
    हरेक रात झलमल्ल बत्तीहरू बल्छन्,
    तर तिनमा मेरो गाउँको टुकीले दिने न्यानोपन पाइँदैन।
    कहिलेकाहीँ आकाशमा बादल उडिरहेको देख्दा
    लाग्छ— सायद यही बादल उड्दै–उड्दै मेरो आँगनमा पनि
    पुगेको होला र त्यहीँ बर्सिएको होला।
    अनि यही जूनको उज्यालोले मेरो
    घरको छानोमा पनि चुपचाप आफ्‌नो प्रकाश छरेको होला।
    अब म गाउँ फर्किन चाहन्छु—
    धनको धनी भएर होइन,
    मनको धनी भएर।
    किनकि आज लाग्छ,
    जुन गाउँले मलाई धेरैथोक दियो,
    अब त्यस गाउँलाई मैले केही फर्काउने बेला भएको छ।
    मलाई तातेताते गर्दै हिँड्न सिकाउने
    त्यही गोरेटोको माटोको भारा तिर्ने बेला आएको छ।
    त्यसैले अब म छिट्टै फर्किनेछु—
    उही खोलाको निर्मल पानीमा आफ्‌नो अनुहार हेर्न,
    उही गाउँको काखमा फेरि लडीबुडी खेल्न,
    उही गोरेटोमा बाल्यकालका पाइला खोज्दै हिँड्न,
    र उही गाउँको चिसो हावाको
    स्पर्शमा फेरि एकपटक आफ्‌नो अस्तित्व भेट्न।

    सोमबार, साउन ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.