• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

जुन गाउँले मलाई धेरै दियो


  •   सोमबार, साउन ०४, २०८३ मा प्रकाशित
  • बेल बहादुर रजाली, जयपुर

    Advertisement

    उता, मेरो गाउँ अझै जस्ताको तस्तै
    त्यहीँ छ—रेसुङ्गाको काखमा निर्धक्क अडिएको
    आफ्नै कोखबाट बग्ने बडीघाट खोला,
    डल्ली खोला र सिस्ने खोलाले मानौँ पहरेदार बनेर
    दिनरात त्यसको सुरक्षा गरिरहेका छन्।
    गाउँको गोरेटो अझै त्यहीँ छ,
    जहाँको धुलोमा म नांङ्गो खुट्टा तातेताते गर्दै
    हिँड्न सिकेको थिएँ ।
    गाउँको बिसौना पनि त्यहीँ छ,
    जहाँ गाउँलेहरू घाँसको भारी
    बिसाएर केही बेर थकाइ मार्ने गर्थे ।
    त्यही बिसौनामा वर– पिपल र स्वामीका
    रूखहरू अझै उभिएका छन् ।
    र आफ्‌ना बूढा आँखाले टाढा–टाढासम्म
    नियालिरहेका छन्,
    मानौँ,
    वर्षौँदेखि परदेशिएका छोराहरूको बाटो हेर्दै
    घरका बुबाआमा पर्खाइमा बसेका छन् ।
    हरेक बिहान, कुहिरो बिस्तारै माथि उठ्दै गर्दा
    चराचुरुङ्गीहरूले उही पुरानो गीत गाउँछन्,
    जसको मधुर स्वरले
    मलाई निन्द्राबाट झल्यास्स बिउँझाउने गर्थ्यो ।
    यता, म हजारौँ किलोमिटर टाढा छु ।
    यहाँ गगनचुम्बी महलहरू छन्,
    तर ती मेरा गाउँका पहाडको उचाइभन्दा होचा लाग्छन् ।
    कामले शरीर पसिनाले निथ्रुक्क भिज्दा
    सुकाउन एसीको हावा त छ,
    तर त्यसमा मेरो गाउँको चिसो बतासको शीतलता छैन।
    यहाँ चिल्ला र फराकिला सडकहरू छन्,
    तर ती म नाङ्गो खुट्टा तातेताते गर्दै हिँड्न
    सिकेको गोरेटो जत्तिकै सुरक्षित लाग्दैनन् ।
    मेरो तन यता छ,
    तर मन सधैँ उतै अल्झिएको छ ।
    म अझै पनि कलकल बग्ने खोलाको
    पानीले प्यास मेटाएका दिनहरू सम्झिन्छु ।
    झरझर झर्ने झरनाको संगीतमा आफ्‌ना
    सबै दुःख र पीडा बिर्सिएका क्षणहरू सम्झिन्छु ।
    हरेक दिन नयाँ–नयाँ अनुहारसँग भेट हुन्छ,
    तर ती अनुहारमा आफ्‌नोपन हुँदैन।
    हरेक रात झलमल्ल बत्तीहरू बल्छन्,
    तर तिनमा मेरो गाउँको टुकीले दिने न्यानोपन पाइँदैन।
    कहिलेकाहीँ आकाशमा बादल उडिरहेको देख्दा
    लाग्छ— सायद यही बादल उड्दै–उड्दै मेरो आँगनमा पनि
    पुगेको होला र त्यहीँ बर्सिएको होला।
    अनि यही जूनको उज्यालोले मेरो
    घरको छानोमा पनि चुपचाप आफ्‌नो प्रकाश छरेको होला।
    अब म गाउँ फर्किन चाहन्छु—
    धनको धनी भएर होइन,
    मनको धनी भएर।
    किनकि आज लाग्छ,
    जुन गाउँले मलाई धेरैथोक दियो,
    अब त्यस गाउँलाई मैले केही फर्काउने बेला भएको छ।
    मलाई तातेताते गर्दै हिँड्न सिकाउने
    त्यही गोरेटोको माटोको भारा तिर्ने बेला आएको छ।
    त्यसैले अब म छिट्टै फर्किनेछु—
    उही खोलाको निर्मल पानीमा आफ्‌नो अनुहार हेर्न,
    उही गाउँको काखमा फेरि लडीबुडी खेल्न,
    उही गोरेटोमा बाल्यकालका पाइला खोज्दै हिँड्न,
    र उही गाउँको चिसो हावाको
    स्पर्शमा फेरि एकपटक आफ्‌नो अस्तित्व भेट्न।

    सोमबार, साउन ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल
    ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)
    ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित
    राहत के गर्दैछौ (तिजीगीत)

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.