आर.सी. भट्ट ##
काँ बगि कर्नाली, काली घान गौ बालि सुकाइ ।
जन छाडेई प्रितीको डोरी यो मनलाई दुखाइ ।।
मन मिले मयालु हुन्या, सँग आया साथ ।
लाई प्रित पुरानो भनि क्यालाई अरि घात ।।
नै त काट्या मैले सोत्तर नै त काट्या बास ।
दुखी घर जन्म भयो, दुखी घर बास ।
लागि यो बरिषा मास, चरी भागेन कि ।
सँगै हिँड्ने प्रेमी मेरो सोराइ लागेन कि ।।
जूनकोइ उज्यालो निको तारा टल्क्या मन ।
रङ्गी मन रहँदै खेल्लो, जीवन ढल्क्या मन ।।
हातका इसारा कसा, आँखाका चाल कसा ।
न हाइ भन्नु न नाँयि भन्नु, प्रितीकिा चाल कसा ।।
कालिको लरकने माछो, कर्नालीका भेल ।
को आयो बिरानो बैरी मेरा खेल्ने खेल ।।
काफल खाइजा मेरा गाउँका, जिरया नुन लाएका ।
भुलेइ कि कसव मान्नो, मेरा गुन लाएका ।।
मिट भए मुखैनी बोलेइ भाखा बुझिनै कि ।
बगेका आँसुका धारा, साइले पुछिनै कि ।।
चेला निका गरिबका, घर निका सेठका ।
भाइ सुखारी दाइ दुखारी, हौँ एकै पेटका ।।
बाटो लामो मालिकाको, लेक ठुलो तेल्याको
सम्झन्छौ कि बिसरी गै, हाते समाइ खेल्याको ।।
२०८३ असार ९ गते