• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

राजनीति र अर्थतन्त्र–१


  •   बुधबार, असार ०३, २०८३ मा प्रकाशित
  • दुर्गानाथ खरेल ##

    Advertisement

    राजनीति उपरी संरचना हो । त्यसको आधार अर्थतन्त्र हो । राजनीति अर्थतन्त्रको आधारमा परिवर्तन र रूपान्तरण हुँदै जान्छ । अन्तमा राजनीति अर्थतन्त्रमा बिलाएर समाप्त हुन्छ ।

    दास मालिकको राजनीति सामन्ती अर्थतन्त्रको प्रादुर्भाव भएपछि समाप्त भयो । सामान्तको राजनीति पुँजीवादी अर्थतन्त्रको विकास भएपछि समाप्त भयो । २०४६ सालपछि संस्थागत भएका नेपालका राजनीतिक पार्टीहरू आवरणमा अरू केही बताइए पनि वास्तविकतामा नवउदारवादी अर्थ राजीनीतिबाट अलग रहन सकेनन् । लेनिनले दोस्रो अन्तर्राष्ट्रियका नेतालाई इङ्गित गर्दै यिनीहरूका कुरा नपत्याउन र यिनीहरूका कामका आधारमा मात्रै पत्याउने वा नपत्याउने गरी मूल्याङ्कन गर्न सुझाएका थिए । हामीले वर्तमान अवस्थाका पार्टी र नेताहरूको मूल्याङ्कन पनि कामको आधारमा गर्ने अभ्यास गर्नुपर्छ ।

    नेपालमा प्रजातन्त्र दुब्लाउने र निर्वाचन पैसामुखी हुँदै जाने भएको छ । राजनीतिक पार्टीका पद र पदाधिकारीहरू बजारका क्रविक्रयका साधन बन्न पुगेका छन् । त्यस्तो हुनुको कारण श्रमजीवी वर्गका व्यक्ति होइनन्, सामन्ती पुँजीवादी र अवसरवादी व्यक्ति नै राजनीतिक पाटीमा शक्तिशाली भएकाले हो ।

    सर्वधारण जनताले आफ्नै योग्यता, क्षमताले राजनीतिक पार्टी र व्यक्तिको सही मूल्याङ्कन गर्न सक्ने अवस्थाभन्दा पनि परम्परागत र धार्मिक मान्यताको आधारमा मूल्याङ्कन गर्दछन् किनभने सर्वधारण श्रमजीवी जनतामा राजनीतिको भन्दा पहिले परम्परागत संस्कृतिको र धर्मको पहुँच पुगेको हुन्छ । ती दुइटा पक्षबाट अलग भएर आफ्नो दिमागको प्रयोग गर्ने अवसर आफ्नो अशिक्षा र गरिबीले दिन्न । त्यसैबाट अवसवादीले भरपूर फाइदा उठाइरहेका हुन्छन् । माक्र्सले समाजवाद स्थापना, विकास र स्थायित्वसम्बन्धी कुरा गर्दा आफ्नो मुलुकको ऐतिहासिक गतिशीलता र आफ्नो मुलुकको सामाजिक विशिष्टतका साथै आफ्नै मुलुकको सांस्कृतिक विकासको आधारमा आफ्नै विशेषताको खाका तयार पारेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

    राजनीतिक शक्तिको रूपमा अस्तित्व स्थापित नगरीकन संरचनागत परिवर्तनको बाहक बन्न सकिन्न । राजनीतिक शक्तिको रूपमा उदाउनका लागि सुरुदेखि नै वर्ग, वर्गसङ्घर्ष, सङ्गठनात्मक अनुशासनसहितको नेतृत्व निरन्तरताको आवश्यकता पर्दछ ।

    राजनीति गर्ने भनेको वर्गसङ्घर्ष गर्ने हो । वर्गसङ्घर्षका लागि वर्ग चाहिन्छ । त्यो काम नेतृत्वबाट सुरु गर्नुपर्छ । संशोधनवादीले आन्दोलन सबै चिज हो तर अन्तिम उद्देश्य केही पनि होइन भन्छन् तर क्रान्तिकारीरूले वर्तमानको आन्दोलनमा भविष्यको नेतृत्वको ख्याल गरेका हुन्छन् । समाजवादी व्यवस्थाको स्थापना र सञ्चालन गर्न सर्वहारा वर्गको नेतृत्व मात्र होइन, अधिनायकत्वको आवश्यकता पर्दछ । त्यसकारण सही कम्युनिस्ट पार्टीले आफ्नो कार्यकर्तालाई बनाउने र बनाउन कोसिस गर्ने भनेको सबैभन्दा पहिले पूर्णकालीन कार्यकर्ता बनाउने र दोस्रो चरणमा उसलाई सर्वहाराकरण गर्ने हो । सर्वहाराकरण एक्लै हुन खोज्ने हो भने त्यो व्यक्ति लम्पट सर्वहारा हुन्छ । सचेत सर्वहारा बन्ने काम परिवारलाई आर्थिक एकाइबाट राजनीतिक एकाइमा रूपान्तरण गर्ने प्रयत्न सुरुदेखि अन्त्यसम्म गरिरहनुपर्छ ।

    माक्र्सले अर्थतन्त्रसँगै र परवारसँगै अघि बढ्ने प्रेरणा दिएका छन् । सुरुमा त्यो काम असम्भवजस्तो लाग्छ तर उत्पादक श्रम गर्ने योग्ताको विकास र श्रमलाई सम्मान गर्ने प्रयत्नसँगै अगाडि बढ्दा विश्वदृष्टिकोणमा हुने आमूल परिवर्तनसँगै सम्भव हुन्छ । गौतम बुद्धको भनाइमा समेत राम्रो काम गर्नेले आफ्नो जीवनकालमा नै स्वर्गीय सुविधाको महसुस गर्न सक्छ । खराब काम गर्नेले एउटा खराब कामलाई ढाक्न अर्काे खराब काम गर्दै जानुपर्ने हुनाले दानधर्मबाट कहिल्यै पनि स्वर्गको उपभोग गर्न पाइन्न । त्यसकारणले जसले जति उच्च प्रकारको काम गर्छ, उसको जीवनचर्या उति उच्च प्रकारको हुँदै जान्छ । हामीले आफ्नो जीवनलाई उच्च बनाउने काम अध्ययन, प्रशिक्षण, सङ्गठन, सङ्घर्ष र निरन्तरताबाट नै हो । समाजवादमा सामूहिकतालाई पहिलो र प्राथमिक महत्व दिएर श्रममा खट्ने व्यक्ति नै महान् व्यक्ति हुन्छ । त्यसैले सामूहिक श्रमलाई पहिलो आवश्यकता शर्त मानिन्छ ।

    इतिहासको एउटा कालखण्डमा पुँजीवादी राज्यसत्ता स्थापना भयो । त्यो व्यवस्था सामन्ती व्यवस्थालाई विस्थापन गरेर समाजमा स्थापित भएको हो । समाजवादी व्यवस्था स्थापित हुने भनेको पनि पुँजीवादी व्यवस्थालाई विस्थापन गरेर नै हो । समाजवादी क्रान्ति सम्पन्न हुने भनेको राज्यसंयन्त्रमा सबै क्षेत्रका जनताको पहुँच पुग्ने र सहज प्रतिनिधित्व सुनिश्चित हुने हो । जनताको प्रतिनिधि हुने भनेको जनताका समस्याको प्रतिनिधित्व गरेर हो । वर्तमान व्यक्तिगत स्वामित्वमा उत्पादनका साधन दर्ता गर्ने व्यवस्थालाई विस्थापन गरेर सामूहिक स्वामित्वमा उत्पादनका साधन दर्ता गराउने कामको नेतृत्व गरेर मात्र समाजवादी समाज निर्माण हुन सक्छ । त्यही काममा सफल हुनको लागि आफू सामूहिक प्रयत्नको एउटा जिम्मेवार हिस्सा हुनुपर्छ । एउटा क्रािन्तकारी व्यक्तिको प्रयत्नले गर्ने काम भनेको आफू आदर्श नागरिकको भूमिकामा रहने हो तर वर्तमान समाजमा नेता हुनुपर्ने हुनाले सहज रूपमा एक जना व्यक्ति नेता हुनुपर्छ । त्यो पनि सामूहिक नेतृत्वको व्यक्तिरूप मात्र हुन्छ । त्यस्तो प्रतिनिधित्वको निरन्तरतामा आर्थिक र सामाजिक वितरणले पनि ठुलो प्रभाव पार्छ । त्यो भनेको पनि विश्वदृष्टिकोणमा र भौतिक अवस्थामा पनि सर्वहाराकरणको आवश्यकता पर्दछ । त्यस्तो हुन सक्यो भने मात्र नेतृत्वको पुष्टि हुन सक्छ ।

    व्यक्तिगत स्वामित्वमा भएका उत्पादनका साधनलाई सामूहिक स्वामित्वमा लैजाने तरिका वर्गसङ्घर्षबाट मात्र हो । त्यसकारण सर्वहारा वर्ग सुरुदेखि नै विवादरहित नेतृत्वको स्थानमा रहनुपर्छ । प्रतिस्पर्धा योग्यतामा हुनुपर्छ । श्रम बेच्ने योग्यतामा विजयी नभईकन क्रान्तिकारी नेतृत्वमा योग्य हुन सक्ने कुरै हुन्न । योग्यता भनेको श्रम बेच्ने योग्यता नै हो । जुन काम गर्न लगातारको प्रयत्न भयो, त्यही काममा योग्यता बढ्ने हो । त्यसकारण कम्युनिस्ट कार्यकर्ताले सुरुदेखि अन्त्यसम्म श्रम बेच्ने योग्यतामा प्रयास गर्दा मात्र ऊ सफल हुन सक्छ । आर्थिक आधारमा राजनीतिक संरचना अडेको हुनाले क्रान्तिकारी नेतृत्वको आर्थिक र साङ्गठनिक आधारबाट मात्र उपरी संरचनालाई हराएर आफू विजयी हुन सकिन्छ ।

    समाजवादी क्रान्तिका लागि देशका हरेक नागरिक जिम्मेवार बन्नुपर्छ । वर्गीय मुक्तिका लागि वर्ग र राष्ट्रिय मुक्तिका लागि त्यो देशका सबै नागरिक जिम्मेवार हुनुपर्दछ । देशको सार्वभौमिकता र अखण्डता सबै मिलेर सम्वद्र्धन गर्नुपर्छ । देशका सार्वभौम भएर रहने संस्कार र संस्कृतिको विकास गरिनुपर्छ । त्यसका लागि राष्ट्र आफै एकताको सूत्रमा बलियो गरी एकताबद्ध भएर रहेको हुनुपर्दछ । हरेक देशका मजदुरहरू सबैभन्दा पहिले आफ्नै देशका शासक विरुद्ध एकताबद्ध भई सङ्गठित रूपमा वर्गीय मुक्तिका लागि सङ्घर्ष गर्नुपर्छ । आफ्नो देशको रक्षा गर्ने सबै नागरिकको प्रमुख कर्तव्य हो ।

    समाजवादी अर्थतन्त्र विकास गर्न सबैभन्दा पहिले राष्ट्रिय अर्थतन्त्रको निर्माण र विकास गर्नुपर्छ । त्यसका लागि राज्यसत्ता अर्थतन्त्रको प्रमुख चालक हुन्छ । राष्ट्रिय अर्थतन्त्रका लागि राज्यमा भएका उत्पादक वर्ग किसान र मजदुरको सङ्गठन राज्यसत्ता सञ्चालनमा मुख्य भूमिकामा हुनुपर्छ । त्यसका साथै सर्वसाधारण श्रमजीवी वर्गबाट राज्यसत्ता सञ्चालन भएको अवस्था हुनुपर्छ । त्यस्तो अवस्थामा मात्र राज्यको अर्थतन्त्र प्रमुख चालक शक्ति हुन सक्छ ।

    समाजवादी अर्थतन्त्रमा उद्योगधन्दा सरकारी स्वामित्वमा र खेतिकिसान सहकारी स्वामित्वमा भएको हून्छ । त्यसकारण मजदुरको अवस्था त्यस्तै राखेर जनसङ्ख्याका अरू भागलाई पनि मजदुरको अवस्थामा लैजाने हो । त्यो भनेको देशका सबै जनसङ्ख्या श्रमिक हुने हो । बौद्धिक श्रम गर्नेहरूले धेरै समय बौद्धिक श्रम गर्न थोरै समय शारीरिक श्रम र थोरै समय बौद्धिक श्रम गर्न हो । बौद्धिक श्रमको बढी महत्त्व हुने हुनाले थोरै भए पनि बौद्धिक श्रम गर्नैपर्छ । वास्तविकतामा सबै मजदुर हुने हो । किसान, मजदुर र बुद्धिजीवी समाजवादी समाजका तीन मैत्रीृपूर्ण र निजी क्षेत्र, सहकारी र राष्ट्रिय ज्वाइन्ट स्टक कम्पनी सबैलाई राष्ट्रिय विकासको खाका जानकारी गराउने हुन्छ । कर्पाेरेटका जस्तै नाफाको एक मात्र उद्देश्य राज्यको हुनुहुन्न । त्यस्तो नहुने स्पष्ट जानकारी दिएर जनताको विश्वास जित्नुपर्छ ।

    मजदुर, किसान र बुद्धिजीवीको राज्यसत्ता स्थापना भएपछि मान्छेमान्छेबिच शत्रुताको सम्बन्ध समाप्त हुन्छ । श्रमजीवीहरू नियम कानुन र व्यवस्थापनको जिम्माअन्तर्गत रहन्छन् । समाजवादी राज्यसत्तामा आमूल परवर्तन भएको हुन्छ । त्यो भनेको बुर्जुवा वर्गको अधिनायकत्वको स्थापना सर्वहारा वर्गको अधिनायकत्व रहेको हुन्छ । व्यक्तिगत स्वामित्वको ठाउँमा सामूहिक स्वामित्व कायम भएको हुन्छ । राजनैतिक स्वतन्त्रता र समानताको ठाउँमा आर्थिक समानता रहेको हुन्छ । निश्चित तोकिएको समयसम्म आफ्नो योग्यताअनुसार काम भने सबैले गर्नुपर्छ । सामूहिक रूपमा गर्नुपर्ने कामको व्यवस्थापन राज्यको मुख्य दायित्व हुन्छ । अधिकारको रूपमा नभएर मानवीय आवश्यकताको रूपमा राज्यले काम गर्छ । त्यसो गर्दा विगतमा भन्दा भिन्न किसिमको उत्कृष्ट जीवन जिउन पाइन्छ । समाजवादी व्यवस्थाको सञ्चालनमा सच्चा मानवतावादसहितको उच्च जीवनपद्धति कायम गरिन्छ ।

    समाजवादीले एउटा सार्वभौम मुलुकको आफ्नो स्वतन्त्रतामा कुनै बाहिरी मुलुकको हस्तक्षेप हुन नहुने मान्यता राख्दछन् । त्यसका लागि उनीहरूलाई नवऔपनिवेशिक र हैकमवाद विरुद्ध जनचेतना जगाउन आवश्यक हुन्छ । समाजमा आमूल परिवर्तनको उद्देश्यसहित राज्यसत्ता कब्जा गरेपछि एकातिर जनताको राजनैतिक चेतनास्तर उच्च बनाउन अध्ययन, प्रशिक्षण, भाषण र सांस्कृतिक कार्यक्रम सञ्चालन गरेर विश्वदृष्टिकोणमा सर्वहाराकरण गरिन्छ । अर्काेतिर, वर्गसङ्घर्ष, उत्पादन सङ्घर्ष र वैज्ञानिक प्रयोग तीनओटै क्षेत्रमा गरिने कामको गति बढाइन्छ । त्यसको साथसाथै निश्चित उमेरपछिका बालबालिकालाई उचित स्याहारसुसार, खेलकुद, मनोरञ्जनसहित उत्पादक श्रममा लगाएर बुर्जुवा शिक्षामा प्रदुषित हुनबाट बचाउँदै सामूहिक जीवनसहित हुर्काउने जिम्मा पनि सरकारले आफ्नो कर्तव्य मानेर पूरा गर्दछ । नयाँ तरिकाबाट सामूहिक जीवनसहतिको बहुप्रावविधिक र व्यावसायिक शिक्षा प्राप्त गरेका युवा जनशक्तिलाई मजदुर किसान सँगसँगै अध्ययन र उत्पादनको काममा अभ्यस्त गराएपछि मात्र प्रतिगमन रोक्न सकिन्छ । हामीले प्रतिगमन व्यहोर्नुपरेको कारण त्यही हो । नयाँ पुस्तामा नयाँ विचार बनाएपछि मात्र प्रतिगमन रोकिन्छ ।

    प्राकृतिक विविधता नष्ट हुनु भनेको मानवता विरोधी हुनु हो । प्रकृतिले जीवनिज्र्रीव जन्तुजनावर रुखबिरुवा कसैलाई पनि सर्वेसर्वा हुन दिँदैन । प्रकृतिमा द्वन्द्वात्मक तरिका प्रयोग हुन्छ । त्यो भनेको जङ्गलमा घाँस उत्पादन बढी भयो भने हरिणको सङ्ख्या बढाउँछ । हरिणको सङ्ख्या बढी भयो भने फेरि बाघको सङ्ख्या बढाउँछ । त्यसरी सन्तुलन कायम गर्छ । हैजा प्लेग, कोरोनाजस्ता रोगका जीवाणुको उत्पत्ति र विकास मानव जनसङ्ख्यालाई सर्वेसर्वा हुन नदिनकै लागि उत्पादन गरिएका प्राकृतिक सन्तुलनअन्तर्गतका जीवाणु हुन् । पुँजीवादले नाफा कमाउन प्रोत्साहित गर्छ । त्यसो गर्दा प्राकृतिक विविधता नष्ट हुन्छ । लोपोन्मुख महत्त्वपूर्ण जीवजन्तु र रुखविरुवाको संरक्षण हुन सक्दैन ।

    समाजवादीले प्राकृतिक विविधताको संरक्षण गर्नु पर्यावरणको संरक्षण सम्झिन्छन् । जनतालाई प्रकृतिको संरक्षण गर्ने आफ्नो कर्तव्य भएको सम्झन्छन् । त्यसकारण पर्यावरणको संरक्षण गर्छन् । जनतालाई प्रकृतिको संरक्षण जैविक विविधताको आवश्यकता, पर्यावरणको रक्षा आदि महत्त्वपूर्ण शिक्षा दिने काम गर्दछन् । पुँजीवादीले मानव समाजमा समाजवादप्रतिको आकर्षण समाप्त पार्न जानीबुझीकन दुषित पार्ने काम गर्दछन् । उनीहरूलाई समाजवाद अथवा समाजवाद उन्मुखता मर्न नपर्ने भएकाले उनीहरू मातहतका सञ्चारमाध्यमले विपक्षमा प्रचार गर्छन् । वैकल्पिक मिडियाको प्रयोग समाजवादीले जनताको रूपान्तरणको पक्षमा काम गर्नुपर्छ ।

    पुँजीवादको गर्भमा हुर्किएर समाजवादले आफ्नो अस्तित्व स्थापित गर्ने भए पनि पुँजीवादलाई निषेध नगरेसम्म समाजवादको अस्तित्व कायम हुन सक्दैन । त्यसकारण समाजवादीले पुँजीवादको गर्भभित्रै आफ्ना अङ्गप्रत्यङ्ग र संरचना पूर्ण विकास गराउने गरी काम गर्नुपर्छ । पुँजीवादी सत्ता पल्टाउनेभन्दा समाजवादी सत्ता सञ्चालन गर्ने काम धेरै गुणा अप्ठेरो काम हो । विश्वदृष्टिकोणमा मात्र होइन, भौतिक रूपमा पनि सर्वहारा वर्गको पूर्ण विकास नभएसम्म समाजवादी सत्ता सञ्चालन हुन सक्दैन । पुँजीपति वर्गको स्वर्ग सर्वहारा वर्गले खोस्ने काम भएको हुनाले पुँजीपति वर्ग र सर्वहारा वर्गबिच जीवनमरणको सङ्घर्ष सञ्चालन हुन्छ । राज्यसत्ता कब्जा गर्न बलप्रयोग गर्न परे पनि समाजवाद सञ्चालन बलप्रयोगबाट हुन सक्छ ।

    नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ । यो बुर्जुवा गणतन्त्र हो । केही पार्टीलाई छोडेर सबैजसो पार्टीले बुर्जुवा गणतन्त्रअन्तर्गतका चुनावलाई कसैले उपयोग गर्ने भनेका छन् र भाग लिएका छन्, धेरैजसो पार्टीले व्यवस्थालाई पूरै आत्मसाथ गरेर भाग लिएका छन् । राज्यसत्ताले आर्थिक र सामाजिक विकासमा अवलम्बन गर्ने चरित्रले प्रचलित व्यवस्थाको चरित्र निर्धारण गर्दछ ।

    अर्थतन्त्र मानव जीवनको यथार्थमा आधारित हुनपर्छ । यो मानव जीवनको केन्द्रीय सवाल हो । त्यसैले अर्थतन्त्र उत्पादन र वितरण प्रणाली मात्र नभएर संस्कृति तथा चेतना अभिवृद्धिको सशक्त माध्यम पनि हो । अहिलेको वैज्ञानिक प्रविधिको युगमा उत्पादनका केन्द्र विश्वविद्यालयका अनुसन्धान केन्द्र र पुँजीपतिका उत्पादन केन्द्रबाट निर्देशित हुन्छन् । त्यसमा देशको शिक्षा प्रणालीले मुख्य भूमिका खेलेको हुन्छ ।

    व्यावसायिक र बहुप्राविधिक शिक्षा देश विकासका लागि बढी महत्त्वका हुन्छन् तर त्यस्तो शिक्षा प्रणाली लागु गर्न सत्तासिन बुर्जुवा वर्ग सहमत हुन्नन् । उनीहरूलाई उत्पादनका साधानको व्यक्तिगत स्वामित्वमाथि प्रश्न नउठाईकन खुरुखुरु काम गर्ने जनशक्तिको खाँचो पर्छ । देश विकासमा बढी योगदान दिने शिक्षा प्रणाली लागु गर्न वर्तमान परम्परागत बुर्जुवा व्यवस्थामा आमूल परिवर्तन गरेर उप्पादन शक्तिको नेतृत्वमा राज्यसत्ता सञ्चालन भएको हुनपर्छ । उत्पादक शक्ति किसान, मजदुर र बुद्धिजीवीमा राजनैतिक चेतना उच्च भई आफूहरू शोषणमा परेको महसुस हुनुपर्छ र सङ्गठित भई सशक्त आन्दोलन उठाउन सक्ने अवस्थाका लागि जनताको नेतृत्व गर्न सक्नुपर्छ ।

    समाजवादी राज्यसत्ताले मात्र शिक्षा र उत्पादनलाई साथसाथै अगाडि बढाउन सक्छ । वर्तमान शिक्षा प्रणालीमा किताबी ज्ञान र व्यावहारिक ज्ञानबिच गहिरो खाडल छ । शिक्षित जनशक्तिलाई रोजगारीको समस्याले सताएको छ । समाजमा गरिबीको विस्तार भइरहेको छ । धनी बढी धनी भइरहेका छन् । सांस्कृतिक र राजनैतिक चेतना अभिवृद्धिमा धर्म र परम्पराले मुख्य बाधकको काम गरेको छ । जनतामा दु:खकष्ट सहने क्षमता बढाएको छ । सम्झौता गर्ने र नैरास्यता व्यक्त गर्ने अवस्थामा पुर्‍याएको छ ।

    बुधबार, असार ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.