• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

अस्तित्वको मुहान


  •   बुधबार, असार ०३, २०८३ मा प्रकाशित
  • कल्पना पौडेल ‘जिज्ञासु’ ##

    Advertisement

    पहाडको छातीबाट हिउँ पग्लिएर
    निस्किएको एउटा स्वच्छ जीवन हो पानी,
    ढुङ्गाका कठोर छातीहरू स्पर्श गर्दै
    समुद्रको विशाल हृदयसम्म पुग्ने
    निरन्तर यात्रीको नाम हो पानी

    यो केवल तरल पदार्थ होइन,
    धर्तीको नाडीभित्र बगिरहेको
    जीवनको अस्तित्व हो पानी
    यसकै लयमा लहराउँछ
    धानका बाला,
    फूलका मुस्कान,
    र भोकसँग जुधिरहेको
    किसानको आशा

    जब बादल
    आकाशको मजदुर बनेर
    पसिनाका थोपा झार्छ,
    त्यही पसिनाबाट हरियो हुन्छ
    बाँझो खेतको अनुहार
    त्यही पसिनाबाट
    अन्नका बिउहरू उम्रिन्छन्
    र जीवनको अस्तित्व जोगाउँछन्

    पानी भनेको
    सभ्यताको पहिलो अक्षर हो,
    मानिसले इतिहास लेख्नुअघि
    नदीले भूगोल लेखेको थियो
    सिन्धुका किनार,
    गण्डकीका तरङ्ग
    कोशीका छालहरूमा
    मानव सङ्घर्षका कथा
    अझै बगेका छन्

    तर आज मानिस
    लोभको दलदलमा सुर्लुम्म डुबेर
    नदीका घाँटी थिचिरहेका छन्
    कारखानाका कालो छायाले
    पानीको ऐना धमिलो बनाइरहेका छन्
    स्वार्थका काँडाले
    मुहानका सपना घोचिरहेका छन्

    नदी रोइरहेकी छिन्,
    तर उनको रुवाइ
    छालको सङ्गीतभित्र लुकेको छ
    हिमाल पग्लिरहेको छ,
    तर उसको पीडा
    हिउँको सेतो चुप्पीभित्र कैद छ

    पानीको रक्षा गर्नु भनेको
    केवल नदी बचाउनु होइन
    मानिसको अस्तित्व जोगाउनु हो
    भविष्यका आँखामा
    हरियो उज्यालो जोगाउनु हो
    पानी बचाउनु भनेको
    बालकको हाँसो बचाउनु हो
    मानिसको अस्तित्व जोगाउने
    भोलिको पृथ्वी बचाउनु हो

    आऊ
    हामी पानीलाई
    स्वार्थको कैदमा होइन,
    सबैको साझा सम्पत्ति बनाऔँ
    आऊ
    हामी नदीलाई
    नक्साभित्रको रेखा होइन,
    जनताको स्वतन्त्र गीत बनाऔँ

    किनकि
    जबसम्म पृथ्वीको मुटुभित्र
    पानीको धड्कन जीवित रहन्छ,
    तबसम्म
    मानिसका सपनाहरू हरिया रहनेछन्,
    तबसम्म
    सूर्यले हरेक बिहान
    आशाको नयाँ झन्डा फहराइरहनेछ

    र त्यो दिन,
    पानी केवल नदीमा होइन,
    मानिसको चेतनामा बग्नेछ
    समानता बनेर
    स्वतन्त्रता बनेर
    जीवनको अनन्त गीत बनेर

    (खजुरा, बाँके)

    बुधबार, असार ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • २.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ३.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ४.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ५.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ६.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ८.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.